कुस्मा
कुस्मा नगरपालिका पर्वत जिल्लाको सदरमुकाम हुनुका साथै शिक्षा स्वास्थ तथा प्रमुख व्यापार केन्द्र हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा खुर्कोट, शिवालय, चुवा, कटुवाचौपारी र दुर्लुङ गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कुस्मा पनि नगरपालिका बनेको हो ।
कुस्मा नगरपालिका | |
---|---|
![]() | |
निर्देशाङ्क: २८°१४′N ८३°४१′E / २८.२३°N ८३.६९°Eनिर्देशाङ्कहरू: २८°१४′N ८३°४१′E / २८.२३°N ८३.६९°E | |
देश | ![]() |
अञ्चल | धौलागिरी अञ्चल |
जिल्ला | पर्वत जिल्ला |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।
पर्वत जिल्लाको सदरमुकाम कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो। प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले पार्वती गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ। कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भै यस ठाउको नाम कुश्मा हुन पुगेको हो भनी स्थानीय विद्वानहरू एक मत छन।