राजेश खन्ना

भारतीय चलचित्र अभिनेता

राजेश खन्नाको जन्म सन् १९४२ डिसेम्बर २९ मा भारतको पञ्जाब राज्यको अमृतसर गाउँमा भएको थियो । खन्नाको ६९ वर्षको उमेरमा सन् २०१२ जुलाई १८ मा भारत महाराष्ट्र राज्यको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । खन्नाको वास्तविक नाम जतिन खन्ना हो भने उनी काका, आरके लगायत नामले समेत चिनिन्थे । खन्ना बलिउडका पहिलो सुपरस्टार भनेर समेत चिनिन्छन् । उनको श्रीमतीको नाम डिम्पल कपाडिया हो भने ट्विंकल खन्नारिंकी खन्ना उनका छोरीहरूको नाम हो । ट्विंकल खन्नाका श्रीमान बलिउडका प्रसिद्ध अभिनेता अक्षय कुमार हुन् । विभिन्न हिन्दी सिनेमाहरूमा अभिनय गरेका खन्ना प्रसिद्ध बलिउड अभिनेताका अतिरिक्त हिन्दी फिल्म निर्माता समेत हुन् भने उनी एक राजनीतिज्ञ पनि थिए । सन् १९६५ मा युनाइटेड प्रोड्युसर्स र फिल्म फेयरद्वारा सञ्चालित एक ट्यालेन्ट हन्टमा १० हजार प्रतिस्पर्धीलाई उछिनेपछि उनको बलिउड चलचित्र उद्योगमा प्रवेश भएको हो । उनी सन् १९६६ देखि २०१२ सम्म फिल्म कलाकारका रूपमा सक्रिय रहे । सन् १९६९ देखि १९७५ को समयमा उनले धेरै हिट चलचित्र दिए । उनी यति प्रसिद्ध थिए कि त्यसबेला जन्मेका धेरै बालकहरूको नाम समेत राजेश राखिन्थ्यो । उनले सन् १९९१ देखि १९९६ सम्म राजनीति समेत गरेका थिए । उनी सन् १९७१ देखि १९९५ सम्म फिल्म निर्माताका रूपमा समेत सक्रिय रहे । उनको पहिलो अनुबन्धित चलचित्र जीपी सिप्पीको राज हो भने पहिलो प्रदर्शन भएको चलचित्र सन् १९६७ मा आएको आखिरी खत हो । आफ्ना संघर्ष दिनहरूमा समेत निर्माता तथा निर्देशक कहां काम माग्न जांदा पनि उनी त्यस बेलाका चल्तीका कलाकारहरूसंग नभएका महंगा गाडीहरू चढ्दथे । युवतीमाझ राजेश अत्यन्तै लोकप्रिय थिए । उनलाई युवतीहरूद्वारा रगतले लेखिएका चिठी पठाइन्थ्यो भने कतिपयले उनको तस्विरसंग विवाह गर्थे साथै उनले चढ्ने कारहरू पनि लिपिस्टिकले पोतिन्थे । उनले १६३ वटा भन्दा बढी हिन्दी फिल्महरूमा अभिनय गरेका थिए।

राजेश खन्ना
जन्मजतिन खन्ना
(१९४२-१२-२९)२९ डिसेम्बर १९४२
अमृतसर,पञ्जाब, भारत
मृत्यु१८ जुलाई २०१२(2012-07-18) (उमेर ६९)
मुम्बई, महाराष्ट्र, भारत
अन्य नामजतिन खन्ना
काका
आरके
पेशाचलचित्र अभिनेता तथा निर्माता
कार्यकाल1966–2012 (actor)

1991–1996 (राजनीतिज्ञ)

1971–1995 (चलचित्र निर्माता)
जीवनसाथीडिम्पल कपाडिया (1973–1984)
सन्तानट्विङ्कल खन्ना
रिंकी खन्ना
हस्ताक्षर
राजेश खन्नाको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्