मदर टेरेसा (२६ अगस्ट, १९१० - ५ सेप्टेम्बर, १९९७)को जन्म आञेजा गोंजे बोयाजिउको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो। मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन।

मदर टेरेसा
Mother Teresa
शीर्षकसुपीरियर जनरल
व्यक्तिगत
जन्म
एग्नेस गोन्छे बोजाक्हिउ

(१९१०-०८-२६)अगस्ट २६, १९१०
मृत्यु५ सेप्टेम्बर १९९७(1997-09-05) (उमेर ८७)
कलकत्ता, भारत
Signature of Mother Teresa
धर्मक्याथोलिक
राष्ट्रियताअल्वानीयाली, भारतीय
Orderमिसिनरी अफ च्यारिटी (१९५०-१९९७), लोरेटोको बहिनी (१९२८-१९५०)
पदस्थापना
Period in office1950–1997
उत्तराधिकारीनिर्मला जोशी

सन् १९७० सम्म उनी गरिबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्ध भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो। उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भैरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियन्त्रित गरिरहेकि थिईन। यसमा एचआईभि/एड्स, कुष्ठतपेदिकको रोगीहरूको लागि धर्मशाला/ घर शामिल थिए, र साथै सूप भान्सा, बच्चाहरू र परिवारको लागि परामर्श कार्यक्रम, अनाथालय र विद्धालय पनि थिए। मदर टेरसाको मृत्यु पछि उनलाई पोप जन पल द्वितीयले धन्य घोषित गरियो र उनलाई कोलकाताको धन्यको उपाधि प्रदान गरियो।

तिमी कति काम गर्छौ यो(सफलताको लागि) महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।

पुरस्कार र सम्मान सम्पादन गर्नुहोस्

मदर टेरेसा लाई उनको सेवा कार्य को सम्मान गर्दै धेरै प्रकारका पुरस्कार र सम्मानहरु प्रदान गरिएको छ | सन् १९६२ मा मदर टेरेसालाई उनको सामाजिक कार्यलाई कदर गर्दै भारत सरकारले पद्मम श्री पुरस्कारबाट सम्मान गरेको थियो | सन् १९७९ डिसेम्बर १९ मा मदर टेरेसालाई उनको सामाजिक र मानब कल्याण कार्यलाई कदर गर्दै नोबेल शान्ति पुरस्कार ले सम्मान गरिएको थियो | उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुने भारतीय नागरिक मध्ये तेश्रो नागरिक हुन् |

संत को उपाधि सम्पादन गर्नुहोस्

सन् २०१६, सितम्बर ०९ तारिख मा वेटिकन सिटी मा पोप फ्रांसिस ले मदर टेरेसा लाई संत को उपाधि द्वारा विभूषित गरिएका थिए । [३]

आलोचना सम्पादन गर्नुहोस्

 
क्रिस्टोफर हिचेन्स

थुप्रै व्यक्ति, सरकार, र संस्थाहरूद्वारा उनिलाई प्रशंसा गरिन्छ, यद्यपि उनले आलोचनाको पनि सामना गर्नुपर्‍यो। यसमा केही व्यक्तिहरू, जस्तो क्रिस्टोफर हिचेन्स, माइकल परेंटी, अरूप चटर्जी (विश्व हिन्दू परिषद) द्वारा गरिएको आलोचना शामिल छ, जुन उनलाई काम (धर्मान्तरण)को विशेष तरिकाको विरुद्ध थिए। यस वाहेक केही चिकित्सा पत्रिकाहरूमा पनि उनलाई धर्मशालाहरूमा दिईने चिकित्सा सुरक्षाको मापदण्डलाई आलोचना गरियो र अपारदर्शी प्रकृतिको बारेमा प्रश्न उठाईयो, जसमा दानको धन खर्च गरिन्थ्यो। उनलाई गरिब तथा असाहय व्यक्तिहरु लाई उपचार र सहयोगको नाम मा धर्मान्तरण गर्ने गरेको भनेर आलोचना गर्ने गरिन्छ | उनी आबध रहेको मिसिनरी अफ च्यारिटी भन्ने संस्थाको मुख्य कार्य धर्मान्तरण गरेर इसाई बनाउने रहेको भनेर भारतका चर्चित भारतीय वैज्ञानिक, प्रखर वक्ता र आजादी बचाओ आन्दोलन का संस्थापक तथा समाज सुधारक राजिव दिक्षित ले आफ्नो कार्यक्रम हरूमा भन्ने गरेका थिए |

मदर टेरेसाका अनमोल विचारहरू सम्पादन गर्नुहोस्

  • अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो।
  • प्रेम हर मौसम मा हुने फल हो,र हरेक व्यक्ति को पहुंच मा छ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Albania calls on India to return Mother Teresa's remains", The Daily Telegraph (London), १४ अक्टोबर २००९। 
  2. "India rejects Mother Teresa claim", BBC News, १४ अक्टोबर २००९। 
  3. http://www.jagran.com/delhi/new-delhi-city-mother-teresa-canonization-today-14632595.html?src=p1

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्