अकरलाई सानो मरहठी तथा सुक्ष्मगोरखमुण्डी भनेर पनि चिनिन्छ। पोथ्रा वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ। अकर औषधीय गुण भएको वनस्पति हो। आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ। यसको स्वाद पर्पर्याउने खालको हुन्छ।[१]

अकर
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
A. oleracea
वैज्ञानिक नाम
Acmella oleracea
(L.) R.K.Jansen

औषधीय गुण सम्पादन गर्नुहोस्

अकरले फोक्सोलाई शक्ति प्रदान गर्ने, खानामा रुची बढाउने गर्दछ। शरीर दुखेको, खोकीपिनासमासमेत अकर लाभदायक मानिन्छ। उपचारका लागि यसको बोटको धुलो तथा लेदो १-२ ग्राम दिनमा ३-५ पटकसम्म खान सकिन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-४, आइएसबिएन 978-99946-1-630-5 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


"https://ne.wikipedia.org/w/index.php?title=अकर&oldid=674205" बाट अनुप्रेषित