चारू मजुमदार (बङ्गाली: চারু মজুমদার, जन्म: ४ मे १९१९–२८ जुलाई १९७२) भारतका एक क्रान्तिकारी कम्युनिष्ट राजनितीज्ञ थिए। चारूको जन्म एक धनी परिवारमा भएको थियो तर उनले उक्त जीवनलाई त्याग गरी एक कठिन क्रान्तिकारी जीवनको छनोट गरेका थिए। उनको जन्म सिलीगुडीको एक जमीनदार परिवारमा सन् १९१९ मा भएको थियो। पछि उनले हथियारबन्द नकसल आन्दोलनमा भाग लिएका थिए। चारूले सन् १९६८ को नकसलबारी विद्रोहको ऐतिहासिक महत्त्वमा लेखेका छन् भने उक्त रचनाले आजपनि क्रान्तिकारीहरूलाई मार्गदर्शन गर्छ।[१]

चारू मजुमदार
जन्म(१९१८-०३-१२)१२ मार्च १९१८
सिलिगुडी, बङ्गाल राज्य, बेलायती भारत
मृत्यु२८ जुलाई १९७२(1972-07-28) (उमेर ५४)
कलकत्ता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानउत्तर बङ्गाल विश्वविद्यालय
सिलिगुडी क्याम्पस
Term१९६९-१९७२
राजनीतिक दलभारतीय कम्युनिस्ट पार्ट
जीवनसाथीलीला मजुमदार

शिक्षा सम्पादन गर्नुहोस्

सिलगुडि छात्रा उच्च विद्यालयबाट सन् १९३३ मा उनले प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। र त्यसपछि उनले एडवर्ड कलेजमा प्रथम श्रेणीको कक्षामा भर्ना भएका थिए।[२]

उत्तर बङ्गालको आन्दोलनमा सामेल सम्पादन गर्नुहोस्

मध्यवर्ती परीक्षा अघि उनी कम्युनिष्ट वर्गबाट ​​प्रेरित थिए र शिक्षा छाड्दै सन् १९३६ मा जलपाइगुडी जिल्लाको तेभागा आन्दोलनमा सामेल भएका थिए। [३].[४]बेलायती शासनकालमा उनले छ वर्षसम्म राजनीतिक प्रक्रिया खुलासा गरेका थिएनन् भने यस समयमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता पनि लिएका थिए।[५] उनी सन् १९४२ मा जलपाइगुडीमा पक्राउ परेका थिए र सुरक्षा बन्दीको रूपमा दुई वर्ष पछि कारागारबाट मुक्त भएका थिए। पछि उनी उत्तर बङ्गालको एक चिया बगानमा श्रमीकहरूलाई व्यवस्थित गर्ने काममा संलग्न भएको थिए।

जब २७ मार्च १९४६ मा भारतीय कम्युनिष्ट पार्टी गैरकानूनी घोषित भयो उनी सुरक्षा ऐन अन्तर्गत पक्राऊ परे भने उनी सन् १९५२ मा कारागार मुक्त भएका थिए।[६] सन् १९५७ नकशालबाडि केष्टापुरको चिया-बगानमा व्यवस्थापनहरू विरुद्ध सङ्घर्ष गरेको अभियोमा उनलाई गिरफ्तार गरिएको थियो। गिरफ्तार परेको झण्डै चार महिना सम्म उनलाई कारागारमा यातना दिइएको थियो। सन् १९६२ चीन भारतीय युद्धको अवधिमा भारत-रक्षा ऐन अन्तर्गत उनलाई गिरफ्तार गरिएको थियो। सन् १९६३ मा जेलबाट रिहा भएपछि उनले काङ्ग्रेस सिलिगुडी केन्द्रबाट पश्चिम बङ्गाल विधान सभाको उपचुनावमा उम्मेदवारलाई हराएका थिए।[७] सन् १९६५ भारत पाकिस्तान युद्धका समयमा उनी पुनः गिरफ्पतारमा परेका थिए भने सोही वर्ष उनले रिहाई पाएका थिए।

मृत्यु सम्पादन गर्नुहोस्

चारू मजुमदारको मृत्यु सन् १९७२ जुलाई २८ का दिन बिहानको ४ बजे ५४ वर्षको उमेरमा हृदयाघातका कारण भएको थियो। एक प्रतिवेदनका अनुसार उनको मृत्यु यातनाका कारण भएको थियो भन्ने सार्वजनिक गरेको थियो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Charu Majumdar -- The Father of Naxalism", Hindustan Times, मूलबाट ४ नोभेम्बर २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१२ मिति
  2. সুবোধ সেনগুপ্ত ও অঞ্জলি বসু সম্পাদিত, সংসদ বাঙালি চরিতাভিধান, প্রথম খণ্ড, সাহিত্য সংসদ, কলকাতা, নভেম্বর ২০১৩, পৃষ্ঠা ২২০-২২১, आइएसबिएन ९७८-८१-७९५५-१३५-६
  3. "नक्सल आन्दोलन इन्होंने शुरू किया, आज उनके नाम पर आतंकवादी घूमते हैं", thelallantop। 
  4. "Naxalbari@50: Maoist uprising was sparked by this tribal woman leader", hindustantimes। 
  5. "Charu's children to write mother's memoirs", Times of India। 
  6. "The last of the three", The Indian Express। 
  7. Kujur, Rajat (२००९), "Naxal conflict in 2008: an assessment", Institute for Peace and Conflict Studies