२७ नक्षत्र मध्ये एक।

१. आकाशीय मण्डलमा देखिने चौधौँ नक्षत्र चित्रा हो। यसको शब्दार्थ हुन्छ - देदीप्यमान।

२. चित्रा नक्षत्रका अधिदेवता त्वष्टा हुन्। त्वष्टा शब्दले इन्द्रलाई बुझाउँछ, त्यसैले यस नक्षत्रका जातकले इन्द्रदेवताको पूजाआजा गर्ने चलन छ। चित्रगुप्तलाई पनि यस नक्षत्रको देवता मानिन्छ।

३. बेलको रुखलाई चित्रा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने मान्छेले बेलवृक्षको पूजा गर्ने गर्छन्, त्यस्तै यस नक्षत्रका जातकले आफ्नो घर वा घरवरिपरिको खाली भागमा बेलको रुख रोपी त्यसको पूजाअजा गर्ने र त्यसको स्याहारसम्भार गर्दछन्।

४. सामान्यतया जुनसुकै वर्षमा आश्विन २४ गतेदेखि कार्तिक ७ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।