नेपालको जनआन्दोलन २०४६

(जनआन्दोलन २०४६ बाट पठाईएको)

नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो।[२] यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली काङ्ग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए।[३] ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए।[४] यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो।[५]

नेपालको जनआन्दोलन २०४६
को भाग
An Iconic Photograph of 1990 Nepalese revolution.jpg
नेपालको जनआन्दोलन २०४६ को चर्चित तस्विर
मितिवि.सं. २०४६ फागुन ७ - वि.सं. २०४६ चैत २६[१]
सहभागीनेपाली काङ्ग्रेस
परिणामनेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना, पञ्चायती व्यवस्थाको खारेज

वि.सं. २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत्र २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोहि दिन भएको सम्झौता अनुसार निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो।[६]

पृष्ठभूमिसम्पादन

पञ्चायत विरोधी आन्दोलन र त्यसको असरसम्पादन

वि.सं. २०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित तत्कालिन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद समेत भङ्ग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरेका थिए।[७] जनताका आधारभूत मौलिक हकहरू कुण्ठित पारिएको त्यस व्यवस्थामा बहुलवाद थिएन।[८] पञ्चायती व्यवस्था विरुद्ध यो आन्दोलन हुनु पूर्व समेत विभिन्न घटनाहरू घटेका थिए। वि.सं. २०१८ भदौ ७ मा, विध्वंसात्मक कार्य गरेको भन्दै ११ जनालाई २० वर्ष कैदको सजाय सुनाइएको थियो।[९] वि.सं. २०२० पौष १४ गते जनकपुरमा राजा महेन्द्रमाथि बम हमला गर्ने दुर्गानन्द झालाई नेपाल विशेष अदालत र सर्वोच्च अदालतले सजाय तोके बमोजिम मृत्युदण्ड दिइएको थियो।[१०] पञ्चायती व्यवस्थाले प्रजातान्त्रिक शक्तिलाई पूर्ण शक्तिकासाथ दमन गर्ने नीति लिई एकलौटी रूपमा शासनको पूर्वाधार रक्षा गर्नमा ठूलो सफलता प्राप्त गरेको थियो।[११]यो शासन व्यवस्थाले विरोधी पक्ष विरुद्ध कडा नीति लागू गरि दमन गर्नुका साथै काङ्ग्रेसका नेताहरूलाई कुटनीतिक चालबाजी गरेर सम्पूर्ण काङ्ग्रेस विरोधी तत्वलाई आफ्नो पक्षमा प्रर्दशन गर्न बाध्य पारेको थियो।[१२] सरकारले कम्युनिष्ट पार्टीको बहुमतलाई आफ्नो पक्षमा पार्दै प्रमुख प्रतिपक्षी गोरखा दललाई विघटित गराई त्यो शक्तिलाई पनि आफ्नै पक्षमा ल्याउन सफल भएको थियो।[१३] वि.सं. २०२५ कार्तिक १४ गते ८ वर्षसम्म झ्यालखानामा रहेका विश्वेश्वरप्रसाद कोइराला जेलमुक्त भई भारत प्रस्थान गरेका थिए। आन्दोलनले गति लिन सक्ने भन्दै कांग्रेसले बिपीको नेतृत्वमा भारतबाट सप्तरी, विराटनगर, सर्लाहीकाठमाडौँ जस्ता स्थानहरूमा हिंसात्मक गतिविधिहरू गरेको थियो। वि.सं. २०३० चैत ३ मा विराटनगरमा राजा वीरेन्द्र सवार कारमाथि बम हमला गरिएको थियो[१४] भने त्यस्तै प्रकारले वि.सं. २०३१ वैशाख २२ गते काठमाडौँमा पञ्चायत मन्त्री प्रयागराजसिंह सुवालको कारमाथि ग्रिनेड हमला गरिएको थियो। [१५]

विश्वेश्वरप्रसाद कोइराला वि.सं. २०३३ साल पुष १६ गते काठमाडौँ विमानस्थल आइपुगेका थिए। जहाजबाट विमानस्थलमा उत्रना साथ कोइरालालाई पुनः पक्राउ गरि बन्दीगृह सुन्दरीजल पुर्‍याइएको थियो।[१६] पञ्चायतले उनी माथि राजद्रोह एवम् देशद्रोहको विभिन आरोपहरू लगाएको थियो।[१७] पञ्चायत विरोधी गतिविधि गरिरहेकै परिप्रेक्ष्यमा देशमा वि.सं. २०३६ को विद्यार्थी आन्दोलन भड्किएको थियो। यसको फलस्वरूप तत्कालीन राजाले पञ्चायती व्यवस्थामाथि जनमत सङ्ग्रह गर्न तयार भएका थिए तथापि, दुर्भाग्यवश उक्त जनमत सङ्ग्रहमा बहुदलीय पक्ष पराजित हुन पुगेको थियो र पञ्चायती व्यवस्थालाई जनअनुमोदन प्राप्त भएको थियो। [१८]गणेशमान सिंह लगायतका वरिष्ठ नेताहरूले यस जनमत सङ्ग्रहमा व्यापक धाँधली भएको आरोप लगाएका थिए।[१९][२०]

सुरुवाती चरणसम्पादन

सुरुवाती चरणहरूमा समेत पञ्चायत शासन विरूद्धमा विभिन्न राजनीतिक दलहरू र जनताद्वारा पटक पटक आन्दोलन गरिएको थियो। १८ सालको क्रान्ति, ३३ सालको बीपीको राष्ट्रिय मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण वि.सं. २०३६ मा तत्कालीन राजा वीरेन्द्र शाहले नेपालमा जनमत सङ्ग्रह गराएका थिए।[२१] बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सङ्ग्रहमा राज्य शक्तिको दुरूपयोग गरि पञ्चायत पक्षलाई जिताइएको थियो।[१८]त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि वि.सं. २०४२ सालमा नेपाली काङ्ग्रेसले सत्याग्रह सुरू गरेको थियो[२२] भने नेपालका साम्यवादी दलहरूले पनि आफ्नै किसिमले सङ्घर्ष गरिरहेका थिए।

सुरुवाती चरणमा, भारतीय राजनीतिज्ञहरूको समर्थन प्राप्त गरेको नेपाली काङ्ग्रेसले एक्लै पञ्चायती शासनको विरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी गरेको थियो भने अर्को तर्फ माले, मशाल, चौथो महाधिवेशन गरि विभिन्न १२ वटा वामपन्थी दलहरूले यसको विरुद्धमा बृहत् आन्दोलन गर्ने सम्झौता गरेका थिए।[२३] वि.सं. २०४६ माघ २ मा सहाना प्रधान नेतृत्वमा वाम मोर्चा गठन भएको थियो भने पछि बाबुराम भट्टराई पनि यस अभियानमा जोडिएका थिए।[२४] वि.सं. २०४६ माघ २ को दिन नै संयुक्त वाम मोर्चा गठन भएको घोषणा गरिएको थियो।[२५] वि.सं. २०४६ माघ ७ मा, नेपाली काङ्ग्रेसले वि.सं. २०४६ फागुन ७ देखि जनआन्दोलनमा ओर्लिने निर्णय गरेको थियो।[२६]

वि.सं. २०४५ सालमा सन् १९५० को व्यापार तथा पारवाहन सन्धि नवीकरण नभएको भन्दै भारतले नेपालका २ वटा बाहेक सबै नाका बन्द गरिदिएको थियो।[२७][२८][२९][३०][३१][३२] नाकाबन्दी पश्चात्, देशभर खाद्यान्न र पेट्रोलियम लगायत दैनिक उपभोग्य सामग्रीको व्यापक अभाव भएको थियो।[३३] यसै बीच वि.सं. २०४६ माघ ५ देखि ७ गते सम्म नेपाली काङ्ग्रेसले आफ्नो अधिवेशन सञ्चालन गरेको थियो जसमा भारतीय पूर्व प्रधानमन्त्री चन्द्रशेखर पनि उपस्थित भै नेपालको प्रजातान्त्रिक आन्दोलनमा नैतिक समर्थन व्यक्त गरेका थिए।[३४][३५]

मरिचमानको सरकारमा परिवर्तनसम्पादन

प्रहरीले आन्दोलनकारीहरू माथिको दमन बढाएपनि जनताको दृढता बिचलित नभएको देखेर चैत्र २४ गते राती राजा वीरेन्द्रले एक घोषणा मार्फत मरिचमान सिंहको मन्त्रीमण्डल बिघटन गरी लोकेन्द्र बहादुर चन्दको प्रधानमन्त्रीत्त्वमा ३ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए जसका कारण आन्दोलन झनै चर्किँदै उग्ररूप लिएको थियो।[३६] त्यसको भोली र पर्सि अर्थात् २५ र २६ गते आन्दोलनले देशव्यापी रूपमा अगाडि बढेको थियो। तात्कालिक राजा वीरेन्द्र माथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढेको थियो र आन्दोलनले अन्तर्राष्ट्रिय समर्थन समेत प्राप्त गरेको थियो।[३७]

आन्दोलन पश्चात्सम्पादन

 
काठमाडौँको विजयी जुलुसमा सहभागीहरू

३० वर्षपश्चात् पञ्चायती व्यवस्थाको अन्त्य गर्दै प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापित गर्न तत्कालीन राजा वीरेन्द्र बाध्य भएका थिए। वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक शक्तिका मद्दतबाट वि.सं. २००७ सालको क्रान्तिका माध्यमबाट प्राप्त प्रजातन्त्रको अपहरण गरेका थिए[३८][३९] भने वि.सं. २०४६ सालको आन्दोलन पश्चात् प्रजातान्त्रिक व्यवस्थाको पुनर्जन्म भएको थियो। वीरेन्द्रले राज्यभार लोकेन्द्रबहादुर चन्दको हातबाट वि.सं. २०४७ वैशाख ६ गते नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठित ११ सदस्यीय मन्त्रिपरिषद्लाई सुम्पिएको थियो।[४०] यो मन्त्रिपरिषद्लाई दैनिक प्रशासनका अतिरिक्त संविधान निर्माण तथा आमनिर्वाचन सम्पन्न गर्ने जिम्मा दिइएको थियो। कृष्णप्रसाद भट्टराई सरकारको गठनपश्चात् वि.सं. २०४७ वैशाख १४ गते तात्कालिक राजा वीरेन्द्रको सरकारले पञ्चायतका सबै तह जिल्ला, पञ्चायत, जिल्ला सभा, नगरपञ्चायत, नगरसभा, गाउँ पञ्चायत, गाउँ सभाहरू भङ्ग गरेका थिए।[४१] परिवर्तन परिप्रेक्ष्यमा सो अनुरूपको संविधान निर्माण गर्न प्रधानमन्त्रीको सिफारिशमा तीन महिनाभित्र मस्यौदासहित आफ्नो सुझाव पेश गर्न तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा २०४७ जेठ १६ गते नौ सदस्यीय संविधान सुझाव आयोगको गठन भएको थियो।[४२] यस आयोगले २०४७ कार्तिक २३ गते शाही घोषणा मार्फत नेपाल अधिराज्यको संविधान, २०४७ जनसमक्ष ल्याएको थियो।[४३] यसरी २०४६ सालको आन्दोलनबाट प्राप्त संसदीय बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनालाई यस संविधानले वैधानिक मान्यता दिएको थियो।[४४]

संविधान र आम निर्वाचन २०४८सम्पादन

२०४६ को जनआन्दोलनको प्रभावमा २०४७ साल कार्तिकमा संविधानको मसौदा तयार गरिएको थियो। नयाँ सरकारले संविधान निर्माण गर्नका लागि तत्कालिन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा संविधान सुझाव आयोग गठन गरेको थियो। यस आयोगले भदौ २५ गते संविधानको मस्यौदा तयार गरि पेश गरेकोमा आवश्यक प्रक्रियाहरू पुरा गरि २०४७ कात्तिक २३ गते राजदरबारमा आयोजित एक समारोह बीच राजा वीरेन्द्रबाट "नेपाल अधिराज्यको संविधान २०४७" को घोषणा भएको थियो[४५] अर्थात् आयोगले तयार गरेको नयाँ संविधान २०४७ कार्तिक २३ गते नेपाल अधिराज्यको संविधान २०४७को रूपमा जारी भएको थियो। यसमा मौलिक हक, मताधिकार, संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र, स्वतन्त्र न्यायपालिका आदिको सुनिस्चितता प्रदान गरिएको थियो। यसले नेपालमा २ सदनात्मक संसद प्रतिनिधि सभाराष्ट्रिय सभाको व्यवस्था गरेको थियो। आम निर्वाचन २०४८ नेपालमा जनआन्दोलन २०४६ बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन समेत हो। यसले २०५ प्रतिनिधि सभा सदस्यहरू निर्वाचित गरेको थियो। नयाँ संविधान अनुसार २०४८ वैशाख २९ गते संसदको निर्वाचन सम्पन्न भएको थियो[४६] जसमा नेपाली काङ्ग्रेस बहुमतका साथ सत्तामा पुगेको थियो भने उल्लेख्य सीट सहित नेकपा एमाले प्रमुख प्रतिपक्ष दल बन्न पुगेको थियो।[४७] निर्वाचन पश्चात् गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।[४८]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "सम्झनामा जनआन्दोलन ०४६ (श्रृंखला १)"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  2. "जनआन्दोलन दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना– ४६ सालको जनआन्दोलन गणतन्त्र स्थापनाको कोसेढुङ्गा"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  3. "नेपाली काङ्ग्रेस विगत, वर्तमान र भविष्य"बिपी समाचार (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  4. "कसरी फालियो पञ्चायती शासन ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  5. "गणेशमान सिंहको त्यो आह्वान"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  6. "आज जनआन्दोलन दिवस मनाईँदै" (नेपाली) भाषा)। हाम्रो पात्रो। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  7. "राजा महेन्द्रको अलग धार"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  8. "किन ढल्यो पञ्चायती शासन ?"ब्लास्ट खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  9. शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष
  10. "दुर्गानन्द झा : जो देशका लागि सहिद भए"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  11. "सहिद दुर्गानन्द झा जसलाई मृत्युदण्ड दिन कानुन नै संशोधन गर्नुपर्‍यो"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  12. शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष
  13. शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष
  14. "राजा वीरेन्द्रको सवारी हुँदा बम प्रहार गर्दा निधन भएका शहीद रामकृष्ण श्रेष्ठको नाममा फुटबल"हाम्रा कुरा (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  15. "शिव कंगालको कथा : ….अनि सीमा नाकाहरुमा मेरो फोटो टाँगियो"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  16. "सुन्दरीजलमा वीपी कोइरालाको यसरी गरियो सम्झना"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  17. "बिपी र पुष्पलालमाथिका आरोप वैचारिक दरिद्रताको पराकाष्ठा" (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  18. १८.० १८.१ "२०३६ को जनमत सङ्ग्रह"नयाँ विकल्प (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  19. "बीपी, वीरेन्द्र र जनमत संग्रह"बाह्रखरि (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  20. "'जनमत स‌ंग्रहमा राजाको नाटक र विपीको विश्वास'" (नेपाली) भाषा)। हाम्रा कुरा। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  21. "राजा महेन्द्र कि वीरेन्द्र को उदार र प्रजातान्त्रिक ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  22. "इतिहास बिर्सिंदै कांग्रेस"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  23. "यसरी सफल भएको थियो २०४६ सालको आन्दोलन"खबरै खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  24. "सम्झनामा सहाना प्रधान" (नेपाली) भाषा)। दृष्टि न्युज। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  25. "कम्युनिस्ट एकता : कस्तो र कसरी ?"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  26. "चैत २४ को गौरवगाथा"ईरातो खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  27. Crossette, Barbara; Times, Special To the New York (१९८९-०४-११), "Nepal's Economy Is Gasping as India, a Huge Neighbor, Squeezes It Hard (Published 1989)" [सुमधुर छिमेकीको चालले नेपालको अर्थतन्त्र धरापमा] (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-०२ 
  28. Weintraub, Richard M. (१९८९-०४-१३), "INDIA SHOWS ITS MUSCLE TO NEPAL" [भारत आफ्नो शक्ति प्रदर्शन गर्दै] (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-०२ 
  29. Shubham (२०१५-०४-२७), "From 1989 blockade to 2015 superfast aid: India's Nepal policy has come of age" [सन् १९८९-सन् २०१५ वस्तुस्थिति नियाल्दा: नेपाल र भारतको नीति पुरानो], https://www.oneindia.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-०२ 
  30. Author, No, "Remembering the 1989 blockade" [सन् १९८९ को नाकाबन्दी समझिदा], archive.nepalitimes.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-०२ 
  31. "यसरी गरेको थियो भारतले २०४५ सालमा १३ महिने नाकाबन्दी"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  32. "४५ सालको नाकाबन्दी : २७ वर्षपछि दोहोरिएको इतिहास, उस्तै हेडलाइन, उस्तै समाचार"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  33. "भारतले कसरी लगायो ४५ सालमा नाकाबन्दी ?"नेपाली हेड्लाइन्स (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  34. "पञ्चायती सरकारसमेत नाकाबन्दीमा भारतसँग झुेकेको थिएन, सिंगापुरबाट तेल ल्याउने तयारी थियो"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  35. "एक भारतीय पत्रकारको सम्झनामा २०४६ सालको जनआन्दोलन"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  36. "आज चैत २४, छयालीस सालको जनआन्दोलन उत्कर्षमा पुगेको दिन"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  37. "बिर्सिंदै जनआन्दोलन दिवस: कसरी भयो आन्दोलन,के भएको थियो चैत २४ मा ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  38. "राणाकालमा सुरू भएको, लोकतन्त्रमा खस्किएको न्यायपालिका"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  39. "आज पुस १, तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले अपदस्थ गरी हिरासतमा राखेको दिन"सगरमाथा टेलिभिजन (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  40. "जनआन्दोलन ०४६ को सनसनीपूर्ण अन्तिम ३ दिन (श्रृंखला २)"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  41. शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष
  42. "अलबिदा विश्वनाथजी !"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  43. "नेपाल अधिराज्यको संविधान, २०४७"नेपाल कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  44. "चैत २६ः देशमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको दिनको वेवास्ता"इमेज खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  45. "नेपालको संवैधानिक इतिहास"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  46. "नेपालको संसदीय इतिहासमै संसदमा कम दलको प्रतिनिधित्व !"लेखाजोखा न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  47. "प्रधानमन्त्री आफैँ हारेको एउटा चुनाव"बाह्रखरी (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  48. "गिरिजा प्रसाद कोइरालाः आठौ स्मृती दिवसको विशेषता"नयाँ विकल्प (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१