कसूर जिल्ला

कसूर जिल्ला (पञ्जाबीउर्दू: ضِلع قصُور) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला १ जुलाई १९७६ मा अस्तित्वमा आएको थियो । यो जिल्ला सन् १९७६ भन्दा पहिला लाहोर जिल्लाको एक भागको रूपमा रहेको थियो ।

कसूर जिल्ला


ضِلع قصُور
Bulleh Shah's Shrine.JPG
पञ्जाब प्रदेशमा कसूर जिल्लाको अवस्थिति
पञ्जाब प्रदेशमा कसूर जिल्लाको अवस्थिति
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशPunjab (Pakistan) पञ्जाब
सदरमुकामकसूर
सरकार
 • जिल्ला समन्वय अधिकारीसायरा ओमेर
 • जिल्ला परिषद अध्यक्षराना सिकन्दर हयात
क्षेत्रफल
 • जम्मा३,९९५ किमी (१,५४२ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा३,४५४,९९६
 • घनत्व८६०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसीलकसूर
कोट राधा किसन

यो शहरको सदरमुकाम कसूर शहर हो जुन सुफिवादी कवि बुल्ले शाहको जन्म स्थल हो । यो शहर पुरै पाकिस्तानमा बुल्ले शाहको जन्म स्थलको रूपमा प्रचलित छ । यस जिल्लाले पाकिस्तानमा कुल ४,७९६ वर्ग किलोमिटर ओगटेको छ । [२]

जनशाङ्खिकिसम्पादन

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २३,७५८,५५ रहेको छ जसमध्य पुरुषको जनसङ्ख्या १२,४३८,१८ छ भने महिलाको जनसङ्ख्या ११,३२०,५७ रहेको छ । जनगणना अनुसार पुरुषको आवधी ५२.७५% छ भने महिलाको आवाधी ४७.६४% रहेको छ । यस जिल्लामा मुख्यतया मानिसहरू पञ्जाबी भाषा बोल्छन् जसको आवाधी ८८% छ भने उर्दु भाषाको आवाधी ६.२% रहेको छ ।[३]

विकाससम्पादन

कृषिमा आम जनसमुदायको आक्रसण र पँहुच पुगाउनका लागि कसूर जिल्ला सरकारले बाम्बावाली-रवी-बादिन नहरको स्थापना गरेको थियो । कसूर जिल्लामा वाणिज्य र औद्योगिक विकास भएता पनि यस क्षेत्र मुख्यतया कृषिनै जनसमुदायको पेशाको रूपमा रहेको छ । कसूर सेनाले जिल्लामा आर्मी ब्यारेको र बासस्थानको स्थापना गरेको छ ।

विषेशताहरूसम्पादन

कसूर जिल्लालाई रावी नदिले उत्तर-पश्चिमबाट घेरेको छ भने सतलेज नदिले दक्षिण-पुर्वमा तर्फबाट घेरेको छ भने ब्यास नदिले जिल्लालाई दुई बराबर भागमा विभाजन गरेको छ । यस जिल्ला प्रकृतिक रूपमा समुन्द्री सतहबाट १९८ मिटरको उचाइमा रहेको छ । कसूर जिल्ला पुर्वमा लाहोरसँग जोडिएको छ भने ननकाना साहिब जिल्लाको उत्तर तर्फ अवस्थित छ त्यस्तै गरी फैसलनबाद जिल्लाको पश्चिममा रहेको छ भने दक्षिणमा ओकरा र भारत रहेका छन् ।

रुचिका स्थानहरूसम्पादन

कसूर जिल्लाले सिमान क्षेत्रमा अजस्थित छ । कसूर जिल्ला यहाँ हुने सैनिक परिवर्तन समारोहबाट निकै प्रख्यात र पर्यटनको आसय बनेको छ । कसूर जिल्ला कास्सुरी मेथी कास्की माछा को लागि पनि प्रसिद्ध छ । कसूर जिल्लाको कसूर शहर सुफिबाद कवि बुल्ले शाहको अन्त्यस्टी स्थल पनि हो । कासूर यहाँको स्वादिष्ट माछाको लागि प्रसिद्ध छ । इन्द्रास फलुँदा र कसूरी मेथी एक मिठो परिकार यस जिल्लामा पाइन्छ । यस जिल्लामा रहेका अन्य पर्यटकीय स्थलहरू-

  • फुल नगर अौधोगीक क्षेत्र
  • कसूर सङ्ग्राहलय
  • गन्दा सिंह वाला पाकिस्तान-भारत सिमाना
  • कसूर रेल मार्ग
  • चङ्गा मङ्ग जङ्गल

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि यहाँ रहेका सिखहरू बसाइँसराइ गरेर भारतको पुर्वी पञ्जाबमा गएका थिए । पञ्जाबी लेखक बाबा सोहन सिंह सितल यही स्थानमा बसोबास गर्थे भने उनको निधन पछि उनको घरमा इस्लामी सरणार्थीहरूले शरण लिएका थिए । यस जिल्लामा मुख्यतया मेवातका मिओ जातिहरू बसोबास गर्छन् । [४]

सन्दर्भ सामग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन