मुख्य सूची खोल्नुहोस्

चिटागोङ (/ɪtəɡɒŋ/), आधिकारिक रूपमा चट्टोग्राम,[५] बङ्गलादेशको एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।[६] चिटागोङ एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।[७] दक्षिण एसियामा यो वाणिज्य, उद्योग र पानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तीव्र गतिले विकसित भइहेको महानगरहरू मध्ये एक हो ।

चिटागोङ
চট্টগ্রাম
—  महानगर  —
Top view of Nasirabad Zakir Hossain Road (1).jpg
Chittagong War Cemetery 8.jpg
The Shah Amanat Bridge.jpg
Lake of Foy's Lake.jpg
Ethnological Museum of Chittagong..JPG
Karnaphuli River at night (02).jpg
चिटागोङका धरोहरहरू
उपनाम(हरू): बङ्गलादेशको द्वार,[१] बङ्गलादेशको आर्थिक राजधानी
चिटागोङ बङ्गलादेश-এ অবস্থিত
चिटागोङ
चिटागोङ
बङ्गलादेशमा रहेको चिटागोङ
निर्देशाङ्क: २२°२२′०″ उत्तर ९१°४८′०″ पूर्व / २२.३६६६७° उत्तर ९१.८००००° पूर्व / 22.36667; 91.80000
देश  बङ्गलादेश
प्रभाग चिटागोङ प्रभाग
जिल्ला चिटागोङ जिल्ला
स्थापना १३४०[२]
सहर सुचिकृत १८६३[३]
सरकार
 - प्रकार मेयर परिषद
 - अङ्ग चिटागोङ सहर निगम
 - सहर मेयर मन्जुर आलम
क्षेत्रफल[४]
 - महानगर १६८.०७ किमी (६४.९ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - महानगर ६५,००,०००
 - महानगरीय क्षेत्र ४०,०९,४२३
 - मूलबासी नाम चिटागोङ्गीयन
समय क्षेत्र बङ्गलादेशी प्रमाणिक समय (युटिसी+६)
हुलाक कोड ४०००
फोन कोड ३१
वेबसाइट चिटागोङ सहर निगम

परापूर्वकाल देखिनै चिटागोङको यस प्राचिन प्राकृतिक बन्दरगाहले बङ्गालबङ्गालको खाडीको प्रमुख व्यापारिक केन्द्रको लागी एउटा प्रवेशद्वारको रुपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, युरोपचीनको व्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतुता, भेनिसको व्यापारी निकोलो डे' कोन्टी र चीनी एडमिरल झेङ ही समेत कयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रान्डे डी बेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण लिएको थियो । १९औँ शताब्दिमा ब्रिटिश राजको अनुसार, आधुनिक चिटागोङ बन्दरगाहको विकासको लागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । दोश्रो विश्व युद्धमा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागी एउटा महत्वपूर्ण आधार बन्न पुग्यो ।[८] सन् १९४७ मा ब्रिटिश भारतको विभाजन पछी, चिटागोङ पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो । सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको शुरुआतमा बङ्गलादेशको स्वतन्त्रताको घोषणा चिटागोङबाटै गरिएको थियो ।

सन्दर्भ सामग्रीसम्पादन

  1. [१]
  2. List of cities and towns in Bangladesh, Retrieved 29 December 2009
  3. "History of Chittagong City Corporation". Chittagong City Corporation. Retrieved 2013-05-26.
  4. "Area, Population and Literacy Rate by Paurashava –2001" (PDF). Bangladesh Bureau of Statistics. Retrieved 2009-09-18.
  5. Mahadi Al Hasnat (2 April 2018). "Mixed reactions as govt changes English spellings of 5 district names". Dhaka Tribune. Retrieved 8 April 2018.
  6. http://www.lloydslist.com/ll/sector/containers/article428456.ece
  7. http://www.chittagongchamber.com/
  8. Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [२]