इस्लाम धर्म

(इस्लाम बाट पठाईएको)

इस्लाम धर्म (الإسلام) अनुयायीको संख्याको आधारमा ईसाई धर्म पश्चात् विश्वको दोस्रो सबैभन्दा ठूलो धर्म हो । इस्लाम शब्द अरबी भाषाको शब्द हो । यसको मूल शब्द सलम हो र यसका दुईवटा परिभाषा छन् ।

(१) शान्ति

(२) आत्मसमर्पण।[१]

एक इश्वरवाद अर्थात एक अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पूरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको नेपाली मा अर्थ बारम्बार पढिने पुस्तक हुन्छ । यसको अनुयायिहरू लाई अरबीमा मुस्लिम भनिन्छ, जसको बहुवचन मुसलमान हुन्छ ।


ईस्लाम को परिचयसम्पादन

इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अन्तिम रसूलनबी, मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम द्वारा मनुष्य सम्म पुर्याइएको अन्तिम ईश्वरीय पुस्तक कुरआनको शिक्षामा आधारित छ । अर्थात पृथ्वीको प्रारम्भ देखि इस्लाम यस धर्तीमा रहेको मानिन्छ यस धर्तीमा सबैभन्दा पहिलो व्यक्ति जसले यहाँ पाइला टेकेका थिए उनी आदम अलैहिस्सलाम रहेका थिए उनको धर्म पनि इस्लाम रहेको थियो अर्थात् उनी पनि मुस्लिम नै थिए । तर मुहम्मद सल्लालल्लाहु अलैहि वसल्लम धर्तीका अन्तिम सन्देष्टा मानिन्छन्, उनी पश्चात अब कुनै सन्देष्टा आउनेवाला छैनन् (कुरआन ३३:४०) अब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात् मुसलमानहरूलाई कुरआनको शिक्षा र उनले (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले) दिएका शिक्षा हदीसको रूपमा आधारित रहेर आफ्नो जीवन व्यतीत गर्न अनिवार्य मानिन्छ । कुरआन अरबी भाषामा अवतरित भएको हो र यसै भाषा मा विश्वको कुल जनसङ्ख्याको २४% भाग्, यानी लगभग १.६ देखि १.८ अरब मानव, द्वारा पढिन्छ र पढाइन्छ । जस मध्ये (स्रोत अनुसार) लगभग २० देखि ३० करोड मानिसको यो मातृभाषा हो ।

सत्य इश्वर अल्लाहले  आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ ।

१ इस्लाम को अर्थ के हो ? इस्लाम को अर्थ हो शान्ती, आत्म समर्पण। इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् । इस्लाम कुनै ब्यक्ति, समुदाय , वा स्थानसँग जोडिएको धर्म होइन । इस्लाम कुनै वेयक्ती विशेष , समुदाय, जाती वा समय सापेक्ष धर्म पनि होइन । इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फबाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो । २ इस्लाम को सन्देश के हो ? इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जसले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरूको सृष्टि गरे छ किनकि तिमीहरु नरकबाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाशबाट पानी बर्साए अनि त्यसबाट तिमिहरु को भरण पोषणका लागि फलफूलहरू उत्पन्न गरे । अतः जानी जानी कसै लाई अल्लाह सङ साझेदार नबनाउ ।

      (सुरह अल बक्रह :२१-२२)

फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ मैले जिन्न तथा मानव लाई मात्र आफ्नो उपास्ना को निम्ति सृष्टि गरेको हुँ ।म तिनी हरूबाट कुनै जिविका चाहदिन ,न तिनीहरु ले मलाई खुवाउन भन्ने चाहन्छु । (सुरह अज-जारियात ५६-५७) ३ मानव बारे इस्लाम के सन्देश दिन्छ ? इस्लाम मानव एक्ता को सन्देश दिन्छ ,र समस्त मानव को स्रोत एउटै बताउँछ । हे मानवहरु हो ! आफ्ना पालन्कर्तासँग डराउ जसले तिमिहरुलाइ एउटै ज्यानबाट सृष्टि गरे र त्यसै ज्यानबाट उस्को जोडि बनाए अनि ती पुरुष तथा महिलाबाट धैरे पुरुष तथा महिलाहरू बिस्तार गरे । (सुरह अन निसा :१)

इस्लाम धर्म का प्रमुख आस्थाहरु यी हुन्:

१- ईश्वर को एकता मुसलमानहरूमात्र एक ईश्वर (अल्लाह्) (फारसी: खुदा) प्रती बिस्वास राख्छन्। एकेश्वरवाद लाई अरबी मा तौहीद भनिन्छ, जो शब्द वाहिद देखि आउछ जसको अर्थ हो एक। इस्लाम मा अल्लाह्लाई मानव की समझ देखि परे मानिन्छ।मुसलमानहरूलाई इश्वर को कल्पना गर्नु भन्दा उसको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमान अनुसार ईश्वर अद्वितीय छ - उ जस्तो अरु कोही छैन। इस्लाम मा ईश्वर को एक विलक्षण अवधारणा पर्ती बल दिइएको छ र यो पनि मानिन्छ कि उसको सम्पूर्ण विवरण गर्नु मनुष्य देखि परे छ। भन: अल्लाह एक र अनुपम। न उ कसैको सन्तान न उस्को कोही सन्तान अल्लाह सनातन, सदा देखि सदा सम्मा रह्ने वला हो। (कुरआन, सूरत ११२, आयत १ - ४)}}

२- नबी (दूत) र रसूल

इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। यिनीहरूलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरूलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरूलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जसको वर्णन कुरान मा छैन। सम्पुर्णमुसलमानहरूईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन रमुसलमानहरूमुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।

३-धार्मिक पुस्तकहरु

मुसलमाहरु को लागि अल्लाह द्वारा रसूलहरु लाई प्रदान गरिएको सबै धार्मिक पुस्तकहरू वैध हुन्। मुसलिम अनुसार कुरान ईश्वर द्वारा मनुष्य लाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो जो कि अन्तिम नबी मुहम्मद सल्लल्लाहो अलईहिस्सलाम लाई प्रदान गरिएको थियो। कुरान मा चार अरु पुस्तकहरू को चर्चा छ:

  1. सुहूफ ए इब्राहीमी जो कि इब्राहीम अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो। जो को अज लुप्त छ।
  2. तौरात (तोराह) जो कि मूसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
  3. जबूर जो कि दाउद अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
  4. इंजील (बाइबल) जो कि ईसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।मुसलमानहरूयो मानछन कि ईसाइहरु र यहूदिहरु ले आफ्नो किताब को सन्देश्मा फेर बदल गरिदिएक छन्। उनिहरु इ चार बाहेक अन्य धार्मिक पुसतक को ईश्वरीय हुनु सम्भावना अस्विकार गर्दैनन्।

४-देवदूतहरु

मुसलमानदेवदूतहरू(अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्। उनिहरूको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखि हरेक दृष्टि ले भिन्न छन्। तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।

  • जिब्राईल जो नबी र रसूल हरूलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
  • इज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
  • मीकाईल जो ईश्वर को समादेश अनुसार पानी वर्षऔने गर्छन्।
  • इस्राफील जो ईश्वर को समादेश अनुसार प्रलय को दिनको आरम्भ कोलागी एक आवाज दिनेछन्।

५-प्रलय (कयामत)

मध्य एसिया का अन्य धर्महरु(ईसाई र यहूदी) समान इस्लाम मा पनि ब्रमाण्ड को अन्त प्रलय को दिन द्वारा हुनेछ भन्ने मनिन्छ। यसको अर्थ हो ईश्वर ले एक दिन संसार लाई समाप्त गर्ने छ। यो दिन कहिले काइम हुनेछ इसको सही जानकारी केवल ईश्वरलाई नै छ। इस्लाम अनुसार सम्पुर्ण मृत मानिसहरू को तेसदिन पुनर्जीवित गरिनेछन र अल्लाह को आदेश अनुसार आफ्नो जीवन व्यतीत गर्ने वालाहरू लाई स्वर्ग पठाइने छ र उसको आदेश न मन्ने वालाहरु लाई नर्क मा हलिने छ।

६-भाग्य मुसलमानहरूभाग्य प्रतीविश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै पनि घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागि स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।

मुसलमानहरु को कर्तव्य र शरीयतसम्पादन

इस्लाम का ५ स्तम्भहरु

१-साक्षी हुनु (शहादाह)- यसको शाब्दिक अर्थ हुन्छ गवाही दिनु। इस्लाम मा यसको अर्थ यस् घोषणा देखि छ। अरबी:لا اله الا الله محمد رسول الله उच्चारण्:लाईलाह् इल्लल्लाह् मुहम्मदुर्‍रसुलुल्लाह्। नेपालि: अल्लाह् बाहेक् अरु कोहि पुज्य छैन र मुहम्मद अल्लाह का रसूल हुन्। यो घोषणा ले हरेक् मुसलमान ईश्वर को एकेश्वरवादिता र मुहम्मद को रसूल हुनु को आफ्नो विश्वास को गवाही दिन्छ। यो इस्लाम को सबैभन्दा प्रमुख सिद्धान्त हो। प्रतेक् मुसलमान को लागि अनिवार्य छ कि उ यसलाई स्वीकारोस्। एक गैर-मुस्लिम लाई धर्म-परिवर्तन गरी इस्लाम स्वीकार गर्न को लागि एक इस्लामी धार्मिक न्यायाधीश सम्मुख यसलाई स्वीकार गर्नु पर्याप्त हुन्छ।

२-प्रार्थना (सलात)-यस्लाई फारसी मा नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढीन्छ। इस्लाम अनुसार नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यसलाई छोड्न सकिदैन।

३-दान (जकात)- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरूलाई दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।

४-व्रत (सौम)- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षममुसलमानहरूको लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाई रोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाई टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाई आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोजा राख्न को कय्एउँ उद्देश्यहरू छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखाहरू को समस्या र परेशानि को ज्ञान होस्।

 
काबा

५-तीर्थ यात्रा (हज)- हज तेस् धार्मिक तीर्थ यात्रा को नाम हो जो इस्लामी कैलेण्डर को १२ओँ महीनामा मक्का (साउदि अरेबिया)मा गएर गरिन्छ। हरेक् समर्पित मुसलमान (जो हज को खर्च‍ उठाउन सकोस् र विवश न होस्) को लागि जीवन भर् मा एक पटक् गर्नु अनिवार्य छ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन

  1. Entry for šlm, p. 2067, Appendix B: Semitic Roots, The American Heritage Dictionary of the English Language, 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.