जालपा सम्पादन गर्नुहोस्

सामान्य चिनारी सम्पादन गर्नुहोस्

जलपा
जालपा
city
जनसङ्ख्या
 (2001)
 • जम्मा२८३९

जालपा नेपालको सगरमाथा अञ्चलको खोटाङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ५४४ वटा घर छन्। नेपालको पूर्वी पहाडमा रहेको खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपाको पहिचान र परिचय एउटा गाविस क्षेत्रमा सिमित नरहेर यसले त्यस भेगका अन्य गाविसको क्षेत्रलाई पनिसमेट्न थालेको छ । जालपाको विकास प्रयास र गरिमा बृद्धिमा त्यसैले यस भेगका जनताको ब्यापक सहभागिता हुन थालेको छ । त्यसो त २०१७ सालमा पञ्चायती ब्यववस्थाको सरुआत भएयता यस गाविसको नाम र आकार पटक पटक परिवर्तन भएको थियो । शुरुमा हंचुर गाविससँग सँगै भएकाले यस गाविसलाई पनि हंचुर नै भनेर चिनिन्थ्यो । २०२४ सालमा हालको जालपा गाविसको सिमाना नै कायम रहेको ससर्का पञ्चायत बनेको थियो । फेरि २०३२ सालमा यो तात्कालीन दारेगौंडा पञ्चायतसँग गाभिएर सप्तेश्वर पञ्चायत बन्यो । लगभग त्यसको छ वर्षपछि २०३८ सालमा मात्र सप्तेश्वर पञ्चायतबाट अलग भएर जालपा पञ्चायत बन्यो । २०४६ को पञ्चायतको अन्त्य पछि हालको जालपा गाविसको रूपमा यो अस्तित्वमा आएको हो । यस जालपा गाविसको नाम वार्ड नं ५ मा रहेको जालपा देवीको नामबाट यस गाविसलाई जालपा नामाकरण गरिएको हो ।

जालपा र यसका छिमेकीहरु : पूर्व खार्मी गाविस, पश्चिम हंचुर गाविस, उत्तरमा सप्तेश्वर र माक्पा गाविस र दक्षिणमा हंचुर गाविस यसका छिमेकी गाविसहरु हुन् ।

२०५० को दशक सुरु भइसक्दा समेत खोटाङ जिल्लाको ७६ गाविस मध्ये जालपा गाविस पनि एक हो भनने कुरा पनि थोरै छरछिमेकका मानिसहरूलाई मात्र थाहा थिया । जालपाका मानिसले परिचय दिनु पर्दा खामी, हंचुर, बाक्सिला वा ऐसेलुखर्क मध्ये कुनै एकको नाम लिएर त्यसैको छिमेकमा भन्नु पर्दथ्यो । तर अहिले जालपाले छुट्टै चिनारी निर्माण गर्न सफल भएको छ, जालपा । जालपा आज युवाहरूको एकता र शिक्षितहरूको कर्मथलोको रूपमा परिचित हुन पुगेको छ ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार जलपाको जनसङ्ख्या २८३९ छ।[१] यस मध्य पुरुष ४७%, र महिला ५३% छन्।

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति