अनिल अधिकारी; (२०४४ जेठ १६ - २०७३ माघ २) एक नेपाली र्‍यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्‍यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ।[१][२][३] उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्।[४] उनी लोकप्रिय र्‍याप ब्याटल कार्यक्रम र बार्जका निर्माता र प्रस्तोता थिए।[५][६]

यमबुद्ध
सन् २०१३ मा, यमबुद्ध
जन्मअनल अधिकारी
२०४४ जेठ १६
सलाकपुर, मोरङ, नेपाल
मृत्यु२०७३ माघ २
लन्डन, संयुक्त अधिराज्य
मृत्युको कारणझुण्डिएर आत्महत्या
अन्य नाम
  • यम
  • वाइबी
पेशा
  • र्‍यापर
  • अभिनेता
  • गीतकार
  • सङ्गीत निर्माता
कार्यकालवि.सं २०५८–२०७३
जीवनसाथीअस्मिता सेढाई
साङ्गीतिक जीवन
उत्पत्तिघट्टेकुलो, काठमाडौँ, नेपाल
विधा

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

यम बुद्धको जन्म २०४४ जेठ १६ गते मोरङको सलकपुरमा राजनीतिज्ञ अम्बिकाप्रसाद अधिकारी र उर्मिला अधिकारीको कोखबाट अनिल अधिकारीको रूपमा भएको थियो।[७] उनी केही वर्ष मोरङको सलाकपुरमा बसेका थिए र आफ्ना आमाबाबुसँगै काठमाडौं बसाइँ सरेका थिए। करिब २ वर्ष सलाकपुरमा हजुरबुवा हजुरआमासँग बस्न गएका उनले इटहरीको पाथीभरा बोर्डिङ स्कुलमा कक्षा ४ र ५ को अध्ययन गरेका थिएका थिए। उनी एक्सेलसियर स्कुल स्वयम्भूमा कक्षा ६ मा पढ्न काठमाडौँ फर्केका थिए। उनले द एक्सेलसियर स्कुलबाट प्रवेशिका र एड मार्क एकेडेमीबाट उच्च शिक्षा (१०+२) हासिल गरेका थिए।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

यमबुद्ध सन् २००९ मा बेलायत गएका थिए।[८] सन् २०१३ मा उनले प्रेमिका अस्मिता सेढाईसँग विवाह गरे र उनीसँगै लन्डन फर्केका थिए। २०७३ माघ २ गते उनी बाथरुममा मृत भेटिएका थिए।[९]

एल्बमहरू सम्पादन गर्नुहोस्

यम बुद्धका चर्चित र मुख्य एल्बमहरू निम्न अनुसार रहेका छन्।

  1. सरकारलाई च्यालेन्ज हो
  2. मेरो जुत्तामा
  3. साथी
  4. आउँदैछु म
  5. फुटपाथ मेरो घर
  6. यो प्रसङ्ग
  7. दिदी
  8. अन्त्यको सुरुवात
  9. नाचन
  10. आमा
  11. मलामी
  12. खतरा(आफ्नो निधन भन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए।)

मृत्यु सम्पादन गर्नुहोस्

उनको मृत्यु २०७३ माघ २ मा बेलायतको राजधानी लन्डन भएको थियो।[१०]

२०७३ माघ १ गते आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका थिए। बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा उनी बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Nasana (२०१७-०१-१६), "Remembering Nepali rapper Yama Buddha", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-१९ 
  2. "Three songs that immortalise rapper Yama Budhha", अनलाइन खबर (अङ्ग्रेजीमा), २०१७-०१-१५, अन्तिम पहुँच २०२२-०४-१९ 
  3. "LETTERS: Don’t end your precious life", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०१७-०१-१९, अन्तिम पहुँच २०२२-०४-१९ 
  4. "RIP: Buddha is no more, leaves behind riches of inspiration in his songs", The Voice of Sikkim, अन्तिम पहुँच २४ जनवरी २०१७ 
  5. "Nepal’s road to rap", The Kathmandu Post, अन्तिम पहुँच २४ जनवरी २०१७ 
  6. "Nepal: Battle of the female rappers", BBC News, २० नोभेम्बर २०१३, अन्तिम पहुँच २२ मे २०१९ 
  7. "Remembering Nepali rapper Yama Buddha", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०१७-०१-१६, अन्तिम पहुँच २०२२-०२-०२ 
  8. The Good Old Days With Yama Buddha | Manas Ghale (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-१९ 
  9. "Two Celebrities of Nephop - Yama Buddha and Laure", Ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २४ जनवरी २०१४ 
  10. http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन

बाह्य कडीहरू सम्पादन गर्नुहोस्