अदुःख नवमी व्रत सनातन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा विशिष्ट पर्व हो ।[१] प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षको नवमीलाई अदुःख नवमी भनिन्छ । यस दिन विशेषतः नारीहरूले वैधव्यजन्य कष्ट निवारणका निमित्त माता पार्वतीको पूजा-आराधना गर्ने गर्दछन्। यस व्रतको पालना गर्ने नरनारीले दीर्घकालिक दाम्पत्य जीवन, सुखसम्मृद्धि, सन्ततिमा आरोग्यता र श्रीसम्पत्ति प्राप्त गर्ने विश्वास गरिन्छ। विशेषतः पूर्वोत्तर भारतको बङ्गालआसामका साथै नेपालमा पनि सनातनी दम्पतिले यो व्रत लिने गर्दछन्।

अदुःख नवमी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. कृष्णप्रसाद कोइराला, सुन्दरपुर-९, पूर्वफिमरा, मोरङ