कोटेश्वर काठमाडौं जिल्ला अन्तर्गत पर्छ। १९९१ मा कोटेश्वरलाई काठमाडौं महानगरपालिकामा समेटी वडा नं. ३२ (पहिले ३५) बनाइयो। यसले ३९५ हेक्टर क्षेत्रफल ओगटेको छ। यस क्षेत्रको पूर्व र दक्षिणमा मनोहरा नदी, पश्चिममा बागमती नदी, उत्तरमा गोठाटार, र पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकासँग सीमा जोडिएको छ।

कोटेश्वरको नाम शिवको मन्दिर 'कोटेश्वर महादेव' बाट राखिएको हो। मल्लकालमा यो तीन मल्ल राज्य (कान्तिपुर, पाटन, र भक्तपुर) को सिमाना रहेको क्षेत्र थियो। यहाँको बसोबास कोटेश्वर महादेवस्थान वरिपरि सुरु भएको हो।

शिक्षा र संस्था

सम्पादन गर्नुहोस्

कोटेश्वरका प्रमुख शैक्षिक संस्थाहरू:

कोटेश्वर मल्टिपल क्याम्पस

भि.एस. निकेतन स्कूल

क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (CCRC)

एभरेस्ट कलेज अफ नरसिङ्ग

कान्जिरोवा नेशनल स्कूल

कान्तिपुर अस्पताल प्रा.लि.


कोटेश्वर क्षेत्रमा सबैजसो प्रमुख बैंक र वित्तीय संस्थाहरूको शाखा छन्।

कुमारी बैंक

प्रभु बैंक

सिटिजन्स बैंक

नबिल बैंक

एनआईसी एशिया बैंक

कोटेश्वरमा शपिङ्ग मलहरू र विकासोन्मुख व्यापारिक केन्द्रहरू छन्।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्