ग्रेडिङ प्रणाली अन्तर्गत प्रवेशिका परीक्षा (एसएलसी) २०७२


यो पटकको एसएलसी सर्वाधिक पहिलो ग्रेडिङ प्रणालीको एसएलसी परीक्षा र अन्तिम १० दशमा हुने एसएलसी परीक्षा हो।

यो परीक्षा २०७२ चैत १८ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो ।भने रिजल्ट २०७३ असार १० गते प्रकाशित भएको थियो ।

परीक्षा समय तालिकासम्पादन

परीक्षा विवरणसम्पादन

नतिजा प्रकाशनसम्पादन

२०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल २०७३ असार १० गते प्रकाशित भएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको थियो। परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरू मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात 'पास’ भएका थिए। यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरूको संख्या हो ।

०.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए भएका ११ जनाले भने ११ पढ्न पाउने छैनन् । उनीहरूले टीएसएलसी मात्र पढ्न पाउनेछन्। साथै उनीहरूले कम्तिमा दुई वटा विषयमा पुनः परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन् । पुनः परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको थियो ।

परीक्षामा १६ परीक्षार्थी कम उमेरका पाइएको थियो, उनीहरूको परीक्षाफल रद्ध भएको थियो । लिखित परीक्षामा सहभागी नभएका १ हजार ७३३, प्रयोगात्मक परीक्षामा सहभागी नभएका १ हजार ८००, कापी रद्द भएका १८८ र परीक्षा रद्द गरिएका एक जना फेल भएका थिए । यस्तै ६ हजार ८७८ ड्रप आउट परीक्षार्थी थिए ।उनीहरू पनि फेल भएका थिए ।

नतिजा जान्ने तरिकासम्पादन

एसएलसी रिजल्टका लागि [[परीक्षा नियन्त्रण कार्यालय]]ले नेपाल टेलिकमसहित विभिन्न सेवा प्रदायक संस्थाहरूसँग सम्झौता गरेको थियो। विभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउने व्यवस्था मिलाएको थियो।

नतिजा थापाउने केही अनलाइनहरू
- *www.moe.gov.np
  • wwww.doe.gov.np
  • www.soce.gov.np *www.slcresult.soce.gov.np ,
  • www.slc.ntc.net.np
अन्य
  • नेपाल टेलिकमको CDMA,Postpaid, prepaid मार्फत १६०० नं डायल गरी
  • (SMS) PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउने
  • सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउने
  • स्प्यारोको एन्ड्रोइड एपमार्फत्

छात्रा मैत्री परीक्षा केन्द्रसम्पादन

कारागारबाटै एसएलसीसम्पादन

बाबूछोरी सँगै एसएलसीमासम्पादन

स्रोतसम्पादन