कौशल्या त्रेता युगका भगवान् रामचन्द्रकी माताकाे नाम थियाे । काैशल्यालार्इ अत्यन्त सहृदयी माताका रूपमा लिने गरिन्छ । अाफ्नाे पुत्र रामकाे वनगमनकाे घटना हृदय विदारक थियाे । माता काैशल्याले रामलार्इ यस्ताे संस्कार दिएकाे थियाे जुन संस्कारबाट अाफ्नी विमाता कैकेयीका दुष्ट व्यवहारबाट पनि राम कति पनि विचलित भएनन् । उनले वनवासी हुन सहर्ष स्वीकार गरे ।
परिस्थितिवश कौशल्याले जीवनभर दु:खी रहनु पर्यो । वास्तवि अधिकार बाट वञ्चित रहेर उनले जीवनभर करुण र दयनीय अवस्थामा रहनु पर्याे, तर पनि संयमपूर्वक पतिवृता धर्म, साधुसेवा, भगवत् अाराधनाबाट उनी कहिल्यै विमुख भइनन् । काैशल्याका उदात्त चरित्रका बारेमा धेरै विद्वान्ले ग्रन्थ लेखेका छन् । रामायण र रामचरित मानस जस्ता ग्रन्थहरूमा काैशल्याका चरित्र र व्यक्तित्वकाे विषद वर्णन पाइन्छ ।