गैरी पाङमा Gairi Pangma संखुवासभा जिल्लाको एक गाउँ हो। यो सुदरी गाउँ पुर्वी नेपालको संखुवासभा जिल्ला, खाँदबारी नगरपालिकाको उत्तरी भागमा अवस्थित छ। नगरपालिका हुनु पूर्व पाङमा गा. बि. स वार्ड नम्बर ३ ले चिनिन्थ्यो। छेत्रफलको हिसाबले सबै भन्दा सानो गाउँ तर जनघनत्व बढी भएको वार्डमा पर्दथ्यो। हाल ४ पाङमालाई मिलाएर खाँदबारी नगरपालिका वार्ड नम्बर ४ बनाइएको छ। लोहोरुङ राईहरूको एकल बसोबास रहेको केही मात्रमा सार्की,पोखरेल बाहुन रहेको यस् गाउँलाई "मागावा" भनेर पनि चिनिन्छ। मागावाको अर्थ मुलगाउ अथवा मा-गाउ भन्ने बुझाउछ। यो गाउँमा बसोबास गर्ने लोरूङ राईहरु आफ्नै लोहोरुङ भाषा बोल्छन।