अर्बन डिक्सनेरी

बोलचालको भाषाको प्रयोगकर्ताहरूद्वारा सञ्चालित शब्दकोश

अर्बन डिक्सनेरी (अङ्ग्रेजी: Urban Dictionary) प्रयोगकर्ताहरूद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन शब्दकोश हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो।[२] सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्सनेरीमा अहिले जुनसुकै शब्द वा घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्सनेरीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग, र चिनो हुन सक्दछ। सन् २०१४ मा यस शब्दकोशमा सत्तरी लाखभन्दा बढी परिभाषाहरू रहेका थिए भने दैनिक रूपमा करिब २,००० नयाँ शब्दहरू यसमा राखिन्थे। यहाँ कतिपय शब्दहरू परिभाषा वास्तविक अर्थ नभई हास्यको रूपमा राखिने गरिएको छ।

अर्बन डिक्सनेरी
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकआरोन पेकह्याम
सर्जकआरोन पेकह्याम
युआरएलwww.urbandictionary.com
अलेक्सा क्रमह्रास ९६८ (२३ अप्रिल २०२० (2020-04-23) अनुसार)[१]
चालु भएको मिति१९९९; २५ वर्ष अघि (१९९९)
वर्तमान स्थितिसक्रिय

इतिहास सम्पादन गर्नुहोस्

सन् १९९९ मा आरोन पेकह्यामले क्यालिफोर्निया पोलिटेक्निक स्टेट विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा विद्यावारिधी गरिरहँदा यस वेबसाइटको स्थापना गरेका थिए। उनले क्यालिफोर्नियाका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले प्रयोग गर्ने बोलचालको भाषाको तुलना गर्न चाहन्थे। उनले पहिला आस्क डट कमको नक्कल गर्ने वेब खोज संयन्त्रको रचना गरेका थिए तर नियम उल्लङ्घन पत्र पाएपछि उक्त वेबसाइट बन्द गर्नु परेको थियो।[३] उनले वास्तविक शब्दकोशको नक्कलको रूपमा अर्बन डिक्सनेरीको रचना गरेको बताएका थिए।

सेवा सार्वजनिक भएको पहिलो पाँच वर्षमा यसले नाफा वा घाटा दुबै भएन। सन् २००३ मा संयुक्त अधिराज्यमा उच्च अदालतमा दुइटा र्‍याप गीतकारको मुद्दामा न्यायाधीशले बोलचालको भाषा बुझ्न अर्बन डिक्सनेरीको प्रयोग गरेको खबर आएपछि साइटलाई धेरैले ध्यान दिन थालेका थिए।[४][५]

सन् २००९ मा, यसमा करिब चालिस लाख परिभाषाहरू रहेका थिए र दैनिक रूपमा २,००० नयाँ परिभाषाहरू यहाँ बुझाइन्थे।[६] अप्रिल २००९ मा अर्बन डिक्सनेरीको साइटमा एक करोड भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए, जसमध्ये करिब ८०% मासिक प्रयोगकर्ता २५ वर्षको उमेर भन्दा कमका थिए। जुलाई २००९ मा पेकह्यामले द न्यु योर्क टाइम्समा अर्बन डिक्सनेरी विकिपिडिया भन्दा भिन्न भएको जानकारी दिएका थिए।[७] विकिपिडियामा तटस्थता खोजिन्छ भने अर्बन डिक्सनेरीमा प्रयोगकर्ताहरूलाई आफ्नो अनुभव अनुसार शब्द र परिभाषा राख्न प्रोत्साहित गरिन्छ।[८]

सन् २०११ मा संयुक्त राज्य अमेरिकाको मदिरा, सूर्ति, बन्दुक र विस्फोटकसँग सम्बन्धित ब्यूरोले ज्यान मर्ने धम्कीमा प्रयोग भएको एक शब्दको अर्थ बुझ्न जिल्ला अदालतमा यस वेबसाइटको प्रयोग गरेको थियो ।[९]

मार्च र अप्रिल २०११ मा ३० दिनको अन्तरालमा ६७,००० मानिसले अर्बन डिक्सनेरीमा ७६,००० नयाँ परिभाषा लेखेका थिए भने ३,५०० प्रयोगकर्ताहरू मात्रै यसमा दर्ता भएका थिए। अप्रिल २०११ मा गार्डियनद्वारा प्रकाशित एक लेखमा पेकह्यामले वेबसाइटको विषयवस्तु छान्ने नीतिनियम बनाएका खुलासा गरेका थिए। यी नीतिनियम अन्तर्गत नाम चलेका व्यक्तिहरूको नाम थप्न मिल्ने तर साधारण व्यक्तिका नाम राख्न नमिल्ने, प्रख्यात बोलचालको भाषा मात्रै राख्न मिल्ने र कुनै पनि व्यक्ति वा समूहलाई गाली गर्न नपाउने जस्ता कुराहरू समावेश भएका थिए।[१०]

सन् २०१९ को सुरुतिर बत्तीस वर्षे पेकह्यामले सान फ्रान्सिस्कोमा हुँदा वेबसाइटबाट आउने आम्दानी नखुलाएपनि साइटको अनुरक्षण र उनलाई पुग्ने जति आम्दानी भइरहेको बताएका थिए। पेकह्याम हाल पनि अर्बन डिक्सनेरीको एक मात्र कर्मचारी हुन् भने उनलाई प्रारम्भिक सार्वजनिक निष्कासनमा कुनै रुचि छैन। यस साइटका प्रयोगकर्ता धेरैजसो १५ वर्षे केटा रहेका छन्।[३]

जनवरी ५, २०१४ अनुसार यस साइटको ५०% ट्राफिक मोबाइलबाट आएको र अर्बन डिक्सनेरीको आइफोन अनुप्रयोग ३० लाख चोटी अभिभारण गरिएको थियो ।[११] धेरै अङ्ग्रेजी परिभाषा भएका अर्बन डिक्सनेरीमा स्वाहिली, अरबी र फुला जस्ता भाषाबाट आगन्तुक अङ्ग्रेजी शब्दलाई पनि मान्यता दिइन्छ।[१२]

विषयवस्तु सम्पादन गर्नुहोस्

अर्बन डिक्सनेरीमा कुनै पनि शब्दको परिभाषा लेख्ने सम्बन्धमा कुनै कडा नियम छैन। यस साइटमा शब्दको वास्तविक परिभाषाको सट्टा सामान्य वर्णन राखे पुग्छ।

सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्सनेरीमा अहिले जुन पनि शब्द र घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्सनेरीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग र चिनो हुन सक्छ। "रिसाहा हिटलर"[१३] र "रुसी क्यान्डी केन"[१४] यिनका केही उदाहरण हुन्।

अर्बन डिक्सनेरीका प्रयोगकर्ताहरूले दर्ता नगरी नयाँ शब्द र वाक्यांश थप्न मिल्छ तर उनीहरूले एक मान्य विद्युतीय डाँक ठेगाना भने प्रदान गर्नुपर्दछ।

उपयोग सम्पादन गर्नुहोस्

सन् २०१४ मा उक्त शब्दकोशमा सत्तरी लाख भन्दा बढी परिभाषा थिए र दैनिक रूपमा करिब २,००० नयाँ शब्द राखिन्थे।[३]

नोभेम्बर २०१४ मा यस साइटको विज्ञापन पृष्ठ अनुसार अर्बन डिक्सनेरीले औसत ७ करोड धारणा र १ करोड प्रयोगकर्ता भित्र्याउँदछ। जनवरी २०१४ मा पेकह्यामले भने अनुसार साइटको ४०% ट्राफिक अन्तर्राष्ट्रिय थियो र साइटमा १५ देखि २४ वर्षीय केटाहरूको सङ्ख्या बढी रहेको थियो।[३][११]

फेब्रुअरी २०१९ मा यस साइटमा साप्ताहिक ४ शब्दको दरले शब्द थपिएको थियो, जसले गर्दा १,५०० भन्दा बढी शब्दको परिभाषा उपलब्ध भएको थियो।[१५]

थप लेखहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अर्बन डिक्सनेरीको ट्राफिक, जनसाङ्ख्यिकी र प्रतिस्पर्धीहरू - अलेक्सा ।", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच अप्रिल २३, २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१० मिति
  2. "आफ्नो संसार परिभाषित गर्नुहोस्"। सङ्ग्रह मिति अप्रिल ७, २०१८ 
  3. ३.० ३.१ ३.२ ३.३ जेना वर्थम (जनवरी ३, २०१४)। "बोलचालको भाषाको कोश"द न्यु योर्क टाइम्स। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  4. शोफिल्ड, ज्याक (नोभेम्बर १२, २००७)। "त्यागपत्रदेखि जेल्दासम्म"द गार्डियन। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  5. "र्‍याप गीतले न्यायाधीश अलमल"बिबिसी। जुन ६, २००६। सङ्ग्रह मिति नोभेम्बर २२, २०१५ 
  6. "समाचारमा पुर्व छत्र: ग्रीष्म र शरद २००९"क्याल पोलि म्यागजिन। क्यालिफोर्निया पोलिटेक्निक स्टेट विश्वविद्यालय। जुन २००९। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  7. डोरिस वोङ (जुलाई ५, २००९)। "सीमापारिको प्रतिद्वन्द्व इन्टरनेटमा, जहाँ निवासीहरू गृहनगरलाई परिमार्जन गर्दै मजा उठाउँछन्"बोस्टन ग्लोब। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  8. भर्जिनिया हेफर्नन (जुलाई १, २००९)। "स्ट्रीटस्मार्ट: अर्बन डिक्सनेरी"द न्यु योर्क टाइम्स। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  9. "ज्यान मर्ने धम्कीको मुद्दामा अर्बन डिक्सनेरीको प्रयोग"द स्मोकिङ गन। अगस्ट ३१, २०११। 
  10. जोनी डेभिस (अप्रिल २१, २०११)। "अर्बन डिक्सनेरीको प्रशंसामा"द गार्डियन। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  11. ११.० ११.१ जेना वर्थम (जनवरी ५, २०१४)। "अर्बन डिक्सनेरीको दोस्रो चरण: विश्ववापी र मोबाइल"द न्यु योर्क टाइम्स। सङ्ग्रह मिति नोभेम्बर १७, २०१४ 
  12. इसाबेल, पुएयो (२००९)। "व्यावसायिक अङ्ग्रेजीको अनलाइन शिक्षा"। पृष्ठ १६९। 
  13. "रिसाहा हिटलर", अर्बन डिक्सनेरी, अन्तिम पहुँच अक्टोबर १५, २०१५ 
  14. "रुसी क्यान्डी केन", अर्बन डिक्सनेरी, अन्तिम पहुँच अक्टोबर १५, २०१५ 
  15. ज्याक्सन, फेरिस। "अर्बन डिक्सनेरी: सबै शब्दहरू"अर्बन डिक्सनेरी। सङ्ग्रह मिति फेब्रुअरी २०, २०१९ 

बाह्य कडी सम्पादन गर्नुहोस्