उपरदांग गढी

ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडा महाराज पृथ्वी नारायण शाह का कान्छा छोरा राजकुमार बहादुर शाहका छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै एकीकरण हुदै गरेको नेपालको अङ्ग्रेज सँग हुनसक्ने संभावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र ब्यापारीक केन्द्र बनेको उपरदांगगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो। पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा २०१८ सालदेखि २०२४ साल सम्ममा यहाँ बाट सदरमुकाम भरतपुर सारिएको थियो।