ब्लगर (पूर्व नाम: ब्लगस्पट) एक ब्लग होस्टिङ सेवा हो, जो गूगल ब्लगर प्रोग्रामद्वारा उपलब्ध गराइन्छ र जसद्वारा ब्लगर्स आफ्नो नयाँ ब्लग छिटै बनाउन सक्छन् । यसको मद्दतले डोमेन नेम र होस्टिङ जबसम्म ब्लगरले चाहन्छ, निःशुल्क उपलब्ध रहन्छ । गुगलको एडसेंस कार्यक्रमद्वारा ब्लगरले आफ्नो ब्लगबाट आम्दानी पनि गर्न सक्दछन् । यो सुविधा अन्य ब्लगिङ कार्यक्रममाथि निर्भर हुँदैन । ब्लग कुनै पनि कार्यको लागि प्रयोग गर्न सकिन्छ, चाहे त्यो निजी दैनिकीको रूपमा होस् वा व्यावसायिक कार्यको लागि वा सामान्य रूपमा आफ्नो विचार अरुसम्म पुर्‍याउने कार्यको लागि होस् । ब्लगस्पटको आरम्भ १९९९ मा एक होस्टिङ टूलको रूपमा पायरा ल्याब्सले गरेकी थिइन् । सन् २००३ मा यसलाई गुगलले किनेको थियो । त्यसपछि यो इन्टरनेट मा सबैभन्दा प्रसिद्ध निःशुल्क होस्टिङ वेबसाइट बनेको थियोे ।

प्रयोग सम्पादन गर्नुहोस्

यसमा ब्लग निर्माणकार्यको लागि कुनै जटिल सफ्टवेयर या जानकारी डाउनलोड गर्न या त्यसको प्रयोग गर्नु पर्दैन। यसमा आफ्नो ब्लग बनाउने कार्यको लागि प्रयोक्ताले केवल गुगलमा आफ्नो खाता बनाउनुपर्छ । यस साइनअप कार्यको लागि प्रयोक्ता लाई एक अलग नाम राख्नुपर्ने हुन्छ जो उसको ब्लगको नाम हुन्छ । यही नाम डोमेन नेमको रूपमा पनि प्रयोग हुदछ।[१] ब्लगस्पट मा अन्य केही ब्लगिङ सेवाहरू जस्तो सुविधाहरु उपलब्ध हुँदैन, तर यसको सर्वसाधारण टुल्स र अन्य सुविधाले ब्लगिंगलाई अत्यन्त सरल बनाई दिन्छ। तर यसको अर्थ ये होइन, कि ब्लगस्पट मा आधुनिक सुविधाएं छैन। अधिकांश उन्नत प्रयोक्ता आफ्नो ब्लगमा धेरै परिवर्तन ल्याउन सक्दछन्, जसमा आफ्नो साँचो (टेम्प्लेट) डिजाइन गर्न र गुगलको वेबसाइट विश्लेषण (वेबसाइट एनलाईजिंग) कार्यक्रमको प्रयोग गर्ने सुविधा समेत छ । गुगलमा हजारौं उपकरण (गैजेट) छ, जसलाई ब्लग्स मा जोड्न (अट्याच गर्न) सकिन्छ । यसको मद्दतबाट ब्लगरले बहुउपयोगी ब्लग तयार सक्दछन्, जसको मद्दतबाट धेरै ब्लगर एउटै ब्लगमा आफ्नो योगदान दिन सक्दछन् ।

सीमाहरु सम्पादन गर्नुहोस्

ब्लगरले सामग्री भण्डारण एवं तरङ्गदैर्घ्य (बैंडविड्थ), प्रति उपयोक्ता खाताको सीमा नियत गरेको छ[२]:

  • ब्लगस को संख्या = असीमित
  • पृष्ठ को नाप = विशिष्ट पृष्ठ(ब्लग का मुखपृष्ठ या पुरालेख पृष्ठ) १ एम.बी. मा सीमित छ।
  • लेबल्स को संख्या = २,००० अपूर्व लेबल/ब्लग, २० अपूर्व लेबल/पोस्ट
  • चित्र संख्या (उपयोक्ता पिकासा जाल सङ्ग्रह से हाइपरलिंक्ड) = कुल भंडार के १ जी.बी तक
  • चित्र को नाप = यदि ब्लगर मोबाइल द्वारा पोस्ट गरियो, तब २५० के.बी. प्रति चित्र; पोस्ट गरिएको चित्र ८००px मा परिसीमित गरिन्छ।
  • टीम सदस्य (जो एक ब्लग लेख्न सक्दछन) = १००

१८ फरवरी, २०१० मा,[३] ब्लगर ले स्वतः-पृष्ठांकन "ऑटो-पेजिनेशन" आरम्भ गरेको छ, जसमा प्रति पृष्ठ प्रदर्शित पोस्ट सीमित भएको छ। जसको कारण मुखपृष्ठमा पोस्टहरूको संख्या उपयोक्ता द्वारा बताएको संख्या भन्दा हुदछ र केही उपयोक्ता रुष्ट पनि भएका छन।[४][५]

अवरुद्ध सम्पादन गर्नुहोस्

ब्लगरलाई समय-समयमा निम्न देशहरूमा अवरुद्ध गरिएको छ:

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named हिन्दुस्तान
  2. "व्हॉट आर द लिमिट्स ऑन माई ब्लॉगर अकाउण्ट?", अन्तिम पहुँच २१ डिसेम्बर, २००९ 
  3. Vardhman Jain, "Auto Pagination on Blogger", Blogger Buzz, February 18, 2010.
  4. "Problem Rollup: Auto Pagination for blogs with Classic templates", Blogger Help Forum (retrieved March 1, 2010).
  5. "Problem Rollup: Auto Pagination for blogs with Layouts templates", Blogger Help Forum (retrieved March 1, 2010).
  6. "गूगल्स गेटकीपर्स", न्यू यर्क टाइम्स, २००८, अन्तिम पहुँच १ डिसेम्बर, २००८, "Over the past couple of years, Google and its various applications have been blocked, to different degrees, by 24 countries. Blogger is blocked in Pakistan, for example, and Orkut in Saudi Arabia." 
  7. "Blogger.com बैन्न्ड इन टर्की", advocacy.globalvoicesonline.org, २००८, अन्तिम पहुँच २००८-१२-०१, "A Turkish court has blocked access to the popular blog hosting service Blogger (Blogger.com and Blogspot.com owned by Google), from Friday, October 24th, 2008." The ban was lifted on Tuesday, October 28th, 2008."