आरोन एनार गुनार्सोन (जन्म: २२ अप्रिल १९८८) एक आइसल्यान्डेली व्यावसायिक फुटबल खेलाडी हुन जो कतारी क्लब अल अरबी र आइसल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तानको रूपमा मध्यपङ्क्तिबाट खेल्ने गर्दछन्।

आरोन गुनार्सोन
सन् २०१८ फिफा विश्वकपमा गुनार्सोन
व्यक्तिगत जानकारी
पुरा नाम आरोन एनार माल्मकेस्त गुनार्सोन[१]
जन्म मिति (1989-04-22) २२ अप्रिल १९८९ (उमेर ३४)[१]
जन्म स्थान आक्कुरेरी, आइसल्यान्ड
उचाइ १.८१ मी[२]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
अल-अरबी फुटबल क्लब
सङ्ख्या १७
युवा करियर
सन् २००४–२००५ थौर आक्कुरेरी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००५–२००६ थौर आक्कुरेरी ११ (०)
सन् २००६–२००८ आजेत फुटबल क्लब (०)
सन् २००८–२०११ कोभेन्ट्री सिटी १२३ (६)
सन् २०११–२०१९ कार्डिफ सिटी २७१ (२५)
सन् २०१९– अल अरबी १९ (२)
अन्तर्राष्ट्रिय करियर
सन् २००५ १७ वर्ष मुनि (२)
सन् २००६–२००८ १९ वर्ष मुनि १६ (१)
सन् २००७–२०११ २१ वर्ष मुनि ११ (१)
सन् २००८– आइसल्यान्ड ८७ (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २७ सेप्टेम्बर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० सेप्टेम्बर २०१९

गुनार्सोनले सन् २००५ मा आइसल्यान्डेली फुटबल क्लब थौर आक्कुरेरी मार्फत व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उनले उक्त क्लबमा आवद्ध भएको १ वर्ष भित्रै उनी नेदरल्यान्डेली क्लब आजेट अल्कमारमा आवद्ध भएका थिए। आजेत क्लबसँग दुई वर्ष बिताइसकेपछि उनी अङ्ग्रेजी क्लब कोभन्ट्री सिटीमा आवद्ध भएका थिए भने उनले उक्त क्लबसँगको तीन वर्षे बसाइँमा कुल १३३ उपस्थितिहरूमा ७ गोल गरेका थिए। सन् २०११ मा उनी प्रिमियर लिग क्लब कार्डिफ सिटीसँग आवद्ध भएका थिए भने उनले उक्त क्लबमा ८ वर्ष बिताएका थिए।

आरोनले आइसल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने गरेका छन्। उनले सन् २००८ मा वरिष्ठ राष्ट्रिय टोलीमा आवद्ध भई अन्तर्राष्ट्रिय फुटबल जीवनको पनि सुरुवात गरेका थिए। उनी सन् २०१२ यता राष्ट्रिय टोलीका कप्तानको रूपमा स्थपित हुन सफल भएका छन् भने उनको कप्तानीमा राष्ट्रिय टोलीले सन् २०१८ रूसमा आयोजित फिफा विश्वकपमा सहभागिता जनाएको थियो। उनले हालसम्म राष्ट्रिय टोलीका तर्फबाट ८० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन्।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

सुरुवाती चरण सम्पादन गर्नुहोस्

आरोन गुनार्सोनको जन्म सन् १९८९ अप्रिल २२ का दिन आइसल्यान्डको आक्कुरेरी भन्ने ठाउँमा भएको थियो। उनले सन् २००५ मा स्थानीय फुटबल क्लब थौर आक्कुरेरी मार्फत व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए भने यस अघि उनी १५ वर्षको उमेरदेखि ह्यान्डबल खेलमा भाग लिने गरेका थिए।[३] सन् २००५ देखि सन् २००६ सम्म आक्कुरेरी क्लबका लागि आरोनले ११ उपस्थिति जनाएका थिए भने उनी सन् २००६ मा नेदरल्यान्डेली क्लब आजेतको प्रशिक्षण केन्द्रमा भर्ना भएका थिए। आजेत क्लबको सन् २००७-०८ संस्करणमा उनले उक्त क्लबका तर्फबाट खेलहरूमा भाग लिन सुरु गरेका थिए। [४]

कोभन्ट्री सिटी सम्पादन गर्नुहोस्

सन् २००८ जुन १७ का दिन आरोनले च्याम्पियनसिप नामक एक घरेलु लिगको सहभागी अङ्ग्रेजी क्लब कोभन्ट्री सिटीसँग ३ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[५][६] सन् २००८-०९ को च्याम्पियनसिप संस्करणमा आरोनले उक्त क्लबका तर्फबाट पर्दापण गरेका थिए भने सुरुवाती खेलमा सिटीले नर्विच सिटीलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[७] सन् २००९ फेब्रुअरी १४ का दिन आरोनले कोभन्ट्री सिटीको तर्फबाट एफए कप नामक एक फुटबल प्रतियोगितामा ब्ल्याकबर्न सोभर्सको विरुद्ध पहिलो गोल गर्न सफल भएका थिए।[८] आरोनले उक्त क्लबमा छँदा पहिलो गोल क्रिस्टल प्यालेस विरुद्ध गरेका थिए।[९] च्याम्पियनसिप संस्करणको समाप्तमा आरोन त्यसवर्षका वर्ष सहायक खेलाडी बन्न सफल भएका थिए।[१०] सन् २००९ मा आरोनले आफ्नो खेल पोशाक नम्बर १२ बाट परिवर्तन गरी १७ नम्बरे पोशाक लगाई मैदान उत्रिन सुरु गरेका थिए।[११] उक्त संस्करणमा उनले क्लबका लागि कुल ४२ उपस्थितिहरू जनाएका थिए जहाँ उनले मिडल्सबोर्ग विरुद्ध १ गोल गरेका थिए। [१२]

सन् २०१०-११ को च्याम्पियनसिप संस्करणमा आरोनले क्लबका लागि राम्रो खेल सुरुवात गरेका थिए भने उनले उक्त संस्करणको सुरुवातमा मिलवाल विरुद्ध सुरुवात गोल गर्दै पहिलो गोल गरेका थिए तर उक्त खेल मिलवाले ३-१ गोल अन्तरले जितेको थियो।[१३] क्लबसँग आवद्ध भएको तीन वर्ष पश्चात् आरोनले कोभन्ट्री सिटीको घरेलु मैदान रिको अरिनामा प्रिस्टोन नर्थ इन्डको विरुद्ध पहिलो गोफ गरेका थिए भने उक्त खेलको दुई दिन पश्चात् उनले डनक्यास्ट रोभर्सको विरुद्ध दोस्रो गोल गरेका थिए। [१४][१५] सन् २०१० डिसेम्बर १० का दिन उनको उक्त क्लबसँगको आवद्ध म्याद सकिन लागेका बेला उनले सोही क्लबमा रहने जानकारी गराएका थिए।[१६] उनले आफ्नो व्यावसायिक फुटबल कार्यजीवनकै पहिलो नर्विच सिटी विरुद्धको खेलमा रातो कार्ड खाएका थिए जुन खेल १८ डिसेम्बर सन् २०१० का दिन आयोजना गरिएको थियो।[१७] सन् २०११ मा उनी च्याम्पियनसिप लिगको अर्को क्लब कार्डिफ सिटीमा सरुवा भएका थिए। [१८][१९]

कार्डिफ सिटी सम्पादन गर्नुहोस्

 
सन् २०१२ मा गुनार्सोन कार्डिफ सिटीको तर्फबाट खेल्दै

सन् २०११ जुलाई ८ का दिन च्याम्पियनसिपको क्लब कार्डिफ सिटीसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने उनको साथमा थप ५ नयाँ खेलाडीहरू यस क्लबमा आवद्ध भएका थिए।[२०] त्यसपछि माल्की मिक्के टोलीको प्रबन्धकको रूपमा नियुक्त भएका थिए।[२१] सन् २०११ अगस्ट ७ का दिन उनले कार्डिफ सिटीका लागि पहिलो खेल सन् २०११-१२ संस्करणमा वेस्ट ह्याम युनाइटेडको विरुद्धमा खेलेका थिए जहाँ उनले पुरै ९० मिनेट खेलेका थिए।[२२] यस खेल सिटीले वेस्टह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। क्लबका दोस्रो खेल आरोनले ब्रिस्टोल सिटीको विरुद्धमा खेलेका थिए जहाँ उनले खेल चलिरहेको समयमा घाइते भएका थिए।[२३] सन् २०११ अक्टोबर २२ का दिन उनी चोट मुक्त हुँदै पुनः खेलमा फर्किएका थिए जहाँ उनले बर्न्सलीको विरुद्धको दुई गोल गरेका थिए जसकारण सिटीले बर्न्सलीलाई ५-३ गोल अन्तरले जित्न सफल भएको थियो।[२४] उक्त खेलमा उत्कृष्ट प्रदर्शन तथा सर्वाधिक गोल गरेका कारण उनी उक्त खेलको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएका थिए।[२५] प्रिमियर लिग नामक अङ्ग्रेजी सर्वोच्च फुटबल लिगमा कार्डिफ सिटीको पदोन्नतिसँगै सन् २०१३ अगस्ट २५ का दिन उनले म्यानचेस्टर सिटीका विरुद्ध पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल कार्डिफ सिटीले ३-२ गोल अन्तरले हात पारेको थियो।[२६] सन् २०१५ मा आरोनले सन् २०१८ सम्म उक्त क्लबमा रहने गरी नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। [२७]

सन् २०१६ को युरो कप पश्चात् उनी पुनः क्लबमा फर्किएका थिए।[२८] सन् २०१८ मा आरोनले उक्त क्लबसँग सन् २०१९ सम्म रहने गरी सम्झौतामा १ वर्ष म्याद थपेका थिए।[२९] कार्डिफ सिटीसँगको ८ वर्षे लामो यात्रामा आरोनले कुल २७१ उपस्थितिहरूमा जम्मा २५ गोल गर्न सफल भएका थिए।[३०][३१][३२] सन् २०१९ को मार्चमा उनीले अल-अरबी नामक एक कतारी फुटबल क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[३३]

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

 
सन् २०१२ मा गुनार्सोन

सन् २००५ मा आरोनले १७ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल यात्रा तय गरेका थिए जहाँ उनले कुल ७ उपस्थितिहरूमा २ गोल गर्न सफल भएका थिए।[३४] सन् २००८ फेब्रुअरी २ का दिन उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीमा पर्दापण गरेका थिए भने सन् २०११ मा आयोजित युरोपेली अन्डर २१ च्याम्पियनसिप नामक एक अन्तर फुटबल प्रतियोगितामा उनले पहिलोपटक २१ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट खेल खेलेका थिए।[३५] उक्त प्रतियोगिताको पहिलो खेलमा आइसल्यान्डले आयोजक डेनमार्कलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[३६] ११ जुन २०११ का दिन आयोजित बेलारुस विरुद्धको खेलमा भने राष्ट्रिय टोली पराजित भएको थियो। प्रतियोगितामा दुई हार बेहोरेको राष्ट्रिय टोली पछि प्रतियोगिताबाटै बाहिरिएको थियो। आरोनले पछि युएफा अन्डर २१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको छनोट खेलहरूमा भाग लिएका थिए। [३७] राष्ट्रिय टोलीका तर्फबाट २९औँ उपस्थितिमा उनी राष्ट्रिय टोलीका कप्तान भैसकेका थिए भने सन् २०१२ अगस्टमा फारोई टापु विरुद्धको खेल अघि उनले मात्र २३ वर्षको उमेरमा राष्ट्रिय टोलीको कप्तान पद सम्हालेका थिए। आरोनको नेतृत्वमा राष्ट्रिय टोलीले सन् २०१८ मा आयोजना हुन लागेको फिफा विश्वकप छनोट खेलमा क्रोएसिया विरुद्ध खेल खेलेका थिए तर उक्त खेलमा राष्ट्रिय टोली क्रोएसियासँग २-० गोल अन्तरले पराजित भएको थियो।[३८] सन् २०१४ अक्टोबर १० का दिन आयोजित युएला युरो २०१६ को छनोट खेलमा आरोनले लात्भिया विरुद्ध वरिष्ठ राष्ट्रिय टोलीका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ३-० गोल अन्तरले जित्न सफल भएको थियो।[३९] सन् २०१५ जुन १२ का दिन आयोजित सोही प्रतियोगिताको छनोट खेलमा पनि आरोनले चेक गणतन्त्रको विरुद्ध १ गोल गरेका थिए भने उक्त खेल आइसल्यान्डले २-१ को गोल अन्तरले जित्न सफल भएको थियो। [४०]

सन् २०१६ मा फ्रान्समा आयोजित युएफा युरो २०१६ नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आरोनले राष्ट्रिय टोलीको कप्तान पद सम्हालेका थिए।[४१] सन् २०१६ जुलाई ३ का दिन आयोजित पुर्तुगाल विरुद्धको खेलमा राष्ट्रिय टोलीले १-१ को बराबरी गर्न सफल भएको थियो भने उक्त खेल फ्रान्सको साँ-इचियन्नमा आयोजना गरिएको थियो।[४२] उनको नेतृत्वमा राष्ट्रिय टोलीले अस्ट्रियालाई पराजित गरेको थियो भने हङ्गेरी विरुद्धको खेलमा बराबरीमा पुर्‍याएको थियो।[४३] उक्त प्रतियोगिताको क्वाटरफाइनलमा राष्ट्रिय टोली फ्रान्स विरुद्धको खेलमा ५-२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।[४४] सन् २०१८ रूसमा आयोजना हुन लागेको फिफा विश्वकपमा उनी २३ खेलाडीको राष्ट्रिय टोली भित्र समावेश भएका थिए भने राष्ट्रिय टोलीले उक्त प्रतियोगितामा समूह चरणसम्मको यात्रा तय गरेको थियो।[४५]

खेलजीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

अद्यावधिक १२ मे २०१९[४६][४७][४८][४९][५०]
क्लब विभाग संस्करण लिग राष्ट्र कप लिग कप अन्य जम्मा
उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थित गोल
थौर आक्कुरेरी देल्द कार्त्ला २००५ ११
२००६ १२
जम्मा ११ २३
आजेत एर्दिभिसी २००६–०७
२००७–०८
जम्मा
कोभेन्ट्री सिटी च्याम्पियनसिप २००८–०९ ४० ४७
२००९–१० ४० ४२
२०१०–११ ४२ ४५
जम्मा १२२ १३३
कार्डिफ सिटी च्याम्पियनसिप २०११–१२ ४२ ५०
२०१२–१३ ४५ ४५
प्रिमियर लिग २०१३–१४ २३ २५
च्याम्पियनसिप २०१४–१५ ४५ ४५
२०१५–१६ 28 २९
२०१६–१७ ४० ४१
२०१७–१८ 20 २०
प्रिमियर लिग २०१८–१९ २८ २८
जम्मा २७१ २५ १० २८६ २५
कुल ४०५ ३१ १६ २० ४४३ ३२

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

 
सन् २०१४ मा आरोन आइसल्यान्डको तर्फबाट खेल्दै
अद्यावधिक ११ सेप्टेम्बर २०१९[५१]
राष्ट्रिय टोली वर्ष वर्ष गोल
आइसल्यान्ड सन् २००८
सन् २००९
सन् २०१०
सन् २०११
सन् २०१२
सन् २०१३
सन् २०१४
सन् २०१५
सन् २०१६ 13
सन् २०१७
सन् २०१८
सन् २०१९
जम्मा ८७

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय टोलीका लागि जनाएको उपस्थितिहरूमा गरेका गोलहरू
# मिति स्थान प्रतिस्पर्धी अङ्क नतिजा प्रतियोगिता सन्दर्भ
१० अक्टोबर २०१४ स्कोन्तो रङ्गशाला रिगा, लात्भिया   लात्भिया २–० ३–० सन् २०१६ युएफा युरो छनोट [५२]
१२ जुन २०१५ लइयतसवातभिर, रेख्याभिक, आइसल्यान्ड   चेक गणतन्त्र १–१ २–१ [५३]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ Hugman, Barry J., सम्पादक (२०१०), The PFA Footballers' Who's Who 2010–11, Mainstream Publishing, पृ: १८१, आइएसबिएन 978-1-84596-601-0 
  2. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, मूलबाट १९ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१८ 
  3. Kristján Jónsson (९ जुन २०१६), "Aron Gunnarsson: Iceland's midfield leader and long-throw star", The Guardian, अन्तिम पहुँच १४ अगस्ट २०१८ 
  4. Aron Gunnarsson (४ जुन २०१८), "There Be Ice Dragons Here", The Players' Tribune, अन्तिम पहुँच १४ अगस्ट २०१८ 
  5. "Coventry set to sign Gunnarsson", BBC Sport, १७ जुन २००८, अन्तिम पहुँच १७ जुन २००८ 
  6. "Coventry City 2 – 0 Norwich City", Coventry City F.C, ९ अगस्ट २००८, मूलबाट ७ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २००८ 
  7. "Blackburn 2–2 Coventry", BBC Sport, १४ फेब्रुअरी २००९, अन्तिम पहुँच १४ फेब्रुअरी २००९ 
  8. "Hall is offered new Coventry deal", BBC Sport, १२ मार्च २००९, अन्तिम पहुँच १२ मार्च २००९ 
  9. "Crystal Palace 1–1 Coventry", BBC Sport, ७ अप्रिल २००९, अन्तिम पहुँच ७ अप्रिल २००९ 
  10. "Gunnarsson wins Sky Blues award", BBC Sport, ५ मे २००९, अन्तिम पहुँच ५ मे २००९ 
  11. "News: Squad numbers announced", Coventry City F.C, २१ जुलाई २००९, मूलबाट १४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१३ 
  12. "Middlesbrough 1 – 1 Coventry", BBC Sport, २४ अप्रिल २०१०, अन्तिम पहुँच २४ अप्रिल २०१० 
  13. "Millwall 3 – 1 Coventry", BBC Sport, २८ अगस्ट २०१०, अन्तिम पहुँच २८ अगस्ट २००८ 
  14. "Coventry 1 – 2 Preston", BBC Sport, २५ सेप्टेम्बर २०१०, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१० 
  15. "Coventry 2 – 1 Doncaster", BBC Sport, २८ सेप्टेम्बर २०१०, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१० 
  16. "Aron Gunnarsson keen to sign new deal at Coventry City", BBC Sport, १० डिसेम्बर २०१०, अन्तिम पहुँच १० डिसेम्बर २०१० 
  17. "Coventry 1 – 2 Norwich", BBC Sport, १८ डिसेम्बर २०१०, अन्तिम पहुँच १८ डिसेम्बर २०१० 
  18. "Westwood, King & Gunnarsson get Coventry City deadline", BBC Sport, १२ मे २०११, अन्तिम पहुँच १२ मे २०११ 
  19. Phillips, Terry (५ जुलाई २०११), "Cardiff City 'among favourites' to sign Iceland star Aron Gunnarsson from Coventry City", South Wales Echo, अन्तिम पहुँच ५ जुलाई २०११ 
  20. "Aron Gunnarsson joins Cardiff City on free transfer", BBC Sport, ८ जुलाई २०११, अन्तिम पहुँच ४ जुलाई २०१६ 
  21. "West Ham 0 – 1 Cardiff", BBC Sport, ७ अगस्ट २०११, अन्तिम पहुँच ७ अगस्ट २०११ 
  22. "Cardiff City midfielder Aron Gunnarsson sidelined for a week", BBC Sport, १६ अगस्ट २०११, अन्तिम पहुँच १६ अगस्ट २०११ 
  23. Tucker, Steve (९ सेप्टेम्बर २०११), "Aron Gunnarsson ready to put injury woes behind him at Cardiff City", South Wales Echo, अन्तिम पहुँच ९ सेप्टेम्बर २०११ 
  24. "Gunnar: The win was the important thing", Cardiff City F.C, २२ अक्टोबर २०११, मूलबाट ११ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१३ 
  25. "Cardiff City 2–2 Liverpool: Liverpool win 3–2 on pens", BBC Sport, २६ फेब्रुअरी २०१२, अन्तिम पहुँच ३१ मे २०१३ 
  26. "Cardiff 3 Man City 2", BBC Sport, २५ अगस्ट २०१३, अन्तिम पहुँच २९ अगस्ट २०१३ 
  27. "Gunnarsson signs extension", BBC Sport, २ जुन २०१५। 
  28. "Aron Gunnarsson: Cardiff boss Neil Warnock hopeful of midfielder's fitness", BBC Sport, १२ अक्टोबर २०१७, अन्तिम पहुँच १२ अक्टोबर २०१७ 
  29. "Aron Gunnarsson: Iceland midfielder to leave Cardiff City after rejecting deal", BBC Sport, ३० नोभेम्बर २०१७, अन्तिम पहुँच ३० नोभेम्बर २०१७ 
  30. "Confirmed: Aron Gunnarsson signs new City deal", Cardiff City Official Site, ९ जुलाई २०१८, अन्तिम पहुँच ९ जुलाई २०१८ 
  31. "Aron Gunnarsson: Cardiff City midfielder signs new contract", BBC Sport, ९ जुलाई २०१८। 
  32. Smith, Phil (१८ अगस्ट २०१६), "Cardiff City insist Aron Gunnarsson is 'very important player to us' amid Derby County and Norwich City links", Wales Online, अन्तिम पहुँच १८ अगस्ट २०१६ 
  33. "Aron Gunnarsson: Cardiff City midfielder set to leave at end of season", BBC Sport, १९ मार्च २०१९। 
  34. "Aron Einar Gunnarsson" (आइसल्यान्डेलीमा), KSÍ, मूलबाट १७ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१३ 
  35. "Belarus get the better of Iceland", UEFA, ११ जुन २०११, मूलबाट १२ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०११ 
  36. "Aron Einar skipaður fyrirliði" (आइसल्यान्डेलीमा), Morgunblaðið, १४ अगस्ट २०१२, अन्तिम पहुँच ७ फेब्रुअरी २०१३ 
  37. "World Cup Playoff in Iceland Poses Problems", Iceland Review, १७ अक्टोबर २०१३। 
  38. "Croatia 2–0 Iceland", BBC, १९ नोभेम्बर २०१५। 
  39. "Iceland down Latvia to maintain winning run", UEFA, १० अक्टोबर २०१४। 
  40. "Iceland 2–1 Czech Rep.", BBC, १२ जुन २०१५। 
  41. Stefánsson, Stefán (६ सेप्टेम्बर २०१५), "Draw sends Iceland through to UEFA EURO 2016", BBC Sport, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१५ 
  42. Wright, Chris (२१ जुन २०१६), "Iceland's Aron Gunnarsson finally gets his hands on a Cristiano Ronaldo shirt", BBC Sport, अन्तिम पहुँच ३ जुलाई २०१६ 
  43. "England 1 Iceland 2: Fairytale continues as Hodgson's men crash out", FourFourTwo, २७ जुन २०१६, अन्तिम पहुँच २८ जुन २०१६ 
  44. uefa.com, "UEFA EURO 2016 - History - Iceland – UEFA.com", UEFA.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ जुन २०१८ 
  45. "Injured Gylfi Sigurdsson in Iceland's World Cup squad - Goal.com", www.goal.com 
  46. "Aron Einar Gunnarsson", KSÍ, मूलबाट १२ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०१२ 
  47. "Þór Akureyri League Cup Squad 2005", KSÍ, मूलबाट २१ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२१ मिति
  48. "Þór Akureyri League Cup Squad 2006", KSÍ, मूलबाट २१ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२१ मिति
  49. "Profile" (डचमा), Voetbal International। 
  50. एरन गनरसन सकरबेसमा
  51. "Gunnarsson, Aron Einar", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १७ जनवरी २०१३ 
  52. Latvia vs. Iceland ० – ३ at Soccerway.com
  53. Iceland vs. Czech Republic २ – १ at Soccerway.com

बाह्य कडीहरू सम्पादन गर्नुहोस्