हिन्दूहरूको मान्यता अनुसार श्री रामको जन्म अयोध्यामा भएको थियो र उनको जन्मस्थान भयेको ठाँउमा एक भव्य मन्दिर विराजमान थियो जसलाई मुगल आक्रमणकारी बाबरले भत्काएर त्यहाँ एउटा मस्जिद बनायो।

राम जन्मभूमि
अयोध्या is located in उत्तर प्रदेश
अयोध्या
अयोध्या
अयोध्या (उत्तर प्रदेश)
स्थानअयोध्या
क्षेत्रउत्तर प्रदेश
निर्देशाङ्क२६°४७′४४″N ८२°११′३९″E / २६.७९५६°N ८२.१९४३°E / 26.7956; 82.1943निर्देशाङ्कहरू: २६°४७′४४″N ८२°११′३९″E / २६.७९५६°N ८२.१९४३°E / 26.7956; 82.1943
टिप्पणीहरू
स्वामित्वश्री राम जन्मभूमि तीर्थ क्षेत्र[१]

राष्ट्रिय स्वयंसेवक सङ्घभारतीय जनता पार्टीको अगुवाईमा यस स्थानलाई मुक्त गर्न र त्यहाँ एउटा नया मन्दिर बनाउनको लागि एउटा लामो आन्दोलन चल्यो। ६ डिसेम्बर सन् १९९२ मा विवादित यस ढाँचालाई भत्काइयो र त्यहाँ श्री रामको एउटा अस्थायी मन्दिर निर्मित गरियो।

जन्म मिति श्रीराम भगवान को सम्पादन गर्नुहोस्

राम जन्मभूमि विवादको संक्षिप्त इतिहास यस प्रकार छ:[२]

  • सन् १५२८ मा राम जन्म भूमि माथी मस्जिद बनाईयो। हिन्दुहरूको पौराणिक ग्रन्थ रामायणरामचरित मानस अनुसार यहाँ भगवान रामको जन्म भयेको थियो।
  • सन् १८५३ मा हिन्दू र मुसलमानहरू मध्य यस जमीनलाई लिएर पहिलो चोटी विवाद भयो।
  • सन् १८५९ मा अङ्ग्रेजहरूले विवादलाई ध्यानमा राख्दै पूजा र नमाजको लागि मुसलमानहरलाई भित्री हिस्सा र हिन्दूहरूलाई बाहिरी हिस्सा उपयोगमा ल्याउनको लागि भन्यो।
  • सन् १९४९ मा भित्री हिस्सामा भगवान रामको मूर्ति राखियो। तनाव बढ्दै गरेको देखेर सरकारले यसको गेटमा ताल्चा लगाइ दियो।
  • सन् १९८६ मा जिल्ला न्यायाधीशले विवादित स्थललाई हिंदुहरूलाई पूजाको लागि खोल्ने आदेश दियो। मुस्लिम समुदायले यसको विरोधमा बाबरी मस्जिद एक्शन कमेटी गठित गर्‍यो।
  • सन् १९८९ मा विश्व हिन्दू परिषदले विवादित स्थल सँग टाँसियेको जमीन माथी राम मन्दिरको मुहिम शुरू गर्‍यो।
  • ६ डिसेम्बर १९९२ मा अयोध्यामा बाबरी मस्जिद भत्काइयो। परिणामस्वरूप देशव्यापी दंगामा करीब दुई हजार मानिषहरूको ज्यान गयो।
  • त्यसको दस दिन पछि १६ डिसेम्बर १९९२मा लिब्रहान आयोग गठित गरियो। आंध्र प्रदेश उच्च न्यायालयको रिटायर्ड मुख्य न्यायाधीश एम.एस. लिब्रहानलाई आयोगको अध्यक्ष बनाईयो।
  • लिब्रहान आयोगलाई १६ मार्च १९९३ सम्म अर्थात तीन महीना भित्रै रिपोर्ट प्रस्तुत गर्नलाई भनियेको थियो, तर आयोगले रिपोर्ट प्रस्तुत गर्नमा १७ साल लगायो।
  • ३० जून २००९ मा लिब्रहान आयोगले चार भागोंमा ७०० पृष्ठहरूको रिपोर्ट प्रधानमन्त्री ड. मनमोहन सिंह र गृह मन्त्री पी. चिदम्बरमलाई सुम्पियो।
  • जांच आयोगको कार्यकाल ४८ चोटी बढाइयो।
  • ३१ मार्च २००९ मा समाप्त भयेको लिब्रहान आयोगको कार्यकाललाई अंतिम चोटी तीन महीना अर्थात ३० जून सम्म बढाईयो।
  • पछिलो १७ सालहरूमा यस रिपोर्टमा लगभग ८ करोड भारतीय रूपैयाँ खर्च भयो।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Sri Ram Janmabhoomi Teerth Kshetra: PM Modi announces formation of Ayodhya temple trust" 
  2. राम जन्मभूमि-बाबरी मस्जिद विवादको संक्षिप्त इतिहास।हिन्दुस्तान लाईव।२६ नोभेम्बर, २००९

हेर्नुहोस सम्पादन गर्नुहोस्