राज्यपाल सङ्घीय देश अथवा धेरै राज्यहरूको सङ्घ भएको देशमा केन्द्रीय सरकारद्वारा नियुक्त सम्वन्धित राज्यका प्रमुखलाई भनिन्छ, उदाहरणको निम्ति भारत, संयुक्त राज्य अमेरिका आदि देशहरूमा धेरै राज्यहरू छन् र ती राज्यहरूका संवैधानिक प्रमुख राज्यपाललाई मानिन्छ, जसरी देशका संवैधानिक प्रमुख राष्ट्रपति हुन् त्यसैगरि राज्यपाल राज्यका संवैधानिक प्रमुख हुन्।