जिरी नगरपालिका

(जिरीबाट अनुप्रेषित)

जिरी नगरपालिका दोलखा जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका जिरी, ठूलोपातालमाली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा श्यामा गाविस यसमा गाभिएको थियो।

जिरी नगरपालिका
जिरीको मनोरम् दृष्य
जिरीको मनोरम् दृष्य
जिरी नगरपालिका is located in बागमती प्रदेश
जिरी नगरपालिका
बागमती प्रदेशको नक्सामा जिरी नगरपालिकाको अवस्थिति
जिरी नगरपालिका is located in नेपाल
जिरी नगरपालिका
जिरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10निर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखमित्रबहादुर जिरेल (नेकपा (एमाले))
 • उपप्रमुखकृष्णमाया बुढाथोकी(खड्का) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२११.२७ किमी (८१.५७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१०९
 • घनत्व७६/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

राजधानी काठमाडौँबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको(६ घण्टाको बस यात्राबाट )छ। यो स्थान अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ। तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पहिले हवाई यातायातको सुबिधा नहुँदा, पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विट्जरल्यान्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ।[]

जिरी काठमाडौँबाट टाढा भए पनि यसको विकास लोभलाग्दो छ। स्विट्जरल्यान्ड सरकारले जिरीको भू-बनौट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । २०१४ सालदेखि स्वीस सरकारको सहयोगमा जिरी बहुउद्देशीय विकास परियोजना प्रारम्भ भएको हो। परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासमा सहयोग गररिहेको छ । स्वीस सरकारको सहयोगमा जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधासम्पन्न विद्यालय, सबैका घरमा गोठ तथा चर्पी बनेका छन् । स्वीस सरकारको सहयोगमा वृक्षारोपण भएपछि यहाँका सबै डाँडा सल्लाका रुखका कारण हरिया छन् । धेरै डाँडामा चियाखेती गरिएको छ। चिया बगानका कारण पनि जिरीको सौन्दर्य बढेको छ । यहाँ उत्पादित अर्थोडक्स चिया विश्वप्रसिद्ध छ । स्थानीय चीज कारखानामा उत्पादित चीजले राम्रो बजार लिएको छ । जर्मनी र नेपालीको संयुक्त लगानीमा सञ्चालित लामा प्रजनन केन्द्र पनि रहेका कारण यो क्षेत्र कृषि पर्यटनका लागि पनि राम्रो क्षेत्र हो । जिरेल जातिकाे बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्त्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ । शरद ऋृतु मौसम भने जिरी घुम्ने उपयुक्त समय हो ।[]

तस्वीर सङ्ग्रह

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. ४.० ४.१ "जिल्ला विकास समितिको कार्यालय, दोलखा" 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्