टुकी फूल औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।

टुकी फूल
टुकी फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
T. officinale
वैज्ञानिक नाम
Taraxacum officinale
F.H. Wigg
पर्याय
  • Leontodon taraxacum L.
  • Taraxacum dens-leonis Desf.
  • Taraxacum retroflexum Lindl.
फूल
परिपक्व फल

टुकी फूलको औषधीय गुणहरू सम्पादन गर्नुहोस्

घाउ, अजीर्ण अपच, पेट दुखेको, पेटमा जुका परेमा, कब्जियत, ब्याक्टेरियाको संक्रमण, पसिना निकाल्न, रगत सफा गर्न, कलेजोको टनिक, पित्त विकार हटाउन र टनिकको रूपमा यसको विरुवा उपयोगी छ । कलेजो र फियोका सामान्य खराबीहरूलाई हटाउन र भोक जगाउन यसको जरा उपयोगी छ । कलेजोको रोग, दीर्घ खालको हेपाटाइटिस, भिसेरामा अस्वभाविक तवरले रगत वा तरल पदार्थ जमेको, बारम्बार ज्वरो आइरहने, मृगौलाको रोग, पिसाव पोलेको र पिसावमा अवरोध, कुष्ठरोग, वाथ, जोर्नी कडा भई चलाउन गाह«ो भएको, निद्रा पटक्कै नलाग्ने, कमलपित्त (जन्डिस), अन्य कलेजोका रोग यसको विरुवाको ताजा जुस सेवन गरिन्छ । मुटु रोगीले यसको फूललाई चियाको रूपमा सेवन गर्दा फाइदा गर्दछ ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू सम्पादन गर्नुहोस्