काठमाडौ उपत्यका भित्र तीन शहरको वरिपरि रहेको ग्रामिण ईलाका लाई काँठ भन्ने गरिन्थ्यो| आजभोलि शहरिकरणको कारण भौगोलिक रूप काँठ र शहरको त्यस्तो विभेद देखिदैन|

पहिले पहिले काठमाडौ शहर केन्द्रबाट उपत्यका भित्र का आधा विहान विहान(१ १/२ घण्टा)को पैदल वाटो भन्दा टाढा रहेका गाउलाई काँठ भन्ने गरिएको पनि देखिन्छ|तर समयक्रममा काँठको भौगोलिक सिमाना सर्दै गएको देहिन्छ|उदाहरणको लागि,आजभोलिको महाराजगञ्ज क्षेत्र , सय वर्ष अघि सम्म काँठ कहलिन्थ्यो भने , चन्द्र शमशेरले आफ्ना छोरा हरूको लागि त्यस वरपर दरवार बनाए पछि, काँठ सरेर वासवारी तिर पुगेको देखिन्छ| तत्पश्चात २०२० तिर वासवारीमा शह्वरिकरण भए पछि काठ सरेर बुढानीलकण्ठ तिर पुगेको देखिन्छ|यसको अलावा शह्वरिकरण भएको छेत्रको नजीकै का वाटो नपुगेको ठाउ भने काँठ मै दरिन्थ्यो| उदाहरणको लागि वासवारी काँठ वाट हटेको धेरै पछि पनि आजभोलिको धपासि चाहि काँठ मै दरिन्थ्यो| काठ र शहरको विभेद काठमाडौमा चक्रपथ बने पछि यातायातको सुलभताको कारण हट्दै गएको देखिन्छ|

आजभोलि भाषागत रूपमा सहरको छेउ, शासन सत्ताको नजीक भए पनि विकासका पूर्वाधारहरू खडा नभएका क्षेत्रलाई साकेंतिक रूपमा वर्णन गर्दा काँठ भन्ने गरिन्छ|