गुन्द्रुक सागबाट बनाइने खाना हो। गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो ।यसलाई नेपालको वा नेपालीको विषेश खानाको रूपमा विदेशीहरूले समेत चिनेका छन्। यो विशेष गरी जाडो याममा खाने गरिन्छ।

गुन्द्रुक
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यतिब्बत; नेपाल; भुटान; सिक्किम र भारतको दार्जिलिङ

बनाउने तरिका सम्पादन गर्नुहोस्

छिप्पिएको रायो,तोरी,मूलाका पात टिपेर घाममा केही दिन सुकाइन्छ । गहिरो खाडल खनिन्छ । खाडलमा आगो बालेर तताइन्छ । माटो नलागोस् भनेर वरिपरि बाँसका ढ्वाग, पराल, कोदोको नल लगाएर बीचमा मुस्लीले (मोटो गोलो काठ) ले खाँदेर छोपिन्छ। कहिलेकाहीँ भाँडामा, सफा टिनमा पनि हाल्न सकिन्छ। प्राय: २२-२५ दिनपछि यो अमिलो हुन्छ अनि बाहिर निकालिन्छ। निकालेर निकै दिन घाममा सुकाएर राखिन्छ।

हावा नपस्ने गरी बिर्को लाएर कुनै बट्टामा राख्दा वर्षौंसम्म राख्‍न सकिन्छ। गुन्द्रुकको झोल खाइन्छ। दालको ठाउँमा गुन्द्रुकको झोल खाने चलन छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्