पिस कर्प अमेरिकाको स्वयंसेवी संस्था हो । नेपाली जीब्रोले पिसकोर वा पिस्कोर भनेको सुनिन्छ ।

पिस कर्प
लोगो(१९६१)
निकाय विवरण
गठनमार्च १, १९६१; ६३ वर्ष पहिले (१९६१-०३-01)
प्रधान कार्यालयवासिङ्टन, D.C
वार्षिक बजेट$३७४.२५ मिलीयन (२०११ आर्थिक वर्ष)[१]
निकाय कार्यकारीहरू
  • Aaron S. Williams, Director
  • Carrie Hessler-Radelet, Deputy Director
वेबसाइटwww.peacecorps.gov

स्थापना सम्पादन गर्नुहोस्

यस संस्थाको स्थापना सन् १९६१ मार्च १मा भएको हो । तत्कालिन राष्ट्रपति जोन एफ केनेडीले पिस कर्पको स्थापना गराएका थिए । यसका स्वयंसेवकले विश्वका १ सय ३९ देशमा काम गरेका छन् । शिक्षा, स्वास्थ्य, एचआईभी/एड्स, साना व्यवसाय जस्ता विभिन्न क्षेत्रमा कार्यरत छन् । अहिलेसम्म २ लाख स्वयंसेवकले ती देशमा काम गरिसकेका छन् । कुल स्वयंसेवकमध्ये ७ प्रतिशत एसिया लागि हुन् । अहिले साढे ८ हजार बढी स्वयंसेवक विश्वका विभिन्न देशमा छन् ।

नेपालमा पिस कर्प सम्पादन गर्नुहोस्

सन् १९६२मा यस संस्थाका स्वयंसेवक विभिन्न २७ मुलुकमा जाँदा नेपाल पनि गएका थिए । यस संस्थाले सन् २००४ सम्म नेपालमा काम गर्‍यो । सन् २००४ सेप्टेम्बरमा काठमाडौंस्थित अमेरिकन सेन्टरमा माओवादिले दुई बम विस्फोट गराएपछि पिस कर्पले नेपालमा आफ्नो काम बन्द गर्‍यो । संस्था रहुन्जेलको करिब ४२ वर्षमा ४ हजार स्वयंसेवकले नेपालको सेवा गरेका थिए । यो संस्था सन् २०१२मा फेरी नेपाल फर्किएको छ ।

फिर्ता सम्पादन गर्नुहोस्

यो संस्था सन् २०१२मा फेरी नेपाल फर्किएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named fast facts

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्