गंगा दशहरा हिन्दू धर्मावलम्बीहरूले मनाउने एक पर्व हो । यो पर्व नेपाल तथा भारत सबै ठाउँमा मनाउने गरिन्छ । यस पर्वमा गंगा नदीमा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्त भइन्छ भन्ने धार्मीक मान्यता रहेको छ । यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट शुरु भई दशमी सम्म १० दिन मनाउने गरिन्छ ।

गंगा दशहरा
मितिज्येष्ठ शुक्ल प्रतिपदा देखी- दशमी सम्म (१० दिन)

पौराणिक कथनसम्पादन

भगवान रामचन्द्रकी पत्नी सीतालाई रावणले हरण गरे पछि रावणको वध गर्न र लङ्का विजय गर्न अनि सीतालाई फर्काउन रामले प्रतिज्ञा गरे । त्यसै बेलाबाट यो 'दशहरा' पर्व पनि मान्न थालेको बुझिन्छ । त्यो बेला लङ्का जानलाई १०० योजन अर्थात् ४०० कोशको समुद्रको पुल बनाएर तर्नु पर्थ्यो । पुल निर्माण गर्न चानचुने कुरो थिएन । बाँदर श्रेष्ठ नलको नेतृत्वमा पुल पूरा भईएको कुरा हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा उल्लेख छ । पुल निर्माणको शीलान्यास स्वयं भगवान् रामचन्द्रबाट रामेश्वरम भगवान शिवको विधिवत स्थापन गरेर दशहराको पुण्यतिथिमा पूजा अर्चना साथ पुल निर्माण भएको कुरा पनि रामायणमा नै बताएको छ । यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट शुरु भई दशमी सम्म १० दिनमा पूरा हुन्छ, त्यसैबेलादेखि 'दशहरा, पर्व मानिदै आएको बुझिन्छ । रामेश्वर शिव भगवानको ज्येष्ठ शुक्ल दशमीमा 'मनो भगवत्यै दशपाप हरा यैनमः। भनेर ५ ज्ञानेन्द्रिय, ५ कर्मेन्द्रिय यी दुवै थरि गरी दशवटै इन्द्रिय जन्य' दशै थरी पापको हरण गर्न संकल्प सहित गंगा स्नान गरिन्छ । सकेसम्म प्रतिपदाबाट दशमीसम्म र त्यत्ति धेरै दिन नसकेपनि दशमीको गंगा स्नानलाई अति महत्त्व मानिएको छ । अध्यात्मक रामायणको युद्धकाण्ड चतुर्थ सर्गमा भगवान रामले सेतु -पूल) निर्माण गरेको विस्तृत वर्णन छ र रामेश्वर शिवको दर्शन तथा पूजाको १-८ श्लोकसम छर्लङ्ग पारिएको छ । जस्तै:-

प्रणामे त्सेतुवन्ध यो दृष्ट्रा रामेश्वर शिवम्

ब्रह्महत्यादि पापेभ्यो मुच्यते मदनु ग्रहात्।।२।।

सेतुबन्धनर स्नात्वा द्रष्ट्रा रामेश्वरं हरम्

सङ्कल्पनियतो भूत्वा गत्वा बाराणसी नरः।।३। आदि

धार्मिक महत्त्वसम्पादन

जसले रामले संस्थापना गर्नु भएको रामेश्वर शिवलाई दर्शन गर्छ त्यसको ब्रह्म हत्यादि पाप पनि नष्ट हुन्छ । रामेश्वरको दर्शन पूजा गरेर काशी वाराणसी सङ्कल्पसहित पूजा गर्ने विषयलाई बढी महत्त्व दिएको छ । जस्तै:- ब्राह्म ज्येष्ठे मासि सिते पक्षे दशमी हस्त संयुता

हरते दश पापानी तस्मात् दशहरा स्मृता वराहः

दशमी शुक्ल पक्षेतु ज्येष्ठे मासे कुजे ऽ हनि

अवतीणरा यतः स्वर्गात् हस्तार्थी च सरिद् बराः।।

ज्येष्ठे मासि सिते पक्षे प्राप्य प्रतिपदा तिथिम्

दशाश्वमेधके स्नात्वा मुच्यते सर्व पातकैः

यस्तै यस्ता थुप्रै दृष्टान्त दिएर दशहराको महत्त्व दर्शाइएको छ । साथै यो दशहरालाई अत्युत्तम पर्व भनेर बताइएको छ । जाग्राम बसेर वाराणसीको भागिरथी स्नानलाई पनि त्यत्तिकै महत्त्व दिइएको छ।

दश प्रसृति कृष्णांच तिलां सर्दिश्व वै जले

सक्तु पिण्डान् गुड पिण्डान् दधाच्च द संज्ञाया

यसरी काला तिल घिऊ सातु गुडको पिण्डदान गर्न पनि उल्लेख गरेको छ । यस्तै यस्ता थुप्रै शास्त्रोक्त वचनले यो दशहराको महत्त्व वर्णन भएको छ । यो दशहरामा कृषकहरूको खेतीको पहिलो अवधि भएको हुँदा कर्कलो, बोडी, फर्सी आदिका मुन्टा टिपेर पनि १० थोक तरकारी बनाइ यो दशहरा चाड मान्ने गर्छन् । दशहराको दिनबाट वषरारम्भ भएको मानिन्छ । यो दिनमा दस हातमाथि गङ्गाजीको छाल उठेर बढ्छ भन्ने किंवदन्ती अझैसम्म छ । हाम्रा पूर्खाहरूले यस्तै यस्ता विशेषतालाई औंल्याएर यस्ता थुप्रै पर्वहरू मान्दै आएका छन् । यो पर्व पनि आध्यात्मिक तथा भौतिक चिन्तन मनन गर्नलाई सहायक सिद्ध छ । हाम्रो मन मस्तिष्कमा १० इन्द्रियहरूले तगारो लगाएका हुन्छन् । त्यस्ता मानसिक विकृतिलाई पखाल्न र यी दशै इन्द्रियहरूलाई आफ्नो नियन्त्रणमा लिन पनि यो पर्वले गङ्गास्नान गर्न र शिवको आराधना गर्न औँल्याएको छ भने भौतिक दृष्टिबाट कृषकहरूले वषरारम्भको बेला खुसियाली मनाउन गरेको पनि देखिन्छ । जे होस् यस्ता पर्वको जगेर्ना गरेर हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक देखिन्छ । यस्तो परम्परा जीवित राख्न सकियो भने हामी मरे पनि हाम्रो संस्कृति जीवित रहनेछ ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन