चरेस (लागुपदार्थ)


चरस एक लागु पदार्थ हो। चरसको रङ्ग देख्दा कालो हुन्छ। परिपक्व भाँगोको टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरू अपनाएर चरसको रूपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरूले चुरोट, बिडी जस्ता धुम्रपानसँग लिने गर्छन्। कतै कतै नसेडीहरूले चरस मासु, अण्डा, आमलेट, चाउचाउ आदीमा प्रयोग गरेर लगेको पनि देखिन्छ। हिन्दू धर्मका अनुसार हिन्दू देवता शिवलाई चरस मन पर्छ। यसैले प्राय: शिव भक्तहरूले चरसको अमल धेरै गरेको पाइन्छ।

उत्पादनसम्पादन

चरस एक लागु पदार्थ भएकाले चरस उत्पादन तथा विक्री वितरणलाई कानुनी अपराध मानिन्छ। तै पनि चरसको मुल्यले अन्तराष्ट्रिय बजारमा आकाश छोएको छ। यसकारण हाम्रो देश नेपाल लगायत विश्वका कतिपय मुलुकमा चरस उत्पादन तथा संकलन प्रयाप्त मात्रामा गरिन्छ। चरस उत्पादन धेरै झंजटिलो भए पनि धेरै कमाइ हुने आशाले कति पय मानिसहरू चरस निकाल्न भाँगोको खेती पनि गर्छन्। चरस हुने मौसममा जंगली भाँगोबाट चरस निकाल्न कतिपय मानिसहरू जंगल मै डेरा बनाएर बसेका पनि देखिएको छ। खास गरेर भाँगोको टुप्पालाई हात खुट्टाले मलेर अथवा पकाएर चरस निकालिन्छ।

नसाको प्रभावसम्पादन

चरसको नसा गर्ने व्याक्ती मानसिक रोगको सिकार त बन्छ नै शारिरिक कमजोरीका साथै बिभिन्न स्वाँस रोगको सिकार बन्न सक्छ। चरसको नसेडी हमेसा डरपोक देखिन्छ। चरसको नयाँ अमलीहरू हाँसेर वेहोस पनि हुन सक्छन्। किन भनें यो नसा नै यस्तो छ नसेडीलाई हँसाउनु र भोक लगाउनु यो नसाको मुख्य लक्षण हो। चरसको नसा गर्ने व्याक्ती मिलनसार व्यवहार राख्ने हुन्छ। कम बोल्ने बोले पनि कुट शब्द प्राय बोल्दैन। चरसको नसेडी हमेसा आफ्नै धुनमा मस्त रहन्छ।

चरसको अन्य प्रयोगसम्पादन

चरसले भोक लगाउने भएकाले अपच र गेस्टीकका बिमारीहरूले थोरै मात्रामा प्रयोग गर्दा लाभ दायक सावित हुन्छ। यसका साथै घाउमा चरसको धुलो भर्दा घाउ चाँडो पुरिन्छ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य सूत्रसम्पादन