अतृप्त गर्भाधन : (विज्ञान उपन्यास), स्वभाव गीता विज्ञान उपन्यासको दोस्रो संस्करण हो.

२०४८ सालमा प्रकाशित भएको स्वभाव गीता विज्ञान नाटकन्यास (नाटक+उपन्यास) २० वर्ष पछि पुनरसस्करणको रूपमा 'अतृप्त गर्भाधान' शिर्षकसाथ ऐरावती प्रकाशन (बाग बजार ०१-४२३३०७०) ले पुनरप्रकाशन गर्यो. प्रयोगहरूबाट उत्पादित 'प्रयोगान्छे' (पुरुष र स्त्री दुवै लिङ्ग भएका मान्छे जस्तै देखिने जीव) का साथै 'गड्यौलान्छे' (गड्यौला र मान्छेको जीन कल्चर गरी उत्पादन भएको जीव) र यसै उत्पादानले सिर्जाना गरेको बौलाहा सपनाबाट सृजित उत्परिवर्तित (Mutant) संस्कृतिबाट दुर्नियति भोगेका १००० वर्ष पछिका समाजको कथा यसमा समाहित छ. 'क' पात्रको नाम 'प्रयास' र 'ख' पात्रको नाम 'कोपिला' जस्ता सामान्य परिवर्तन यसमा भएको छ.


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्