क्युबा मिसाइल संकट

अक्टोबर 1962 सोभियत युनियन र संयुक्त राज्य अमेरिकाबीचको टकराव


क्युबा मिसाइल संकट वा १९६२ अक्टोबर संकट (स्पेनी: Crisis de Octubre), the Caribbean Crisis (रूसी: Карибский кризис, tr. Karibsky krizis, रुसी उच्चारण: [kɐˈrʲipskʲɪj ˈkrʲizʲɪs]), वा मिसाइल संकट १३ दिन (अक्टोबर १६-२८, १९६२) १९६२ मा भएको अमेरिका र सोभियत संघ बीच भएको टकराव थियो। शीतयुद्धको त्यो समयमा अमेरिकासोभियत संघ एकअर्कालाई नामेट पार्न सक्ने आणविक हतियार भण्डार गरेर बसेका थिए । यो दोस्रो विश्वयुद्धपछिको ४५ वर्षसम्म करोडौं मानिसको यथार्थ थियो । विनासको खतरा १९६२ को अक्टोबर महिनाको १३ दिन सबैभन्दा नजिक भएको थियो । ‘क्युवन मिसाइल सङ्कट’ भनिने यो घटनाको सुरुवात अमेरिकाले गरेको थियो ।

क्युबा मिसाइल संकट
भाग: शीतयुद्ध
Soviet-R-12-nuclear-ballistic missile.jpg
मिति अक्टोबर १६-२८, १९६२
(naval blockade of Cuba ended November 20)
स्थान क्युबा
परिणाम
  • सोभियत सङ्घले क्युवामा राखेको मिसाइलहरू हटाउने
  • अमेरिकाले टर्की र इटालीमा रहेको आफ्नो ज्युपिटर मिसाइलहरू हटाउने
  • अमेरिकाले क्युबाको सरकार हटाउने प्रयास सधैंका लागि अन्त्य गर्ने
  • वासिन्टन र मस्कोबीच सीधा फोन सम्पर्क हुने हटलाइन सेवा सुरु
युद्धरत
 सोभियत संघ
 Cuba
Supported by:
वार्सा प्याक्ट
 अमेरिका
Supported by:
ढाँचा:Country data NATOनाटो
उच्चाधिकारी तथा नेताहरू
धनजनको क्षती
64 Soviet citizens dead (statistics of the MoD of the RF for 1962–1964)[१] 1 U-2 spy aircraft lost
1 aircraft damaged
1 killed

घटनाको पृष्ठभूमिकोसम्पादन

१९५९ मा अमेरिकाको फ्लोरिडाको तटबाट ९० माइल (१४० कि.मि.) टाढा रहेको क्युवामा फिडेल क्यास्ट्रोको कम्युनिस्ट शासन स्थापना भयो । फिडेल अमेरिका समर्थित तानाशाह बाटिस्टालाई क्रान्तिबाट हटाएर सत्तामा आएका थिए । फिडेल क्यास्ट्रोको यो सरकार अपदस्त गर्नका लागि अमेरिकाले १९६१ को मेमा क्युवामा आक्रमण गर्यो । यसका लागि अमेरिकाले क्युवाली क्रान्तिमा भागेर फ्लोरिडा गएका क्युवाली आप्रवासीलाई प्रयोग गरेको थियो । सीआईए मार्फत तालिम गराएर यी क्रान्तिविरोधी आप्रवासीलाई हतियार दिएर क्युवा पठाइएको थियो । ‘बे अफ पिग इन्भ्यासन’ नाम दिइएको अभियान असफल भएपछि अमेरिकालाई विश्वव्यापी लज्जा भोग्नुपर्यो । १९६१ को बे अफ पिग्स इन्भेसन नामक असफल अभियान र इटाली र टर्कीमा अमेरिकी जुपिटर ब्यालेस्टिक क्षेप्यास्त्र को उपस्थितिको कारण, सोभियत नेता निकिता ख्रुस्चेभ क्युवाको आग्रह अनुसार परमाणु क्षेप्यास्त्र तैनाथ गर्न राजी भए। यो सम्झौता १९६२ जुलाईमा ख्रुस्चेभ र क्यास्ट्रो बिचको गोप्य बैठकको दौरान भएको थियो र मिसाइलको निर्माणको सुरुवात त्यस वर्षको ग्रीष्म मा भयो। यसले अमेरिकालाई क्यास्ट्रोलाई हटाउने दबाब परेको थियो ।

सन् १९६२ को जनवरीमा अमेरिकी सेना प्रमुख एडवार्ड ल्यान्सडेलले क्युवाबाट अक्टोबरसम्ममा क्यास्ट्रो सरकार हटाइसक्ने २६ पृष्ठको अति गोप्य प्रस्ताव नै अघि सारेका थिए । यो कुरामा क्यास्ट्रो अनभिज्ञ थिएनन् । क्यास्ट्रोमाथि आफ्नो शासन र क्रान्तिको उपलब्धि जोगाउने चुनौती आइपरेको थियो ।

यसबीच १९६२ को अप्रिलमा सोभियत संघ जोडिएको आफ्नो मित्र राष्ट्र टर्कीमा अमेरिकाले ‘ज्युपिटर’ नामक मध्यम दूरीको व्यालेस्टिक मिसाइल राख्यो । यो मिसाइलले सोभियत सङ्घको राजधानी मस्कोसम्म मार हान्न सकिन्थ्यो । अमेरिकाले टर्कीको अलावा इटालीमा पनि सोभियत सङ्घ केन्द्रित मिसाइल राखेको थियो । यसले विश्वमा शक्तिको होडबाजीमा रहेका दुई विश्वशक्तिमा सोभियत सङ्घ तल परेको थियो । उसलाई तत्काल शक्ति सन्तुलनका लागि कदम चाल्नुपर्ने बाध्यता आइपर्यो ।

यसले क्युवा र सोभियत सङ्घलाई एक ठाउँमा ल्याइदियो । क्युवालाई आफ्नो अस्तित्व बचाउनु थियो र सोभियत संघ अमेरिकामा मार हान्न सक्ने स्थानमा क्षेप्यास्त्र ( मिसाइल) राखेर शक्ति सन्तुलन बराबर बनाउनुपर्ने थियो ।

क्युवामा सोभियत मिसाइलसम्पादन

१९६२ को मेमा सोभियत सङ्घका नेता निकिता ख्रुश्चेव र क्युवाली नेताबीच क्युवामा क्षेप्यास्त्र ( मिसाइल ) राख्ने सहमती भयो । त्यसपछि अत्यन्त गोप्य तरिकाबाट सोभियत सङ्घले मिसाइलहरू क्युवामा ल्याउन थाल्यो । क्युवामा तैनाथ गरिएको मिसाइलले अमेरिकाको लगभग सबै स्थानमा मार हान्न सकिन्थ्यो ।

हतियार क्युवा आइरहेको बारेमा केही चर्चाहरू चलिरहेको थियो, जसलाई यसलाई सोभियत सङ्घले पूर्ण रूपमा अस्वीकार पनि गरेन । यसबारेमा प्रश्न उठ्दा अमेरिकाका लागि सोभियत संघका राजदूतले संयुक्त राष्ट्रमा क्युवामा सोभियत सङ्घले रक्षात्मक हतियार मात्र पठाएको बताए ।

१४ अक्टोवर १९६२ मा क्युवामाथि जासुसी गर्न उडेको विमानले सोभियत सङ्घले बनाइरहेको मध्यम दूरीको ब्यालेस्टिक मिसाइलको फाटो खिच्न पुग्यो । भोलिपल्ट यसलाई अमेरिकी सुरक्षविदले पुष्टि गरे । यसको जानकारी पाएको पर्सिपल्ट १६ अक्टोबरमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको नेतृत्वमा बसेको सुरक्षा मामलाको शीर्ष बैठकले यसले राजनीतिक शक्ति सन्तुलन बदलेको निष्कर्ष निकाल्यो र मिसाइल हटाउन नत्र युद्ध भोग्न तयार रहन सोभियत सङ्घलाई चेतावनी दियो ।

तेस्रो विश्वयुद्धको सँघारसम्पादन

त्यसपछि सुरु भयो शीतयुद्धको सबैभन्दा तनावपूर्ण १३ दिन ।

यसमा महत्वपूर्ण घटना मध्ये २२ अक्टोबरमा अमेरिकी राष्ट्रपतिले क्युवा जाने सम्पूर्ण जहाजलाई बीचमा रोक्ने आदेश दिए । तर यसमा एउटा समस्या थियो । समुन्द्रमा आवातजावत अवरोधलाई युद्ध घोषणा सरह मानिने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । त्यसपछि केनेडीलाई लेखिएको चिठ्ठीमा ख्रुस्चेभले भनेका छन्– ‘अन्तर्राष्ट्रिय जलक्षेत्र र हवाई क्षेत्रको स्वतन्त्र पारवहनमा अवरोध आक्रमक कार्य हो, जसले विश्वलाई आणविक युद्धतर्फ धकेल्छ ।’ त्यसपछिका ६ दिन लगभग आणविक युद्ध सुरु भइसकेको थियो ।

अमेरिकाले क्युवाबाट तत्काल मिसाइल हटाउन भन्यो तर सोयिभत सङ्घ र क्युवाले ती हतियारलाई प्रतिरक्षात्मक मात्र भएको बताए । यसबीचमा अमेरिकाले आक्रमणको तयारी गरिसकेको थियो । अक्टोबर २७ मा अमेरिकी सेनाका मेजर रुडल्फ एन्डरसनले उडाइरहेको जासुसी विमानलाई सोभियत मिसाइलले झारिदियो । यो आक्रमणमा जहाजका पाइलट मारिए । सोही दिन सोभियत पनडुब्बी बी–५९ लाई सतहमा रहेको अमेरिकी न्याभल फौजको जहाजले हाते ग्रिनेड आकारको ‘डेफ्थ चार्ज’ हान्यो । यो पनडुब्बीलाई सतहमा निस्कन सन्देश थियो । तर न्याभल फौजलाई थाहा थिएन कि पनडुब्बी आणविक तरपिडोयुक्त थियो । पनडुब्बीमा असर पर्ने गरी हमलालाई युद्ध मानिन्थ्यो । त्यो समय अमेरिकी न्याभल फोजको अनगिन्ती डेफ्थ चार्जको हमलाका कारण पनडुब्बीमो असर गरेको थियो । पनडुब्बीले हमला सुरु गर्नका लागि यसमा रहेका तीन राजनीतिक अधिकारी सबैको सहमती आवश्यक पथ्र्यो । जहाजमा रहेका तीन मध्ये दुई जनाले आणविक तरपिडो हान्नुपर्ने सहमती जनाए तर एक अधिकारी ‘भ्यासिली अरखिभोभ’ले यसमा असहमती जनाए । उनको असहमतीले गर्दा विश्वव्यापी आणविक युद्ध टरेको थियो ।

तर सङ्कट अन्त्य भएको थिएन । इतिहासमा पहिलो पटक अमेरिकाले आफ्नो सुरक्षा सतर्कता ‘डेफ कन २’ मा कायम राख्यो । यो भनेको आणविक आक्रमणको आदेश दिने एक तह मात्र तल हो । सयौं आणविक मिसाइलहरू मार हान्न तयार राखियो । विश्व ध्वस्तको खतरा जनाउने आलङ्कारिक घडीको सुई मध्यरात हुन एक मिनेट बाँकीमा राखियो । (मध्यरातलाई विश्व ध्वस्त सुरु भएको मानिन्छ।)


गोप्य वार्तासम्पादन

तर यो बीच पनि दुई देशबीच कूटनीति जारी थियो । अक्टोबर २७ को रात वासिङ्टन डिसीमा अमेरिकी महान्यायाधिवक्ता र राष्ट्रपतिका भाइ रोवर्ट केनेडीले गोप्य रूपमा सोभियत राजदूत एनाटोली डोब्रिनिनलाई भेटे । दुईबीच भएको सघन वार्तापछि दुईले सहमतिका बुँदा तयार पारे र आफ्नो नेताहरूलाई मनाउने निधो गरे। सोभियत संघले अमेरिकी निरिक्षणमा क्युवाबाट आफ्नो हतियार हटाउन पर्ने र क्यास्ट्रोले सार्वजनिक रुपमा त्यस्तो हतियार स्वीकार नगर्ने र अमेरिकाले क्युवा माथी आक्रमण बन्द गर्ने सर्त राखिए।[२] अमेरिकाले त्यसको जवाफ ब्राजिल सरकार मार्फत क्युवालाई पठायो कि यदि क्षेप्यास्त्रहरु हटाइएमा अमेरिकाले क्युवामाथी आक्रमण गर्ने छैन।[३] सहमतिको मुख्य बुँदा अमेरिकाले टर्कीइटालीमा रहेको आफ्नो ज्युपिटर मिसाइलहरू हटाउने र क्युवाको सरकार हटाउने प्रयास सधैंका लागि अन्त्य गर्ने र सोभियत सङ्घले क्युवामा राखेको मिसाइलहरू संयुक्त राष्ट्रको निगरानीमा हटाउने भन्ने थियो ।

सङ्कटको सुरक्षित अवतरणसम्पादन

शनिबार, अक्टोबर २७, सोभियत संघ र केनेडी क्याबिनेट बिचको सघन वार्ता पछि, केनेडी टर्की र दक्षिण इटालीमा लगाइएका सम्पूर्ण क्षेप्यास्त्र हटाउन गोप्य रुपमा राजी भए र ख्रुस्चेभ पनि क्युवाको सबै मिसाइल हटाउन तयार भए।[४] इटालीबाट क्षेप्यास्त्र हटाउने गोप्य सम्झौताको अंग थियो वा थिएन भन्नेमा केही विवाद छ । ख्रुस्चेभले आफ्नी स्मरणपत्रमा लेखेनुसार, जब संकट अन्त्य भयो तब म्याकनमारले इटाली र टर्की बाट क्षेप्यास्त्र हटाउने आदेश दिए।[५] सहमति पछि डोब्रिनिनले मस्कोमा यसबारेमा जानकारी दिए । त्यसको भोलिपल्ट ख्रुश्चेवले रेडियो मस्कोमा बोल्दै क्युवामा रहेको मिसाइल हटाउने निर्णय गरे र सकङ्ट अन्त्य भयो । त्यो समय दुवै सरकारको यो निर्णयलाई अर्कोसँग झुकेको भनेर आलोचना भएको थियो तर आजका इतिहासकारहरूले यो सहमतिले दुवैको रणनीतिक स्वार्थलाई सहयोग गरेको मान्छन् । त्योभन्दा पनि महत्वपूर्ण यसले विश्वलाई आणविक युद्धबाट बचायो ।

तर यसमा नेताहरूबीच भएको सानो गलत सञ्चार पनि अथवा फिल्डमा रहेका सेनाको तत्कालीन निर्णयमा हुने तलमाथिले नेताहरूकै प्रयासमा पानी हाल्न सक्थ्यो । भ्यासिली अरखिभोभको साहसी अस्वीकृति नभएको भए आज इतिहास अर्कै हुनसक्थ्यो ।

क्युवन मिसाइल सङ्कटपछिको परिवर्तनसम्पादन

सोभियत संघमा असरसम्पादन

क्युवामा असरसम्पादन

अमेरिकामा असरसम्पादन

विश्व घटनामा असरसम्पादन

यो सञ्चारको खाडलले निम्त्याउन सक्ने दुर्घटना रोक्न लागि अर्को वर्ष वासिन्टनमस्कोबीच सीधा फोन सम्पर्क हुने हटलाइन सेवा सुरु भयो । यो सङ्कटपछि विज्ञहरूले युद्ध सुरु भएको भए विश्वको एक तिहाइ जनसङ्ख्या मर्ने हिसाब निकालेका थिए । यस्तो भयावह स्थिति बोध गरेर ख्रुस्चेभले अमेरिकालाई दुवैले आणविक हतियार हटाउनेसम्मको प्रस्ताव भएको एक सम्झौता प्रस्ताव गरेका थिए । केनेडीले आफू आफ्नो देशको सुरक्षा क्षेत्रमा रहेका हार्डलाइनरका कारण त्यो हदसम्मको सम्झौता गर्न असमर्थ रहेको बताए । तर यही सङ्कटले निम्त्याएको त्रासका कारण केहीपछि ‘खुल्ला रूपमा आणविक परीक्षण निषेध’ र ‘आणविक अप्रसार सम्झौता’ भयो ।

सन्दर्भ सामाग्रीसम्पादन

  1. "55 years ago the first Soviet ballistic missiles were delivered to Cuba", Ministry of Defense of the Russian Federation (Russianमा), ९ अगस्ट २०१७, अन्तिम पहुँच १२ मे २०१८ 
  2. "Chronology 1: September 28, 1962 to October 26, 1962", The Cuban Missile Crisis, 1962, The National Security Archive, अन्तिम पहुँच अप्रिल ९, २०११ 
  3. "Chronology 1: October 26, 1962 to November 15, 1962", The Cuban Missile Crisis, 1962, The National Security Archive, अन्तिम पहुँच अप्रिल ८, २०११ 
  4. Jim Hershberg (Spring १९९५), "Anatomy of a Controversy:Anatoly F. Dobrynin's Meeting With Robert F. Kennedy, Saturday, 27 October 1962" (5), अन्तिम पहुँच मे २९, २०१२ 
  5. Johnson, Dominic D. P. Failing to Win p. 105