खैंजडी डम्फूभन्दा केही सानो हुने, काठको घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको तालबाजा हो। यस बाजाको प्रयोगको बारेमा रामायण, महाभारतका विभिन्न उत्सवमा समेत वर्णन गरिएको छ। रूख कटहर, काभ्रो, कोइरालो आदिको काठको घेरामा छाला बेरेर बनाइने यो बाजा नेपाली समाजमा पौराणिक कालदेखि नै प्रचलनमा रहेको बाजा हो। यो बाजा बनाउन मृग, बाख्रा अथवा सुन गोहोरोको छाला प्रयोग गरिन्छ। खैंजडीको ब्यास ७ देखि ९ इन्च हुन्छ भने यसको गहिराई २ देखि चार इन्चसम्मको हुने गर्दछ। कतै कतै खैंजडीमा काठको घेरामा चारवटा प्वाल बनाएर मुजुराको रूपमा धातुको टुक्राहरू पनि राखिएको हुन्छ।

खैंजडी
Kanjira.jpg
अन्य नामहरूखैंजरी
वर्गीकरण हाते बाजा
बजाउने दायरा
High sound of jingles, plus some have a skin with a lower sound.
सम्बन्धित वाद्ययन्त्रहरू
डम्फू, ढ्याङ्ग्रो, ट्याम्को, डफा
नेपाली समाजमा प्रचलनमा रहेको खैंजडी

खैंजडी भजनसम्पादन

तिहार, ठूलो एकादशीलगायतका चाडपर्व र श्रीमद्भागवत, सत्यनारायणको पूजा आदि धार्मिक कार्य गर्दा खैंजडी मुजुरा, कठताल आदि वाद्यवादनको प्रयोग र नृत्यसँगै गाइने भजन

परिचयसम्पादन

विशेषगरी क्षेत्री-ब्राहृमण बसेको समाजमा खैंजडी भजन गाउने प्रचलन छ। काठमाडौँ उपत्यकाको साथै पूर्वी पहाडका अधिकांश ठाउँमा यो खैंजडी भजन गाउने चलन छ। प्रायः क्षेत्री ब्राहृमण समुदायका व्यक्तिहरू नै सहभागी हुने भए पनि दर्शक र श्रोताको रूपमा सबै जातजातिले मनोरञ्जन लिने गर्दछन्। यस प्रकारको भजन गाउँदा कम्तीमा पनि आठ-नौ जनाको टोली गोलाकार भई बसेर एक जनाले भट्याउने केहीले खैंजडी लिने गर्दछन्। भट्याउने व्यक्ति बीचमा बस्दछ र भट्याउँछ उसले नारायण भन्दै छोडेका पङ्क्तिलाई राम राम भन्दै टिपेर खैंजडीको तालसँगै नृत्य गर्न थाल्छन्। नृत्य गर्नेहरू एउटा खुट्टा उचालेर जोडीजोडी भई पालैपालो नाच्छन्। चुड्का भजनमा भजन गाउने बाजा बजाउने र नृत्य गर्ने मात्र होइन दर्शकहरू समेत जोसिएका हुन्छन्। यसरी नै भजन अगाडि बढेको पाउन सकिन्छ।

खैंजडी भजन गाउन सुरु गर्नुअघि सर्वप्रथम मङ्गलाचरण भजन गाएर मात्र भजन गाउने क्रमलाई अगाडि बढाइन्छ। यसलाई आरती भजन पनि भनिन्छ। गणेश, सरस्वतीसहित अन्य देवीदेवताको आराधना गरी भजन सुरु गरिन्छ। बिघ्न हर्ता गणेशलाई सबै बिघ्न बाधा हटाइदिन र विद्याकी देवी सरस्वतीलाई गलामा आएर बास गरिदिन आग्रह गर्दै यो भजन सुरु गरिन्छ। खैंजडी भजनहरू विशेषगरी श्रीमद्भागवत महापुराणलाई आधार मानेर सिर्जना गरिएको पाइन्छ। यसैगरी भजनहरू देवीभागवत, शिवपुराण, रामायण, महाभारत, श्रीस्वस्थानी व्रतकथा आदिका कथामा समेत आधारित हुन्छन्। यी ग्रन्थहरूबाट कुनै एक देवीदेवता वा अन्य कुनै पात्रलाई उठाएर टुक्रा झिकी त्यस टुक्रालाई लम्ब्याउँदै भजन गाउने गरिन्छ।

भट्याउने व्यक्तिले भट्याउँदा आफ्नो आफ्नो शैली प्रयोग गरे पनि मूल ग्रन्थमा भएका कुराहरूलाई यताउति पार्नुहुँदैन। यसैकारण पनि भजन गाउने व्यक्तिले पौराणिक ग्रन्थ पढेको हुनुपर्छ। यस प्रकारको भजनमा पद्य र गद्य दुवैको मिश्रति प्रयोग हुन्छ। सुरुमा कथानकका अंशलाई गद्यात्मकरूपमा प्रस्तुत गरिएको हुन्छ। त्यसपछि पद्यात्मक भजनको सुरुवात गरिन्छ। भजन गाउन धार्मिक ग्रन्थहरूको व्यापक अध्ययन गर्नुपर्ने र आफ्नो मौलिक रूप दिन सक्नुपर्ने बाध्यता छ। भजन भट्याउनेको स्वर पनि सबैलाई आकषिर्त गर्न सक्ने खालको हुनुपर्छ। यसैगरी भजनमा प्रयोग हुने खैंजडी कुशलतापूर्वक बजाउन सक्ने र नाच्न जान्ने खुबी भएका भजनेहरू हुनुपर्छ।

खैंजडीको नमुनासम्पादन

खैंजडी भजनको नमुना भिडियो

मनको भ्रान्ति सपार्नलाई लेख्छु लीला राम्रो

मरेपछि गोकुल जाने रस्ता बन्छ हाम्रो

त्यही लीला यहाँ पनि बिस्तार गरिन्छ

भन्ने सुन्ने सबैलाई नमस्कार गरिन्छ

नारायण हरि हरि

हरे राम हरे राम गर्छौ नमस्कार

हो हो गछौर्ं नमस्कार, हो हो गर्छौं नमस्कार

साभारः रामप्रसाद धिताल

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन