सुमन कुमार रेग्मीद्वारा लिखित “जब्बरे” विज्ञान कथा हो। नर्थ ह्युम्यान पब्लिकेशनले बजारमा ल्याएको यो विज्ञान कथाको शृङ्खला अन्तर्गत “जब्बरे” भाग एक प्रकाशित भएको छ। अन्तराष्ट्रिय बजारमा यस किसिमका विज्ञान कथा उपलब्ध भएतापनि यस्तो चित्रकथा नेपाली भाषामा आएको सम्भवत यो नै पहिलो हो।

द्रुत गतिमा विज्ञान र प्रविधिमा भैरहेको विकासले आजको हाम्रो संसार पुरै बदलिएको छ र विज्ञान र प्रविधिमा भएको विकासको यो क्रम भविष्यमा रोकिने या कमजोर हुने छैन बरु कालान्तरमा गएर यसले हाम्रा सन्ततिहरूको दिनचर्यामा मात्र नभै उनीहरूको शाररिक अवस्थामा समेत परिवर्तन ल्याउने निश्‍चित छ। परिणामस्वरूप आजको हाम्रो संसार भविष्यमा एक चमत्कारिक संसारमा बदलिने छ। भविष्यका यस्तै काल्पनिक यथार्थहरू बालालिकाकालागी रुचिकर हुने गरी कथाको माध्यमबाट जब्बरेमा समेटिएको छ। “जब्बरे”को आगमनबाट नेपाली साहित्यमा एक नयाँ खुडकिलो थपिएको छ।