छत्रमानसिंह गुरुङ नेपाली सेनाका प्रधान सेनापति हुन। महारथी गुरुङ तनहुँ जिल्ला, रिस्ती गाविस पुलिमराङ्ग गाउंमा बुवा इमानसिंह गुरुङ तथा आमा ईमादेवी गुरुङका माईला छोरा हुनुहुन्छ। उहांकी श्रीमती कमला गुरुङ नेपाल राष्ट्र बैङ्कका अवकाशप्राप्त अधिकृत हुनुहुन्छ। उहाँको दाजु डम्बरमान सिंह गुरुङ बृटिश आर्मीका अवकाश प्राप्त क्याप्टेन हुन भने बहिनी कमला घले विजेश्वरी माध्यमिक विद्यालयका प्रिन्सिपल हुनुहुन्छ र ज्वाइ दमन बहादुर घले नेपाली सेनाको उपरथी हुनुहुन्छ। कान्छा भाइ निर मान सिंह गुरुङ नेपाली सेनाकै प्रमुख सेनानी हुनुहुन्छ। उहांका जेठा छोरा डा.प्रतिकमानसिंह गुरुङ र कान्छा छोरा प्रबलमानसिंह गुरुङ हुन।

जनरल
छत्रमानसिंह गुरुङ
प्रधान सेनापति
नेपालको प्रधान सेनापति
पूर्वाधिकारीरूक्माङ्गद कटवाल
उतराधिकारीगौरव शमशेर जङ्गबहादुर राणा
व्यक्तिगत विवरण
नागरिकतानेपाली
जीवन साथीश्रीमती कमला गुरुङ
सन्तान(हरू)जेठा छोरा डा.प्रतिकमानसिंह गुरुङ र कान्छा छोरा प्रबलमानसिंह गुरुङ
सैन्य सेवा
निष्ठा नेपाल
लडाई/युद्धहरूजनयुद्ध