वाइन

अङ्गुरबाट बनाइएको रक्सी पेय

सोझो अर्थमा बुझ्ने हो भने वाइन भनेको जाँड हो । नेपाली समाजमा चलन चल्तीमा रहेको अन्नबाट उत्पादन गरिने जाडँ नै वाइन हो । तर, वाइन अन्नबाट उत्पादन नगरी फलफूलको रसबाट बनाइन्छ । नेपालमा बन्ने गरेका वाइन स्याउ, अङ्गुर, चुत्रो, तीतेपाती, ऐँसेलु आदिबाट बनाइन्छ । जाँड र यसमा के फरक छ भने जाँड कलिलो समयमै खाइन्छ भने यसलाई प्रशोधन गर्न केही समय लाग्छ । विदेशीहरूले आफ्नो प्रभुत्व जमाउनका लागि वाइन अङ्गुरबाट मात्र बन्छ भन्ने गरेका पनि छन् । तर त्यसो होइन, वाइन फलफूलको रसबाट बन्ने गर्छ । फलफूल जुनसुकै पनि हुन सक्छ । विदेशमा अङ्गुरको रसमा मर्चा राखेर वाइन बनाइन्छ भने हामीले पनि फलफूलको रसमा मर्चा राखेर बनाउँछौं ।

वाइन
अलकोहल परिमाण5.5–15.5%
उत्पादनहरू

उत्पादन सम्पादन गर्नुहोस्

सन् २०१४ को अनुमानित उत्पादन[१]
स्थान राष्ट्र
(वाइनको लेखसँग जोडिएको)
उत्पादन
(टनमा)
1   इटाली ४,७९६,६००
2   स्पेन ४,६०७,८५०
3   फ्रेन्च ४,२९३,४६६
4   अमेरिका ३,३००,०००
5   चिन १,७००,०००
6   अर्जेन्टिना १,४९८,३८०
7   चिली १,२१४,०००
8   अस्ट्रेलिया १,१८६,३४३
9   दक्षिण अफ्रिका १,१४६,००६
10   जर्मनी ९२०,२००
विश्वमा कुल* ३०,८०६,०००

*अनुमानित तथयाङ्क.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Crops processed at the Food and Agriculture Organization of the United Nations (FAO) website