जुद्ध शमशेर जंगबहादुर राणा

जुद्ध सम्शेर जंगबहादुर राणा (०७ बैशाख १९३२-०८ मंसिर २००९ ) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भिम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री रहे। उनले आफू जीवित छँदै आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। यिनको निधन ०८ मंसिर २००९ (सन् १९५२)मा भारतको देहरादुनमा भयो।

श्री ३ महाराज
जुद्ध शमशेर जंगबहादुर राणा
Juddha Shamsher Jang Bahadur Rana.jpg
नेपालको १५औं प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९८९ भाद्र १७ – वि.सं. २००२ मंसिर ०४
शासकराजा त्रिभुवन
पूर्वाधिकारीभिम शमशेर
उतराधिकारीपद्म शमशेर
नेपालको प्रधान सेनापति
कार्यकाल
वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७
प्रधानमन्त्रीभिम शमशेर
पूर्वाधिकारीभिम शमशेर
उतराधिकारीरुद्र शमशेर
व्यक्तिगत विवरण
जन्मजुद्ध शमशेर
बि.सं १९३२ बैशाख ७
मृत्युबि.सं २००९ मंसिर ८
भारतको देहरादुन
अभिभावक(हरू)धीर शमशेर
आमाजुहारकुमारी

श्री ३ जुद्धशमशेर विषयलम्पट, अस्थिर मनस्थिति, हीनता मन, सिकारी, अर्थलम्पट, विवेकहीन, कमजोर तथा नालायक प्रशाशक भएर पनि उनका विविध सुधार, भूकम्प उद्धार, शिक्षा, स्वास्थ्य, समाजसुधार तथा उद्योगहरूको स्थापना गराई श्री ५ महाराज धिराजको गरिमालाई उच्च गराई राखेको हुनाले उनको नाउँ नेपालको इतिहासमा उल्लेखनीय रहेको कुरा निर्विवाद छ।[१]

जन्म/प्रारम्भिक जीवनसम्पादन

जुद्ध शमशेर कमान्डर इन्चीफ धीर शमशेरका १७ भाइ छोरामा १५ औँ थिए। उनको जन्म वि सं १९३२ वैशाखमा जुहारकुमारीको कोखबाट भएको थियो। सानैबाट साँवलो, कमजोर र आत्मबलरहित हुँदा बचाउन कठिन परेका जुद्धशमशेरको भाग्य त्यत्तिकै प्रबल थियो। वि.सं. १९४१ मा प्रधानसेनापति धीरशमशेरको मृत्यु हुँदा जुद्ध १० वर्ष पुगेका तर जियारी भने ७ वर्षको बालकको जस्तो हुनाले मर्ने बेलामा निजका आमाले गुन तिर्न आफू समर्थ नहुँदा निजका छोराको ख्याल गर्ने निर्देशन वीर शमशेरलाई दिएकाले जुद्ध रोलवाला भएका थिए। वि.सं. १९४२ मा श्री ३ रणोद्दीपसिंहको हत्या भएपछि श्री ३ पदमा वीरशमशेर आए। त्यही बेला जुद्ध जनरल भए। उनी दसौँ रोलक्रममा थिए।[२] वीर शमशेरले जुद्ध शमशेरलाई थापाथली दरबार दिएका थिए तर कम्पाउण्ड नभएको दरबारमा नबस्ने भनेकाले वीरले उनलाई जावलाखेल दरबार दिए।

जुद्धशमशेर जन्मदै कर्णेल भए पनि लुरे हुनाले १९ वर्षको हुँदा आउँ रगतमासीले झण्डै खुस्केका थिए।

वृत्तिसम्पादन

वि सं १९५८ उत्तरतर्फका जङ्गीलाठ
वि सं १९६४ पूर्वतर्फका जङ्गीलाठ
वि सं १९७० पश्चिम तर्फका जङ्गीलाठ
वि सं १९८६ प्रधानसेनापति
वि सं १९८९ श्री ३ तथा प्राइममिनिस्टर

कार्यहरुसम्पादन

आर्थिक सुधारसम्पादन

जुद्धशमशेरले औद्योगिकरणको नीति लिए। उनले आफूले पनि उद्योगमा लगानी गरे र अरु मानिसलाई पनि उद्योगमा रकम लगानी गर्न प्रेरित गरे। उनले वि.सं १९९२ मा उद्योग परिषद् को स्थापना गरे। उद्योगको संरक्षणको लागि औद्योगिक कानुनको व्यवस्था गरे। वि.सं १९९३ मा कम्पनी कानुन, वि.सं १९९४ मा नेपाल बैङ्क लिमिटेड , १९९३ मा विराटनगर जुट मिल, १९९५ मा द जुद्धम्याच फ्याक्टरी, १९९९ मा कटन मिल्स, २००० मा नेपाल प्लाइउड एण्ड बबिन फ्याक्ट्री ,मोरङ विद्युत , नेपाल माइका कम्पनी, नेपाल चामल र मैदा कारखाना , १९९२ मा नेपाल केमिकल इन्डस् ट्रिजहरूको स्थापना गरे। त्यस्तै ससाना उद्योगहरूमा सेरामिक्स फ्याक्टरी, कागज कारखाना , साबुन कारखाना, खानी उद्योग, नर्सिङखोला नुन उद्योग , फर्निचर उद्योग, भाँडा उद्योग, जस्ता उद्योगहरू खुले।

नेपालमा कुटिर उद्योगका निम्ति जुद्ध शमशेरले "घरेलु इलम प्रचार अड्डा" मार्फत कतुवा, चर्खा, तान, धागो र प्रविधि सम्बन्धी तालिम दिने व्यवस्था मिलाए। वि.सं १९९४ जेठमा नेपालमा १२ दिन उद्योग प्रदर्शनी आयोजना गरियो। १९९६ मा र २००१ मा पनि त्यस्ता प्रदर्शनी भएका थिए। त्यस्ता प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो।

सर्वप्रथम नेपालमा सदर मुलुकी खानाबाट कागजी नोट छाप्ने चलन पनि श्री ३ जुद्धकै समयबाट भएको थियो ।

कृषि सुधारसम्पादन

वि.सं २००० सालमा सर्लाही जिल्लामा जुद्ध नहरको निर्माण भयो । [३]

प्रशासनिक सुधारसम्पादन

सेनामा जागिर खाने मानिसलाई नगद तलब दिने , निवृतभरण , सैनिक द्रव्यकोष (हालको कर्मचारी सञ्चयकोष), अवकाशको व्यवस्था पनि भयो। निजामती कर्मचारी र प्रहरी सेवामा पनि केही सुधारहरू भए।

चिडियाखाना , सङ्ग्राहलाय, जन्म मृत्यु दर्ता , खानी अड्डा , समाचार सङ्ग्रह , वनस्पति अड्डा, वनविभाग, व्यापारिक समाचार सङ्ग्रह गर्ने व्यवस्था श्री ३ जुद्धशमशेरले गरे।

राणाहरूले आपसमा जति अन्याय गरे पनि रैतीलाई स्वच्छ न्याय प्रदान गर्दथे। त्यस काममा श्री ३ जुद्ध शमशेर एक पाइला अगाडि बढेर ८ जिल्लामा पुनरावेदन अदालत खोली केन्द्रमा प्रधान न्यायालयको स्थापना गरे। वि.सं. १९९७ साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्द शमशेरको पालामा नै एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो । सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर ज.व.रा. न्यायाधीश जनरल पदमा निर्वाचित भएको पाईन्छ । सो भन्दा पहिले प्रधानमन्त्रीले नै न्याय निसाफ समेतको कार्य गर्ने व्यवस्था रहेको थियो । [४]

शैक्षिक सुधारसम्पादन

जुद्ध शमशेरले शिक्षामा समेत राम्रो योगदान पुर्याएका थिए।। वीरगञ्ज , गौर , काठमाडौंं हस्ता ठाउँ मा उनले पब्लिक स्कुलहरूको स्थापना गराए। विद्यार्थीहरूलाई पढाईमा अभिमुख गराउन पुरस्कार, निशुल्क र तत्कालै जागिर दिने बन्दोबस्त मिलाए। वि सं १९९१ देखि नेपालमा म्याट्रिक जाँचको केन्द्र स्थापना गरी शिक्षा मन्त्रालयले त्यसको जिम्मा लियो। त्यो कामबाट नेपाली विद्यार्थीले जाँच दिन बाहिर जानू परेन। शारदा र उद्योग जस्ता साहित्यिक पत्रिका चलाउने श्री ३ जुद्धले गोरखापत्र साप्ताहिकलाई हप्तामा दुई अङ्क प्रकाशनको आरम्भ भयो। प्रयोगशाला, हुलाकटिकट, छापाखानाको विकास पनि राम्ररी गरियो।

सामाजिक सुधारसम्पादन

सामाजिक चाडपर्वमा कम खर्च गर्न र विवाहका निम्ति दुवैको उमेर तोकेर बालविवाह र अनमेल विवाह रोके। त्यस्तै आशौच, देउकीप्रथा, काजकिरिया , व्रतबन्धजस्ता कुरामा सुधार गरे। आगलागीका घटनाबाट पाठ सिक्दै उनले जुद्ध वारुण यन्त्रको स्थापना गरे।

  • सदर चिडियाखानाको स्थापना वि.सं. १९८९ मा प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रूपमा सदर चिडियाखाना स्थापना गराएका थिए ।

१९९० को महाभुकम्पसम्पादन

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजेको महाभूकम्पमा प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।

सि क्लास राणापरिवारको निष्कासनसम्पादन

वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लास का राणाहरूलाई चार भन्ज्यांगबाट कटाउने कटु निर्णय लिए । उनीहरूलाई रोलक्रमबाट पनि झिकियो । तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला , हिरण्यशमशेर वीरगञ्ज , प्रतापशमशेर इलाम, रामशमशेर जलेश्वर लघारिए। त्यसै गरी जनरल तेजशमशेर, रामशमशेर, महावीरशमशेर, सुवर्णशमशेर लगायतका राणाहरू सपरिवार उपत्यकाबाट चैत्र ५ गते लस्कर साथ टिस्टुङको बाटो बाहिरी पाटो लागे। ।[५]

दोश्रो विश्वयुद्धसम्पादन

जनजागरणको आरम्भसम्पादन

वि.सं. १९९३ मा नेपाल प्रजा परिषद्को स्थापना भयो। वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि २ सयजना जति पक्राउ परे। वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्माजीवराज शर्मा थिए। १९९७ माघमा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो।

राज्यत्यागसम्पादन

वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। नेपालको इतिहासमा स्वेच्छाले पदत्याग गर्ने प्रथम प्रधानमन्त्री समेत हुन्। उनी भन्दा अधिका प्रधानमन्त्रीहरूको पदमै रहदा हत्या, मृत्यु वा दबाबमा राजिनामा आएको थियो। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे।

पद्मशमशेर श्री ३ महाराज भएको केही दिनमै, जुद्ध शमशेर रिडीतर्फ जान लाग्दा बाटोमै हुँदा काठमाडौंमा पद्मशमशेरले जनताको सामु ‘म राष्ट्र जनताको नोकर हुँ’ भने। पद्ममशेरले जनतासामु बोलेको यो शब्द निरङ्कुश शासकहरूको निमित्त ठूलो प्रहार थियो। जुद्धशमशेरले पनि पद्मशमशेरले बोलेको उद्गारलाई मन पराएनन्। तब रिडीतर्फ जान भनी जुद्धशमशेर बुटबल खस्यौली आइपुगे, त्यहाँ रुद्रशमशेरसँग उनको भेट भयो। रुद्रशमशेरलाई देख्नासाथै जुद्धशमशेरले,"काइँला (रुद्र)! कस्तो नालायकलाई मैले महाराज गराई आएँछु’ भने। जवाफमा रुद्रशमशेरले हात हल्लाइहल्लाई ‘महराजबाटै छानी–छानी बक्सेको हो’ भने। बुटवल खस्यौलीमा जम्मा एक रात मुकाम गरी उनी रिडी अर्गेलीतर्फ लागे।

उनी अर्घेलीबाट देहराधुन भारत पसे, जहाँ वि सं २००९ मार्ग ८ गते उनको जीवन लीला सकियो।

स्मारकसम्पादन

सन्तानसम्पादन

उनको सन्तानलाई जुद्ध खलक भनेर चिनिन्छ। उनका बीस छोरा र बीस छोरी थिए।

रङ्गमंच / प्रहसनसम्पादन

कलाकार हरिवंश आचार्यले सालिक प्रहसनमा जुद्ध शमशेरको शालिकको भूमिका निर्वाह गरेका छन्। सो प्रहसनमा आचार्यले प्रजातन्त्र पुनर्स्थापना पश्चात मौलाएको दलगत बिकृतिको व्यंग्य गरेका छन् ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २६४-२६५ ।
  2. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २६०।
  3. जलस्रोत तथा सिंचाइ विभाग
  4. http://jcs.gov.np/aboutjsc
  5. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २६१

बाह्य कडीहरूसम्पादन