जनआन्दोलन २ का सहिदहरू

राजा ज्ञानेन्द्रले कायम गरेको प्रत्यक्ष शासन विरुद्ध नेपालमा २०६२ चैत २२ देखि २०६३ वैशाख ११ सम्म नेपाली जनताको ब्यापक सहभागीतामा जनआन्दोलन २ भएको थियो। उक्त शान्तीपूर्ण आन्दोलनका क्रममा २० जनाले सहादत पाए। झापामा राजन गिरी र सुरज विश्वास मारिदा अरु दुई जना मारिएका थिए। ती अज्ञातबाहेक शाही सरकारको विरोधका क्रममा त्यसअघि मारिएकालाई समेत यसै सूचीमा राखि जनआन्दोलन २ का कूल शहिद २५ भएको सरकारले बताएको छ। हामीले जनआन्दोलन-२ का क्रममा मारिएका र पहिचान खुलेका १८को नाम यहाँ दिएका छौं -
१. दर्शनलाल यादव (सप्तरी)
२. भीमसेन दाहाल (काभ्रे)
३. तुलसी क्षेत्री (चितवन)
४. शिवहरी कुँवर (काभ्रे)
५. विष्णु पाण्डे (नवलपरासी)
६. हिरालाल गौतम (बारा)
७. सेतु विक (बाँके)
८. राजन गिरी (चन्द्रगढी)
९. सुरज विश्वास (झापा)
१०. यामलाल लामिछाने (बर्दिया)
११. वासुदेव घिमिरे (काठमाडौँ)
१२. दीपक विश्वकर्मा (सोलुखुम्बु नेचा बतासे-९ नाम्लो गाउँ)
१३. सगुन ताम्राकार (काभ्रे)
१४. गोविन्दनाथ शर्मा (पर्वत)
१५. प्रद्युम्न खड्का (काठमाडौँ, स्युचाटार)
१६. जहाँगिर खान (भारतको बिहार राज्य, सीतामढी जिल्ला, शिवनगर-६ हस्पिटल रोड)
१७. अनिलकुमार लामा (काभ्रेको नांग्रेगर्चे सोमपति)
१८. चन्द्र बयलकोटी (विदुर नगरपालिका-७, लामाटार)

जनआन्दोलन २ का १९ दिनबाहेक त्यसअघि सहादत प्राप्त अन्य ६ शहिद -
१९. देवीलाल पौडेल (विचारी चौतारा, स्याङ्जा)
२०. उमेशचन्द्र थापा (दाङ)
२१. होरीलाल राना चौधरी (कैलाली)
२२. प्रा. हरिराज अधिकारी (दाङ)
२३. लालबहादुर बिष्ट (डोटी)
२४. चक्रराज/चक्रधर जोशी (डोटी)
२५. ताहिर अन्सारी (रौतहट)
२०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरियो ।