कोयम्बटोर, कोयम्बतुर, कोयम्बटुर वा कोवाई [koːʋəj]को नामले प्रसिद्ध, तमिलनाडु राज्यको एक सहर हो । कर्नाटकतमिलनाडु राज्यको सिमानामा अवस्थित यो सहर मुख्य रूपले एउटा उद्योगिक नगरी हो । यो सहर सम्पूर्ण भारतसँग रेलवे, राजमार्ग र वायु मार्गले व्यवस्थित तरिकाले जोडिएको छ ।

कोयम्बटोर
கோயம்புத்தூர்
कोवाई
Coimbatore
मरुदामलाई मोरुगन मन्दिर
मरुदामलाई मोरुगन मन्दिर
उपनाम: 
दक्षिण भारतको म्यानचेस्टर
देशभारत भारत
राज्यतमिलनाडु
क्षेत्रकोङ्गु नाडु
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गकोयम्बटोर सहर नगर निगम
क्षेत्रफल
 • सहर२४६.७५ किमी (९५.२७ वर्ग माइल)
 • महानगर
६४२.१२ किमी (२४७.९२ वर्ग माइल)
 • क्रम
उन्नतांश
४११.२ मिटर (१३४९.१ फिट)
जनसङ्ख्या
 (२०११)
 • सहर१,६०१,४३८[२]
 • महानगर
२,१३६,९१६[१]
 • मेट्रो क्रम
१६औं
वासिन्दाकोयम्बटोरियन
भाषाहरू
 • आधिकारिकतमिलअङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
641xxx
टेलिफोन कोड+९१-४२२
सवारी दर्ताTN 37 (दक्षिण), TN 38 (उत्तर), TN 66 (केन्द्रीय), TN 99 (पश्चिम)
वेबसाइटकोयम्बटोर नगर

कोयम्बटोर एउटा महत्त्वपूर्ण उद्योगिक सहर हो । दक्षिण भारतको म्यानचेस्टरको नामले प्रसिद्ध कोयम्बटोर एक प्रमुख कपडा उत्पादनको केन्द्र हो । नीलगिरी हिमालको तराईमा अवस्थित यो सहर पुरै वर्ष अनुकुलित मौसमको महसुस गराउने गर्दछ । दक्षिणदेखि नीलगिरीको यात्रा गर्न आएका पर्यटकहरूले कोयम्बटोर सहरलाई आधार शिविर जस्तै प्रयोग गर्ने गर्छ । कपडा उत्पादन कारखानाहरू वाहेक यहाँ कयौं पर्यटकीय स्थलहरू छन् जहाँ भ्रमण गर्न आएका पर्यटकहरू घुम्न सक्छन् । यहाँ रहेका जैविक उद्यान, कृषि विश्‍वविद्यालय सङ्ग्रहालय र भिओसी पार्क विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने गर्छ । कोयम्बटोरमा धेरै हिन्दू मन्दिरहरू छन् जसले यस सहरको महत्त्वलाई थप गर्ने गर्छ । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ ।[२][३]

उत्पति सम्पादन गर्नुहोस्

कोयम्बटोरको नाम उत्पतिमा विभिन्न सिद्दान्तहरू विद्यमान छन् । त्यसमध्ये एक सिद्दान्त अनुसार कोयम्बटोर नाम कोवनपुथुर ('कोवानको नयाँ सहर'बाट पृथक भएर आएको हो), कोवान वा कोयानको मुखिया कोयम्बटोरबाट विकसित भएको हो ।[४]

इतिहास सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

भारतको जनगणना सन् २०११ अनुसार कोयम्बटोर सहरको जनसङ्ख्या १६,०१,४३८ रहेको छ ।[२][१] यहाँको लिङ्ग अनुपात अनुसार १,००० पुरुषमा जम्मा ९९७ महिला आउने गर्छ ।[५] यो चेन्नई पछि तमिलनाडु राज्यको सबैभन्दा ठुलो सहर हो ।[६]

प्रमुख आकर्षण सम्पादन गर्नुहोस्

भिओसी पार्क सम्पादन गर्नुहोस्

भिओसी पार्क कोयम्बटोरको प्रमुख आकर्षण हो । यस उद्यानको नाम प्रसिद्ध स्वतन्त्रता सेनानी भिओ चिदम्बरमको नाममा राखिएको हो । हुनत यो पार्क सबै उमेर वर्गका मानिसहरूलाई मन पर्छ तर खास गरेर बच्चाहरूलाई यो उद्यानले लोभ्याउने गर्छ । यहाँ एउटा एक्वेरियम पनि छ जहाँ विभिन्न प्रजातिका माछाहरू हेर्न सकिन्छ । यस वाहेक यहाँ एउटा सानो चिडियाखाना र टोय ट्रेन पनि छ जसको आनन्द लिन सकिन्छ ।

कृषि विश्‍वविद्यालय सम्पादन गर्नुहोस्

तमिलनाडु कृषि विश्‍वविद्यालय कोयम्बटोरको रोचक पर्यटक स्थलहरू मध्ये एक हो । रेलवे स्टेशनबाट पाँच किलोमिटरको दूरीमा अवस्थित यो विश्‍वविद्यालय एसियाको उत्कृष्ट कृषि विश्‍वविद्यालयहरू मध्ये एक हो । यहाँको मुख्य आकर्षण यहाँ रहेको जैविक उद्यान हो । लगभग ३०० हेक्टरको क्षेत्रमा फैलिएको यो उद्यानमा विविध प्रजातिका वृक्षहरू रहेका छन् ।

पेरुर मन्दिर सम्पादन गर्नुहोस्

पेरुर कोयम्बटोरदेखि ६ किलोमिटरको दूरीमा अवस्थित एउटा सानो सहर हो । यसको मुख्य आकर्षण पेरुर मन्दिर हो जहाँ सात कोङ्गु शिवालयम मध्ये एक छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "INDIA: Tamil Nādu", citypopulation.de, अन्तिम पहुँच ४ मार्च २०१६ 
  2. २.० २.१ २.२ "Smart city challenge, Coimbatore", Government of India, अन्तिम पहुँच १५ डिसेम्बर २०१५ 
  3. http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html
  4. "Coimbatore: turning modern, yet retaining its old charm", The Hindu, १८ जुन २०११, अन्तिम पहुँच ३१ जनवरी २०१३ 
  5. "Census Info 2011 Final population totals", Office of The Registrar General and Census Commissioner, Ministry of Home Affairs, Government of India, २०१३, अन्तिम पहुँच २६ जनवरी २०१४ 
  6. "Major Agglomerations" (PDF), The Registrar General & Census Commissioner, Ministry of Home Affairs, Government of India, २०११, अन्तिम पहुँच ३१ मे २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्