स्पाइस नेपाल प्रा लि नेपालको एउटा गैर सरकारी जी एस एम मोबाइल सेवा प्रदायक कम्पनी हो र यो नेपालको दूरसञ्चार क्षेत्रको पहिलो गैर सरकारी जी एस एम मोबाइल सेवा प्रदायक कम्पनी हो । जसले मेरो मोबाइल नामको ब्राँडबाट यो सेवा दिन शुरु गरेको हो। जसलाई अब एन सेल भनिन्छ। यस ब्राण्डले राज्य लगानी भएको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको एकाधिकारलाई तोड्यो र यसले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा प्रतिस्पर्धा शुरु गर्यो।

slogan:एन सेल नेपालकै लागि।

स्पाइस नेपाल प्रा. लि. को स्थापना सन् २००४ मा नेपाल दूरसञ्चार प्राधिकरणको लाईसेंस प्राप्त गर्नको साथमा शुरु भएको थियो साथै यसले दुबै प्रकारको सेवा पोस्ट-पेडप्रिपेड सेवा मूलुक भित्र दिन थाल्यो। ब्यवसायिक तौरमा यो कम्पनिले १७ सितम्बर २००५मा राजधानीको उपत्यका भित्र यो सेवा शुरु गर्यो र बिस्तारै दुई वर्षको अवधिमा यो फैलिदै गएको छ।

यो कम्पनीले आफ्नो सेवा दिएका केही क्षेत्रहरू:- धुलिखेल, बनेपा, नगरकोट, चितवनको भरतपुर, हेटौडा, बिरगञ्ज, सिमरा, बिराटनगर, इटहरी, धरान, जनकपुर, निजगढ, राजबिराज, काँकडभिट्टा, भद्रपुर, पोखरा, बुटवल, बर्दागढ, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, र गाईघाट, मेरो मोबाइलको सेवा नेपालको १४औँ अञ्चलमा विस्तार भई सकेको छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्