काशीदास वा कुशभद्रा आत्रेयगोत्री पानी पोखरेल का मूलपुरुष हुन् । पोखरेलका पुर्खा काशीदास वि.सं.५८३ तिर दुल्लु आइपुगेको देखिन्छ । उनी यसरी हिमाली राज्यतिर पस्नाको प्रमुख कारण भारतको कन्नोजमा भएको मुसलमानहरूको तत्कालीन आक्रमण रहेको पाइन्छ । मुसलमानको आक्रमणमा काशीदासका बाबुआमा दुबै मारिएपछि टुहुरा बालक काशीदासलाई हरियाणाका एकजना वैश्यले पालनपोषण गरी हुर्काए बढाए । पछि आफू धर्मपिता मात्र भ्एको कुरा सुनाई अध्ययनका लागि काशी पठाए । त्यहाँ बालकले काशी विश्वनाथ र विन्ध्यवासिनीको दर्शन र भक्ति समेत गरी आफ्नो अध्ययनलाई निरन्तरता दिए । मेधावी भएका कारण बालक छोटो समयमा विद्या आर्जन गर्न सफल भए । त्यस पछि उनको नाम काशीदास जोशी भन्ने रह्यो । मुसलमानद्वारा मारिएका आफ्ना मातापिता र अन्य पूर्वजको मुक्तिका लागि मानसरावर तीर्थ जाने निश्चय गरी उनी त्यसतर्फ प्रस्थान गरे । [१]
मानसरोवर जाने क्रममा काशीदास जोशी दैलेखको दुल्लु दरबारमा पुगे । त्यहाँ राजासँग उनको भेट भयो ।

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. पोखरेल, कृष्णचन्द्र (२०४२), पोखरेलको वंशावली, काठमाडौँ कुवेरप्रसाद पोखरेल

हेर्नुहोला सम्पादन गर्नुहोस्