जीवनदाता (चलचित्र)
नेपाली चलचित्र
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जीवनदाता (२०६४) का निर्माता सुशील पोखरेल र निर्देशक मदन घिमिरे हुन् । चलचित्रमा राजेश हमालको मुख्य भूमिका छ । यद्यपि चलचित्रका केन्द्रीय पात्र भने तीन जना नायक रमित ढुङ्गाना, विराज भट्ट तथा राजेश ढुंगाना हुन् । बेरोजगारीका कारण सानोतिनो अपराध गर्न थालेका यी तीन जनामध्ये एक जना बालकको अपहरण गर्न पुग्छन् । बालकसँग संगत गर्दै गएपछि उनीहरूलाई उसको माया लाग्न थाल्छ र उनीहरू सुध्रीने निर्णय गर्छन् । त्यसपछि उनीहरूले आफूहरूलाई अपराध गर्न सिकाउने आपराधिक तत्त्व तथा पक्राउ गर्न खटिएका प्रहरी निरीक्षक राजेश हमालको फन्दाबाट निस्कने प्रयत्न गर्नुपर्ने हुन्छ । चलचित्रकी नायिका झरना थापा हुन् । नायक राजेश ढुंगानाले चलचित्र प्राविधिक संघको चलचित्र पुरस्कारमा यही चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत उत्कृष्ट नवनायकको पुरस्कार पाएका थिए ।
जीवनदाता |
---|