शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपालमा शिक्षा, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यहरू गर्ने नेपाल सरकारको सर्वोच्च निकाय हो।[२][३][४] यस मन्त्रालयको मुख्य कार्य नेपालभरि गरिने शैक्षिक, विज्ञान तथा प्राविधिक क्रियाकलापहरूको व्यवस्थित ढङ्गले सञ्चालन गर्नु गराउनु हो। देशमा सञ्चालित सम्पूर्ण शिक्षण, विज्ञान तथा प्रविधि संस्थाहरूको संरक्षण गरि सञ्चालनका लागि योजना, व्यवस्थापन र सेवा उपलब्ध गराउने यस मन्त्रालयको मुख्य दायित्व हो। शिक्षा, विज्ञान तथा प्रविधिको राष्ट्रिय उद्देश्य पुरा गर्नको लागि मन्त्रालय, केन्द्रीय तथा अन्तर्गतका निकाय तथा सम्वद्ध स्वायत्त संस्थाहरू कार्यरत छन्। वि.सं. २०५७ वैशाख ६ गते नेपाल सरकारले तत्कालिन शिक्षा मन्त्रालयभित्र खेलकुद समेत गाभेर यस मन्त्रालयको नाम शिक्षा तथा खेलकुद मन्त्रालय राखेको थियो। वि.सं. २०७४ मा तत्कालिन ओली मन्त्रिपरिषद्ले यस मन्त्रालयको संविभाग विस्तार गरि तत्कालीन शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय गाभेर विज्ञान तथा प्रविधि मन्त्रालयलाई खारेज गरेको थियो।[५] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री देवेन्द्र पौडेलले सम्हाली रहेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा मन्त्रालय
निकाय विवरण
गठनवि.सं २००७
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmoest.gov.np

इतिहास सम्पादन गर्नुहोस्

वि.सं. २००७ सालको परिवर्तन पछि स्थापित पहिलो सरकारसँगै शिक्षा मन्त्रालयको नाउँ अनुसार यस मन्त्रालयको स्थापना भएको थियो।

पूर्व शिक्षामन्त्रीहरू सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४ पछिका शिक्षामन्त्रीहरू तल दिइएको छ।

क्रम नाम दल कार्यकाल सुरु कार्यकाल अन्त्य विभाग
चित्रलेखा यादव[६] नेपाली काङ्ग्रेस २०७० फागुन १३ २०७२ असोज २५ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गिरीराजमणि पोखरेल[७] नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७२ कार्तिक २
धनिराम पौडेल[८] नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ जेठ १७
गोपालमान श्रेष्ठ[९] नेपाल लोकतान्त्रिक फोरम २०७४ जेठ २३ २०७४ फागुन ३
गिरीराजमणि पोखरेल[१०] नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ चैत २ २०७७ पुस ५
कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले) २०७७ पुस १० २०७८ असार २९
देवेन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७८ असोज २२ २०७९ पुस ११
शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ माघ ३ २०७९ माघ २२
अशोक राई जनता समाजवादी पार्टी, नेपाल २०७९ चैत १७ २०८० फागुन २१
१० सुमना श्रेष्ठ[११] राष्ट्रिय स्वतन्त्र पार्टी २०८० फागुन २३

मन्त्रालय अन्तर्गतका निकायहरू सम्पादन गर्नुहोस्

आयोगहरू सम्पादन गर्नुहोस्

विश्वविद्यालयहरू सम्पादन गर्नुहोस्

परिषदहरू सम्पादन गर्नुहोस्

पुस्तकालयहरू सम्पादन गर्नुहोस्

अन्य निकायहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. मनोज सत्याल, "प्रश्न सोध्नेबाट जबाफ दिने ठाउँमा पुगेकी सुमना श्रेष्ठ", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  2. Education, Ministry of (१५ अक्टोबर २०१७), "Ministry of Education , Singhdurbar, Kathmandu, Nepal", Mor.gov.np, अन्तिम पहुँच १४ अक्टोबर २०१७ 
  3. "Read online latest news and articles from Nepal.", Ekantipur.com, अन्तिम पहुँच १४ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २०१५ मिति
  4. "Latest Education News - Page 1", Edusanjal, अन्तिम पहुँच १४ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१४ मिति
  5. "Government restructuring its ministries", República, अन्तिम पहुँच २० मार्च २०१८ 
  6. "Meet the new cabinet of ministers", Nepali Times, अन्तिम पहुँच १ अक्टोबर २०१७ 
  7. "9 ministers sworn in", The Kathmandu Post, अन्तिम पहुँच १२ अक्टोबर २०१७ 
  8. "Five new ministers sworn in", Setopati, अन्तिम पहुँच १२ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २०१७ मिति
  9. "Deuba sworn in as 40th PM, forms Cabinet by inducting 7 ministers", The Kathmandu Post, अन्तिम पहुँच २० अक्टोबर २०१७ 
  10. "PM inducts 15 new ministers in his Cabinet", The Kathmandu Post, अन्तिम पहुँच १ अप्रिल २०१८ 
  11. "कुन पार्टीबाट को भए मन्त्री", सेतोपाटी, अन्तिम पहुँच ६ मार्च २०२४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्