तबला शास्त्रीय तथा लोकसङ्गीतमा प्रयोग हुने एउटा तालबाजा हो। यो दक्षिण एसियाली देशहरूमा निक्कै प्रचलित रहेको छ।[१] यो काठको दुई ऊर्ध्वमुखी, बेलनाकार, छालाको खरी जस्तै मुखभएको भागको रूपमा हुने गर्दछ। तबलालाई राखेर बजाउने परम्परा अनुसार 'दायाँ' र 'बायाँ' भन्ने गरिन्छ। यो तालबाजा भारतीय उपमहाद्वीपको शास्त्रीय सङ्गीतमा एकदमै महत्वपूर्ण वाद्य हो। १८औँ शताब्दीपछि तबलाको प्रयोग शास्त्रीय र उप शास्त्रीय गायन-वादनमा लगभग अनिवार्य रूपले भइरहेको छ। यस अतिरिक्त सुगम सङ्गीत र चलचित्र क्षेत्रमा यसको प्रयोग प्रमुखताले भएको छ। यो बाजा भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, र श्रीलङ्कामा प्रचलित छ।[२] सबैभन्दा पहिले यसलाई गायन-वादन-नृत्य इत्यादिमा ताल दिनको लागि सहयोगी वाद्यको रूपमा नै बजाइने गरिन्थ्यो, तर पछि आएर धेरैजसो तबला वादकहरूले यसलाई एकल वादनको माध्यम बनाए र यसले निक्कै प्रसिद्धि समेत प्राप्त गर्न सफल भयो।

तबला
तबला उपकरण
वर्गीकरण तालबाजा, छालाको खरीसहितको तालबाजा
बजाउने दायरा
डोरीले बेरिएको काठको ढुङ्ग्रोलाई हतौडीले ठोकेर स्वर तलमाथि गर्न सकिन्छ
सम्बन्धित वाद्ययन्त्रहरू
पखवाज, मृदन्गम, खोल

'तबला' शब्दको उत्पत्ति अरबी भाषा- फारसी भाषाको मूल शब्द तब्ल बाट भएको हो।[३] यद्यपि, यस वाद्यको वास्तविक उत्पत्ति विवादित छ। यसलाई केही विद्वानहरूले एउटा प्राचीन भारतीय परम्परामा नै 'उर्ध्वक आलिङ्यक' वाद्यहरूको[४] विकसित रूप मान्छन् भने केही विद्वानहरू यसको उत्पत्ति पखावजबाट निर्मित भएको मानेका छन् र केही विद्वानहरूले यसको उत्पत्ति स्थल पश्चिमी एसियाबाट भएको बताउने गरेका छन्।

उत्पत्ति सम्पादन गर्नुहोस्

तबलाको इतिहासको बारेमा स्पष्ट भन्न जानकारीको अभाव नै छ र यसको उत्पत्तिको बारेमा धेरै दुविधा रहेको छ।[५][६] यसको उत्पत्तिको सम्बन्धमा वर्णित विचारहरूलाई दुई वटा समूहमा बाँड्न सकिन्छ:[५]

तुर्क-अरब उत्पत्ति सम्पादन गर्नुहोस्

औपनिवेशिक शासनको समयमा यसको परिकल्पनालाई धेरै बलपूर्वक पुनर्स्थापित गरिएको थियो। तबलाको मूल उत्पत्ति मुस्लिम सेनाहरूले आफूसँग लिएर हिड्ने ड्रमबाट भएको हो, यस स्थापनाको मूल अरबी 'तब्ल' शब्दमा आधारित छ जसको अर्थ 'ड्रम (ताल वाद्य)' हुन्छ। बाबरद्वारा सेनासँग यस्तै ड्रम लिएर हिड्ने उदाहरणको रूपमा प्रस्तुत गर्ने गरिएको छ, तथापि तुर्क सेनाहरूसँग भएको यो वाद्य तबलासँग कुनै समानता नराखेर यो 'नक्कारा' (बृहत् ध्वनि निकाल्ने) सँग समानता राख्ने गरेको थियो।[५]

अर्कों विचार अनुसार, अलाउद्दीन खिलजीको समयमा अमीर खुसरोले 'आवाज बाजा' (मध्य भागमा पातलो तालवाद्य) लाई काटेर तबलाको रूप दिएको भन्ने गरिन्छ। यद्यपि, यो पनि सम्भव देखिदैन किनभने सो समयमा कुनै पनि चित्रले यसै किसिमको वाद्य यन्त्रको निरूपण गर्दैन। मुस्लिम इतिहासकारहरूले समेत आफ्नो विवरणहरूमा यस्तो कुनै वाद्ययन्त्रको उल्लेख गरेको पाइदैन। उदाहरणको लागि, अबुल फैजीले 'आइन-ए-अकबरी'मा तत्कालीन वाद्ययन्त्रहरूको लामो सूची बनाएका छन्, तर त्यसमा तबलाको बारेमा कुनै उल्लेख गरिएको छैन।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. डन माइकल रेन्डल (२००३), द हार्वर्ड डिक्सनरी अफ म्युजिक, हार्वर्ड विश्वविद्यालय प्रेस, पृ: 820, 864, आइएसबिएन 978-0-674-01163-2, मूलबाट १५ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१७ 
  2. Tabla वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२१ मिति एन्साइक्लोपीडिया ब्रिटैनिका
  3. रिचार्ड एम्मर्ट; युकी मिन्गेसी (१९८०), Musical voices of Asia: report of (Asian Traditional Performing Arts 1978) [एसियाको सङ्गीतमय आवाज: एसियाली परम्परागत प्रदर्शन कलाहरू], हेइबोन्सा, पृ: २६६, मूलबाट ४ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१२ 
  4. भाले, मुकुन्द (२ जुलाई २०१४), "तबला वाद्य के आकार प्रकार में बदलाव से वादन पद्धति और रचनाओं में आये परिवर्तन" [तबला वाद्यको आकार प्रकारमा आएको परिवर्तनले वादन र रचनामा आएको परिवर्तन] (वेब), अतोदय (कोलकाता) 1 (1), आइएसएसएन 2349-8196, मूलबाट २७ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-२७ मिति
  5. ५.० ५.१ ५.२ ५.३ रबर्ट एस॰ गट्लिब (१९९३), Solo Tabla Drumming of North India [उत्तर भारतीय एकल तबला वादन], मोतीलाल बनारसीदास, पृ: 1–3, आइएसबिएन 978-81-208-1093-8 
  6. म्याट डिन (२०१२), The Drum: A History [ड्रम: एक इतिहास], स्केयरक्रो, पृ: १०४, आइएसबिएन 978-0-8108-8170-9, मूलबाट १ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्