ईलाम बजारबाट करीब ३ किलो मिटर उत्तर-पश्चिममा अवस्थित यो सानो बजार २०३०को दशक सम्म यस क्षेत्रको मुख्य व्यपारिक केन्द्रको रूपमा रहेको थियो। मेची राजमार्गको ईलाम-फिदीमको निर्माण अघि पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम आदिका मानिसहरू साखेजुङ्गको बाटो तोरीबारी हुदैं यहाँ आउँने गर्थे।