कसूर (पञ्जाबीउर्दू: قصُور) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको कसूर जिल्लाको राजधानी सहर हो । यो सहर लाहोर सहरबाट उत्तरमा रहेको छ र भारतका केही जिल्लासँग सिमाना जेडिएको छ । यो सहर पाकिस्तानको २० औँ ठूलो सहरको रूपमा रहेको छ । [१]

कसूर

قصُور
Bulleh Shah's Shrine.JPG
निर्देशाङ्क: ३१°७′०″उ॰ ७४°२७′०″पू॰ / ३१.११६६७°N ७४.४५०००°E / 31.11667; 74.45000निर्देशाङ्कहरू: ३१°७′०″उ॰ ७४°२७′०″पू॰ / ३१.११६६७°N ७४.४५०००°E / 31.11667; 74.45000
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लाकसूर
क्षेत्रफल
 • जम्मा३,९९५ किमी (१,५४२ वर्ग माइल)
उन्नतांश
२१८ मिटर (७१५ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा४८८,७४१
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०४९

शव्दको उत्पत्तिसम्पादन

कसूर शव्दको उत्पत्ति अरबी शव्द कसूरबाट (قصور) उत्पत्ति भएको थियो जसको अर्थ दरबार अथवा सैनिकको किल्ला हुन्छ भने हिन्दु धर्मका अनुसार यस सहरको नाम राजकुमार कुशको नामबाट राखिएको हो भन्ने उल्लेख छ जुन हिन्दु धर्मका भगवान राम र सिताका जेठा छोरा थिए । ऐतिहासिक विवरणमा सहरको पुरातन पौराणिक कथा र स्थापनाका घटनाहरूको अस्वीकार गर्दछ र यसको सट्टा सहर १५२५ सम्मको मितिमा स्थापना भएको थियो जब सहर पठानका खासगी जनजातिले स्थापित गरेका थिए जो उत्तर पश्चिमी पाकिस्तान र अफगानिस्तानबाट आएको थिए ।

इतिहाससम्पादन

सुरुवातसम्पादन

९९७ मा गाजनीका साम्राज्यले कसूर सहरको स्थापना गरेको थियो जो गजनावी वंशका शासक थिए । कसूर सहर वरीपरीका क्षेत्र सिन्धु घाँटीको सभ्यताका बेलामा प्रचीन कालमा घना जङ्गल र कृषि र खेती गर्नेका लागि उपयुक्त स्थान रहेको थियो । कसूर क्षेत्रलाई प्रचीन कालमा मैर्य साम्राज्य, अुसान साम्राज्य, गुप्ता साम्राज्य, हिन्दु शाही साम्राज्यहरूले शासन गरेका थिए ।

मुगल साम्राज्यसम्पादन

मुगल शासन अन्तर्गत सहरले वाणिज्य र व्यापारको लागि प्रशस्त र उल्लेखनीय उपलब्धि हासिल गरेको थियो । मुगल राजा अकबरका पालामा यस क्षेत्रको उल्लेखनीय सुधार र विकास भएको थियो जसमा १२ वटा सैनिक किल्लाहरू निर्माण गरिएको थियो ।

सिख साम्राज्यसम्पादन

मुगल साम्राज्यको गिरावट पछि एस सहरमा केही समय कुनै पनि शासकको सत्तामा आएको थिएन त्यसपछि सन् १७४७ मा यस क्षेत्र सिख साम्राज्यका अहमद शाह दुर्रानीको आक्रमण पछि सिख साम्राज्यको शासनमा आएको थियो । सन् १७६३ मा दुर्रानी यस ठाउँ छोडेर अफगानिस्तान गएपछि सन् १८०७ मा सिख साम्राज्यका अर्का राजा रणजित सिंहको कब्जामा आएको थियो ।

ब्रिटिस्ट साम्राज्यसम्पादन

सिख साम्राज्यको गिरावट पछि यस क्षेत्र ब्रिटिस्ट साम्राज्यको शासनमा आएको थियो । यस समयमा ब्रिटिस्ट शासकहरूले सिंचाइ आयोजना निर्माण गरेका थियो र यस क्षेत्रमा बसोबास गर्ने सिख, हिन्दु, मुस्लिम आदी जनजातिमा बाँडिएको थियो भने अन्य थुप्रै विकासका कार्यहरू पनि ब्रिटिस्ट साम्राज्यकालमा भएका थिय ।

बर्तमानसम्पादन

 
ब्रिटिस्ट भारतको विभाजनमा बसाइँसराइ गरेका सरणार्थीहरू १९४७

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि अल्पसंख्यक हिन्दूहरू र सिखहरू भारतमा बसाइँसराइ गएर भारत गएका थिए भने मुस्लिम शरणार्थी भारतबाट पाकिस्तान र कसूरमा आएर बस्न थालेका थिए । कासुरलाई ९ सेप्टेम्बर १९६५ मा भारतीय सेनाले आक्रमण गरेतापनि पाकिस्तानी सेनाले यस सहरलाई लुट्नबाट बचाएका थिए ।

भूगोलसम्पादन

कसूर सहर पाकिस्तानको पञ्जाब प्रान्तको कसूर जिल्लामा पर्न सदरमुकाम सहर हो । कसूर जिल्ला पाकिस्तानको कुल क्षेत्रफलको ४,७९६ वर्ग किलोमिटर ओगटेको छ ।

कृषिसम्पादन

कासूर सहरको मुख्य खेती गँहु, मकै, धान, आलु, उखु आदी हो ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "पाकिस्तानका ठूला सहरहरूको जनगणना-२०१७", पिबिएस सेन्सस डट जिओभि डट पिके। 

बाह्य कडीहरूसम्पादन