२०१३ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०१३ सन् २०१३को अप्रिल २८ तारिखदेखि मे ५ सम्म आयोजना गरिएको क्रिकेट प्रतियोगिता हो । आइसिसी वर्ल्ड क्रिकेट लिगको एक भागको रूपमा आयोजना भएको उक्त प्रतियोगिता सन् २०१५ को वर्ल्डकप क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम छनौट गर्नको लागि खेलाईएको हो ।

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०१३
नेपाली कप्तान पारस खड्का
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)
क्रिकेटको प्रकार५० ओभर
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन
आयोजक(हरू)बर्मुडा बर्मुडा
विजेतानेपाल नेपाल
सहभागीहरू
खेल संख्या१८
म्यान अफ द सिरिजयुगान्डाडेभिस अरिनैत्वे
अधिक रनसंयुक्त राज्य अमेरिकास्टिभन टायलर(२७४)
अधिक विकेटओमानमुनिस अन्सारी(१६)
आधिकारिक वेबसाइटICC World Cricket League

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११, आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०११ र आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर २०१२को नतिजा अनुसार यस प्रतियोगितामा सहभागी टिमको छनौट गरिएको हो ।

यस प्रतियोगिताका लागि छनौट भएका टिमहरू:

खेलाडीहरू सम्पादन गर्नुहोस्

  बर्मुडा   इटाली   नेपाल   ओमान   युगान्डा   संयुक्त राज्य अमेरिका

नेपाल–अमेरिका सम्पादन गर्नुहोस्

 
बर्मुडामा नेपाली क्रिकेट प्रशंसकहरू

टस जितेर नेपालले ब्याटिङको निम्तो दिएपछि अमेरिका मैदानमा उत्रियो । पहिलो ओभर देखीनै नेपालका बलरहरूलाई चुटन थालेको अमेरिका अन्तिम समयसम्म पनि रोकिएन । अमेरिकाका स्टेभन टेलरको ब्याट नरोकिदा नेपालले ३ सय ६७ रनको विशाल लक्ष्य पायो । १ सय २ बलको सामना गरेका टेलरले १ सय ६२ रनको उनको जीवनकै उत्कृष्ट इनिङ खेले । उनको स्कोरमा १२ चौका र त्यतीनै छक्का सामेल थियो । टेलरले बनाएको यो स्कोर कुनैपनि खेलाडीले नेपालविरुद्ध बनाएको सर्बाधिक स्कोर हो । ३४ ओभर २ बलमा संजम रेग्मिको बलमा बसन्त रेग्मिको हातबाट क्याच आउट हुनु अघि टेलरले टिमको स्कोर कोर्डमा २ सय ३४ रन पुर्याइ सकेका थिए । नेपालका कुनै पनि बलरले किफायती बल फोलनन । ९ ओभर बल फालेका स्पिनर शक्ति गौचनले एक विकेट लिदै ८० रन खर्चिए भने कप्तान पारस खड्काले विना विकेट १० ओभरमा ७० रन दिए । अमेरिकाले नेपालको खराब फिल्डिङको पनि भरपुर फाइदा उठायो । त्यस्तै अर्लान्डो बाकरले बसन्त रेग्मिको बलमा बोल्ड हुनु अघि ३७ रन जोडे भने एलेन ६७ रनमा अन्तिम समय सम्म क्रिजमा रहे । २८ रनको व्यक्तिगत स्कोरमा सुशील नाडकर्नीलाई संजमले एलबिडब्लुको धरापमा पारे ।

३ सय ६७ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल एक बल बांकी रहदा २ सय ७२ रनमासिमित भयो । कप्तान पारस र शरद भेष्वाकरले क्रमश ७३ र ७२ रन बनाउदै नेपाललाई उकासने कोसिस गरेपनि सफल हुन सकेनन । पारसलाई बार्टलेको बलमा टेलरले क्याच आउट गरेकमा थिए भने भेष्वाकर मोहम्मद घोषको बलमा बोल्ड भए । ओपनर ब्याट्सम्यानद्वय सुबास खकुरेल २३ रनमा क्याच आउट हुदै पेभेलियन फकिर्दँ अनिल मण्डलले खातानै खोलेनन । ज्ञानेन्द्र मल्ल ९, प्रदिप ऐरी १४, बिनोद भण्डारी ४,बसन्त ७ र संजम १४ रनमा मैदान बाहिरए । शक्तिले भने केही समय धैर्यता देखाउदै ३९ रन नेपालका् खातामा थपे । खेलको म्यान अफ द म्याच शतक हार गरेका टेलर घोषित भए । [१]

नेपाल-युगान्डा सम्पादन गर्नुहोस्

दोस्रो खेलको नजिता नेपालले नयाँ प्रतिद्वन्द्वी युगान्डालाई सुम्पियो । नेपाल ६ विकेटले पराजित भयो । अमेरिकासँगको खेलपछि प्रशिक्षक पुवुदु दासानायकेले टिममा दुई परिवर्तन गरेका थिए । तर त्यसले पनि कुनै प्रभाव देखिएन । अनील मण्डलको स्थानमा पृथु बास्कोटा र सञ्जम रेग्मीको ठाउँमा चन्द्र साउदलाई ल्याए । सातौँ ओभरदेखि नेपालको विकेट पतन सुरु भएको थियो । ओपनर सुवास खकुरेल पाँच रनमा आउट भए । त्यसपछि एक रन पनि बटुल्न नपाउँदै अर्को ओभरमा अनील मण्डलको स्थान लिएका प्रदीप ऐरी २४ रनमा क्याच आउट भए । त्यसपछि कप्तान पारस खड्का पनि दोहोरो अंक छुन नपाउँदै प|mान्क सुबुगाको बलमा बोल्ड भए । पारसले ६ रन जोडेका थिए । लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको नेपालले ४७ रन हुँदा चौथो विकेट गुमायो । उपकप्तान ज्ञानेन्द्र मल्ल एकपटक जम्न सकेनन् । उनले १० रन जोडे । विनोद भण्डारीले १८ रन जोडे । अमेरिकाविरुद्ध ७२ रन जोडेका शरद भेषावकर शून्यमै आउट भए । वसन्त रेग्मीले ४, पृथु बास्कोटाले १८ र चन्द्र साउदले ३ रन बनाए । केही सम्हालिएर ब्याटिङ गरेका शक्ति गौचनले ८३ बलमा २१ रन बनाए । नेपाललाई कम रन समेट्ने क्रममा युगान्डाका डेभिस अरिनेटी र फ्रान्क सुबुगाले समान ३-३ विकेट लिए ।

एक सय १७ रनको लक्ष्य युगान्डाले २७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । उसले १ सय १७ रन बनायो । युगान्डाका रोजेर मुकासाले अविजित ४९ रन बनाए । ७५ बल खेल्ने क्रममा उनले पाँच चौका प्रहार गरेका थिए । सानो लक्ष्य रोक्ने क्रममा रहेको नेपाली बलरले कुनै कमाल देखाउन सकेनन् । ६ ओभर भित्र नेपालले युगान्डाको दुई विकेट लिएको थियो । चन्द्र साउदले युगाण्डाका ओपनर बरिनलाई व्यक्तिगत दुई रनमा आउट गरे । अर्का ओपनर अरथर क्योबलाई अमृत भट्टराईले आउट पारे । तर मुकासा र मुसोकेले अर्धशतकीय साझेदारी गर्दै युगान्डाको जितको आधार बन्यो । मुसोकेले २२ रन जोडे ।[२]

नेपाल–ओमान सम्पादन गर्नुहोस्

नेशनल स्टेडियममा १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा समेटिएपछि नेपालले २८ रनको जित हात पारेको हो । ओमानका लागि सर्बाधिक २७ रन बैभवले प्रहार गरेका थिए । नेपालका बलरहरूले किफायती बलिङ गरेपछि ओमानका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन । नेपालका स्पिनरद्वय संजम र बसन्त रेग्मिले दुई–दुई तथा पारस खड्का, पृथु बास्कोटा र शक्ति गौचनले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाले निर्धािरत ओभरमा ९ विकेट गुमाउदै १ सय ६० रनको योगफल तयार पारेको थियो । ओपनरद्वय सुबास खकुरेल र अनिल मण्डल ओमान बिरुद्व पनि फ्लप भएपछि नेपाल सुरुवातमै दबाबमा आएको थियो । सुबास १ र अनिल ७ रनमा क्रमश एलबि डब्लु र क्याच आउट हुदै पेभेलियन फर्किएका थिए । तर मध्यमक्रमका ब्याट्सम्यानले सम्हालिएको ब्याटिङ गर्दै नेपालको इनिङ धरासायी हुनबाट बचाए । नेपालका लागि म्यान अफ द म्याच ज्ञानेन्द्र मल्ले ३४, बिनोद भण्डारीले ३२, पारसले २८ र शरद भेष्वाकरले २७ रन जोडेका थिए । बलिङतर्फ ओमानका मुनिस अन्सारीले ३ तथा अजय लालचेताले २ विकेट लिए । [१] पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रन बनायो । १ रन जोड्दा ओपनर सुवास खकुरेललाई गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन जोड्दा विनोद भण्डारीले ३२, कप्तान पारस खड्काले २८ र सदर भसवाकरले २७ रनको योगदान दिए । जवाफमा मैदान उत्रिएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा संजम रेग्मी र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने शक्ति गौचन, पृथु बास्कोटा र पारस खड्काले १ विकेट लिए । [३]

अङ्क तालिका सम्पादन गर्नुहोस्

टिम P W L T NR Points N/RR
  युगान्डा 5 4 1 0 0 8 +1.091
  नेपाल 5 3 2 0 0 6 +0.715
  संयुक्त राज्य अमेरिका 5 3 2 0 0 6 +0.456
  बर्मुडा 5 3 2 0 0 6 -0.683
  ओमान 5 2 3 0 0 4 +0.048
  इटाली 5 0 5 0 0 0 -1.675

     क्रिकेट वर्ल्डकप क्वालिफायर २०१४ र फाइनल म्याच खेल्न पाउने
     डिभिजन थ्री २०१५ र तेस्रो स्थानका लागि प्ले अफ म्याच खेल्न पाउने
     डिभिजन फोर २०१४ र पाँचौं स्थानका लागि प्ले अफ म्याच खेल्न पाउने

खेलहरू सम्पादन गर्नुहोस्

२८ अप्रिल
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
३६६/६ (५०.० ओभर)
v   नेपाल
२७२ (४९.५ ओभर)
अमेरिका ९४ रनले विजयी
समरसेट
अम्पायरहरू: स्टिभन डग्लस (बर्मुडा) र विश्वनन्दन कालिदास (माल्दिभ्स)
प्लेयर अफ दि म्याच: स्टिभन टायलर (अमेरिका)
स्टिभन टायलर १६२ (१०२)
बसन्त रेग्मी २/४६ (१० ओभर)
पारस खड्का ७३ (६४)
निल म्याकग्यारेल ३/४२ (९.५ ओभर)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो

२८ अप्रिल
स्कोरकार्ड
युगान्डा  
२२२/७ (५०.० ओभर)
v   बर्मुडा
१०८ (४३.३ ओभर)
युगान्डा ११४ रनले विजयी
नेसनल स्टेडियम, ह्यामिल्टन
अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र कर्ट्नी यङ्ग (Cay)
प्लेयर अफ दि म्याच: आर्थर कियोब (युगान्डा)
आर्थर कियोब ५३ (११२)
रड्नी ट्रट २/३४ (१० ओभर)
कर्ट स्टभेल १९ (४५)
हेनरी सेनियोन्दो ४/२३ (८.३ ओभर )
  • युगान्डाले टस जितेर ब्याटिङ रोज्यो

२८ अप्रिल
स्कोरकार्ड
इटाली  
११० (३८.२ ओभर)
v   ओमान
११२/३ (२९.१ ओभर)
ओमान ७ विकेटले विजयी
सेन्ट जर्जस
अम्पायरहरू: रिचार्ड इलिङ्वर्थ (बेलायत) र सिल्भन टायलर (अमेरिका)
प्लेयर अफ दि म्याच: अमिर कलिम (ओमान)
पिटर पेट्रिकोला २१ (२६)
अमिर कलिम ४/१५ (८ ओभर)
वैभव वटेगावँकर ३१* (६१)
डामियन क्रली १/११ (५ ओभर)
  • इटालीले टस जितेर ब्याटिङ रोज्यो

२९ अप्रिल
स्कोरकार्ड
नेपाल  
११६ (४४.२ ओभर)
v   युगान्डा
११७/४ (२७ ओभर)
युगान्डा ६ विकेटले विजयी
समरसेट
अम्पायरहरू: रोजर डिल (बर्मुडा) र कर्ट्नी यङ्ग (Cay)
प्लेयर अफ दि म्याच: डेभिस अरिनैत्वे (युगान्डा)
प्रदीप ऐरी २४ (२९)
डेभिस अरिनैत्वे ३/१२ (९.२ ओभर)
रोजर मुकासा ४९ (७४)
बसन्त रेग्मी २/३३ (९ ओभर)
  • नेपालले टस जितेर ब्याटिङ रोज्यो

२९ अप्रिल
स्कोरकार्ड
बर्मुडा  
१९४ (४४.१ ओभर)
v   ओमान
१६० (४१.५ ओभर)
बर्मुडा ३४ रनले विजयी
ह्यामिल्टन
अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र सिल्भन टायलर (अमेरिका)
ट्रिडवेल गिब्बन्स् ३३ (४५)
आमेर अली ३/३४ (१० ओभर)
आमेर अली ५८ (८०)
मलची जोनेस ३/२९ (१० ओभर)
  • ओमानले टस जितेर फिल्डिङ रोज्यो

२९ अप्रिल
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
२५४/८ (५० ओभर)
v   इटाली
१८० (४५.३ ओभर)
अमेरिका ७४ रनले विजयी
सेन्ट जर्जस्
अम्पायरहरू: स्टिभन डग्लस (बर्मुडा) र रिचार्ड इलिङ्वर्थ (बेलायत)
प्लेयर अफ दि म्याच: टिम्रोय एलेन (अमेरिका)
सुशील नाडकर्नी ७३ (१२१)
डिलान फर्नान्डो ३/५४ (८ ओभर)
कार्ल स्यान्ड्री ४१ (४९)
निल म्याकग्यारेल ४/४४ (९.३ ओभर)
  • अमेरिकाले टस जितेर ब्याटिङ रोज्यो

१ मे
स्कोरकार्ड
बर्मुडा  
१०६ (३८.२ ओभर)
v   नेपाल
१०७/२ (११.२ ओभर)
नेपाल ८ विकेटले विजयी
ह्यामिल्टन
अम्पायरहरू: रिचार्ड इलिङ्वर्थ (बेलायत) र विश्वनन्दन कालिदास (माल्दिभ्स)
प्लेयर अफ दि म्याच: पारस खड्का (नेपाल)
स्टेभेन आउटरब्रिज २९ (७७)
पारस खड्का ४/३१ (१० ओभर)
पारस खड्का ४६* (२७)
रोड्नी ट्रट २/२८ (३ ओभर)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो

१ मे
स्कोरकार्ड
युगान्डा  
११४/९ (५० ओभर)
v   इटाली
९१ (३५.३ ओभर)
युगान्डा २३ रनले विजयी
सेन्ट जर्जस्
अम्पायरहरू: स्टिभन डग्लस (बर्मुडा) र कर्ट्नी यङ्ग (Cay)
प्लेयर अफ दि म्याच: डेभिस अरिनैत्वे (युगान्डा)
रिचार्ड ओकिया १५* (४९)
कार्ल स्यान्ड्री ४/२६ (१० ओभर)
एन्डी नर्थकट २८ (७२)
डेभिस अरिनैत्वे ४/२० (१० ओभर)
  • इटालीले टस जितेर फिल्डिङ रोज्यो

१ मे
स्कोरकार्ड
ओमान  
१७५ (४९.४ ओभर)
v   संयुक्त राज्य अमेरिका
१७६/८ (३९.१ ओभर)
अमेरिका २ विकेटले विजयी
समरसेट
अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र रोजर डिल (बर्मुडा)
मुनिस अन्सारी २६* (२२)
निल म्याकग्यारेल ३/३० (१० ओभर)
रसार्ड मार्सल ७२* (८३)
आमिर कलिम ३/३४ (१० ओभर)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

२ मे
स्कोरकार्ड
नेपाल  
१६०/९ (५० ओभर)
v   ओमान
१३२ (४६.४ ओभर)
नेपाल २८ रनले विजयी
सेन्ट जर्जस्
अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र रोजर डिल (बर्मुडा)
विनोद भण्डारी ३५ (५०)
मुनिस अन्सारी ३/२७ (१० ओभर)
वैभव वटेगावँकर २७ (६८)
बसन्त रेग्मी २/१८ (९ ओभर)
  • ओमानले टस जितेर फिल्डिङ रोज्यो

२ मे
स्कोरकार्ड
बर्मुडा  
२८४ (५० ओभर)
v   इटाली
२२४ (४४ ओभर)
बर्मुडा ६० रनले विजयी
ह्यामिल्टन
अम्पायरहरू: विश्वनन्दन कालिदास (माल्दिभ्स) र सिल्भन टायलर (अमेरिका)
लियोनेल कान ११३ (४८)
डिलान फर्नान्डो ३/४२ (७ ओभर)
कार्ल स्यान्ड्री ६६ (३४)
मलाची जोन्स ३/५१ (९ ओभर)
  • बर्मुडाले टस जितेर ब्याटिङ रोज्यो

२ मे
स्कोरकार्ड
युगान्डा  
175 (49.5 ओभर)
v   संयुक्त राज्य अमेरिका
93 (39.1 ओभर)
युगान्डा ८२ रनले विजयी
समरसेट
अम्पायरहरू: रोजर डिल (बर्मुडा) र रिचार्ड इलिङ्वर्थ (बेलायत)
प्लेयर अफ दि म्याच: लरेन्स सेमातिम्बा (युगान्डा)
लरेन्स सेमातिम्बा ४४ (९१)
टिम्रोय एलेन २/३७ (७ ओभर)
स्टिभ मसिहा २४ (४६)
रोजर मुकासा ३/२९ (१० ओभर)
  • युगान्डाले टस जितेर ब्याटिङ रोज्यो

४ मे
स्कोरकार्ड
नेपाल  
१२९/२ (१४.५ ओभर)
v   इटाली
१२७/९ (५०.० ओभर)
नेपाल ८ विकेटले विजयी
सेन्ट जर्जस्
अम्पायरहरू: कर्ट्नी यङ्ग (Cay) र सिल्भन टायलर (अमेरिका)
सुबास खकुरेल ४७ (३५)
फिदा हुसेन १/१३ (०.५ ओभर)
कार्ल स्यान्ड्री ३९ (६५)
राहुल विश्वकर्मा ३/२८ (१० ओभर)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो

४ मे
स्कोरकार्ड
बर्मुडा  
२२१/५ (४४.४ ओभर)
v   संयुक्त राज्य अमेरिका
२२०/९ (५०.० ओभर)
बर्मुडा ५ विकिटले विजयी
ह्यामिल्टन
अम्पायरहरू: रिचार्ड इलिङ्वर्थ (बेलायत) र निल्स बाघ (डेन्मार्क)
डग्लस ८९ (७५)
मलाची जोन्स ३/४८ (१०.० ओभर)
अकिम डड्सन ५० (९३)
  • अमेरिकाले टस जितेर ब्याटिङ रोज्यो

४ मे
स्कोरकार्ड
ओमान  
१६४/३ (३९.० ओभर)
v   युगान्डा
१६३/९ (५०.० ओभर)
ओमान ७ विकेटले विजयी
समरसेट
अम्पायरहरू: रोजर डिल (बर्मुडा) र विश्वनन्दन कालिदास (माल्दिभ्स)
जिसान सिद्दिकी ६९ (१२०)
मुनिस अन्सारी २/१४ (१० ओभर)
आर्थर कियोब ४२ (५६)
फ्रान्क न्सुबुगा १/२२ (९.० ओभर)
  • युगान्डाले टस जितेर ब्याटिङ रोज्यो

प्लेअफ सम्पादन गर्नुहोस्


पाँचौं स्थानका लागि प्लेअफ सम्पादन गर्नुहोस्


५ मे
स्कोरकार्ड
ओमान  
208/5 (44.5 overs)
v   इटाली
207 (48.4 overs)
Oman won by 5 wickets
Somerset
अम्पायरहरू: Roger Dill (Ber) and Silvan Taylor (USA)
Zeeshan Siddiqui 64 (68)
Munis Ansari 4/72 (9.4 Overs)
Alessandro Bonora 42 (87)
Damian Crowley 2/39 (10.0 Overs)
  • Italy won the toss and elected to bat.

तेस्रो स्थानका लागि प्लेअफ सम्पादन गर्नुहोस्


5 May
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
271/7 (50.0 overs)
v   बर्मुडा
241 (48.4 overs)
United States won by 30 runs
St. George's
अम्पायरहरू: Richard Illingworth (Eng) and Courtney Young (Cay)
Steven Taylor 97 (95)
Muhammad Ghous 4/43 (10.0 overs)
David Hemp 45 (60)
Curt Stovell 4/38 (9.0 overs)
  • United States won the toss and elected to bat.

फाइनल सम्पादन गर्नुहोस्


5 May
स्कोरकार्ड
युगान्डा  
151/8 (50.0 overs)
v   नेपाल
153/5 (39.2 overs)
Nepal won by 5 wickets
National Stadium, Hamilton
अम्पायरहरू: Steven Douglas (Ber) and Viswanadan Kalidas (Mal)
प्लेयर अफ दि म्याच: Pradeep Airee (Nep)
Deusdedit Muhumuza 28 (70)
Basanta Regmi 2/24 (10 0vers)
Pradeep Airee 60 (95)
Henry Ssenyondo 2/29 (7 overs)
  • Uganda won the toss and elected to bat.

तथ्याङ्कहरू सम्पादन गर्नुहोस्

अत्याधिक रन सम्पादन गर्नुहोस्

तलको तालिकामा यस सिजनमा अत्याधिक रन (कुल रन) ल्याउने पाँच खेलाडीका नाम समाबेस छ :

खेलाडी टिम रन इनिङ् औसत S/R अत्याधिक सतक अर्धसतक चौका छक्का
स्टिभन टायलर   संयुक्त राज्य अमेरिका २७४ ४१.१६ १२८.२६ १६२ २६ १३
पारस खड्का   नेपाल १७६ ४५.७५ १११.४६ ७३ २०
नियोनेल कान   बर्मुडा १५१ ३७.७५ ११७.०५ ११३ १२
पिटर पेट्रिकोला   इटाली १३१ ३२.७५ ६१.७९ ६६ १२
शरद भेसवाकर   नेपाल १४९ ४९.६६ ७२

अत्याधिक विकेट सम्पादन गर्नुहोस्

तलको तालिकामा यस सिजनमा सर्वाधिक विकेट लिने पाँच खेलाडीका नाम समाबेस छ :

खेलाडी टिम विकेट Mts औसत S/R Econ BBI
निल म्याक्ग्यारेल   संयुक्त राज्य अमेरिका ११ १४.०० २१.३ ३.९३ ४/४४
बसन्त रेग्मी   नेपाल १० १३.०० २५.३ ३.०७ ३/२०
आमिर कलिम   ओमान १० ११.०० २१.० ३.१४ ४/१५
मुनिस अन्सरी   ओमान १० १५.२० २१.२ ४.३० ३/२७
डेभिस अरिनैत्वे   युगान्डा ६.६६ २३.५ १.६९ ४/२०

अन्तिम नतिजा सम्पादन गर्नुहोस्

प्रतियोगिताको अन्तिम नतिजा आएपछिको टिमहरूको स्थान:

स्थान टिम बढुवा/रेलिगेसन
प्रथम   नेपाल बढुवा भएर क्रिकेट वर्ल्डकप छनौट खेल २०१४खेल्ने
द्वितीय   युगान्डा
त्रितीय   संयुक्त राज्य अमेरिका यथास्थानमा रहेर डिभिजन थ्री २०१५खेल्ने
चौथो   बर्मुडा
पाँचौं   ओमान रेलिगेसनमा परेर डिभिजन फोर २०१४खेल्ने
छैटौँ   इटाली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्