कटरडाँगी निम्न माध्यमिक विद्यालय, चकचकी ६

कटरडाँगी निम्न माध्यमिक विद्यालय दुर्गापुर स्रोतकेन्द्र अन्तर्गत पर्दछ । यो विद्यालय झापा जिल्ला अन्तर्गत चकचकी गाविस वडा नं. ६ मा पर्दछ । झापाको व्यापारिक कैन्द्र विर्तामोडदेखि केही किलोमिटर पश्चिममा रहेको चारपाने बस बिसाउनीबाट दक्षिणतिर अन्दाजी चार किलोमिटर पार गरेपछि यस विद्यालयमा पुग्न सकिन्छ । यस विद्यालयको विधिवत् स्थापना विसं २०११ मा भएको देखिन्छ । यसरी हेर्दा यो विद्यालय झापा जिल्लाको निकै पुरानो विद्यालय हो भन्ने देखिन्छ ।
यस विद्यालयमा कक्षा एकदेखि आठ सम्म अध्ययन अध्यापन हुने गरेको छ । विद्यालय यसको स्तरोन्नति तर्फ पनि अग्रसर रहेको पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।

यो पनि हेर्नुहोस्सम्पादन