ज्याकी च्यान

प्रख्यात अभिनेता

ज्याकि च्यान(अङ्ग्रेजी: Jackie Chan)को जन्म ७ अप्रिल स.न्.१९५४मा ब्रिटिस हङकङ को भिक्टोरीया पार्कभन्ने ठाँउमा भएको थियो । ज्याकि च्यान एक अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायकस्टंट कलाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् ।

ज्याकी च्यान
२०१२ को अन्तराष्ट्रिय कमिक–कोनमा ज्याकि च्यान
जन्मच्यान कोङ–साङ
७ अप्रिल १९५४
भिक्टोरीया पार्क, ब्रिटिस हङकङ
अन्य नामज्याकि
पेशाअभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायकस्टंट कलाकार
कार्यकाल१९५९–हालसम्म
जीवनसाथीलिन फिङ जियाएओ (१९८२–हालसम्म)

उनको चलचित्रहरू, उनको आफ्नो एक्स्टबैटिक लाइटिंग स्टाइल, ऐक्सन कमेडी शैली, हतियार बाज र नविन स्टंटहरू को लागि प्रसिद्ध छ। सन् 1970 को दशक देखि अभिनय सुरू गरेका जैकी चानको हालसम्म 100 भन्दा धेरै चलचित्रहरूमा काम गरिसकेका छन् । चानले हङकङ एवेन्यू स्टार र हलिवुड वाल्क अफ फेममा अवार्ड पाएका छन् । चान एक सांस्कृतिक प्रतीकको रूपमा विभिन्न पप गीतहरू, कार्टूनहरू र भिडियो गेमहरूमा पनि आवाज दिएमा छन् ।

उनको बाल्यकाल सम्पादन गर्नुहोस्

१९५४ अपि्रल ७ मा हङकङस्थित भिक्टोरिया पिकको एउटा विपन्न परिवारमा ज्याकी जन्मेका थिए । उनी जन्मँदा अस्पतालको खर्च तिर्न नसकेर उनका बाबुले साथीभाइको सहयोग लिनुपरेको उनकै आधिकारिक वेबसाइट ज्याकीच्यानडटकममा उल्लेख छ । सात वर्षको उमेरमै उनी 'चाइना ड्रामा एकेडेमी' मा भर्ना भएका थिए । त्यहाँ एक दशक बिताएका यिनले सोही समय मार्सल आर्ट, एक्रोब्याट, अभिनय र गायनको समेत तालिम लिए ।

ज्याकीले आठ वर्षको उमेरमै पहिलोपटक स्थानीय क्यान्टोनिज भाषाको फिल्ममा अभिनय गरेका थिए । एकेडेमीबाट १७ वर्षमै ग्रेजुएट सिध्याएपछि यिनले सुरुमा स्टन्टम्यानका रूपमा काम थाले । यद्यपि फिल्ममा राम्रो अवसर नपाएपछि पारिवारिक दबाबमा अस्टे्रलिया हानिए । अमेरिकी दूतावासमा भान्छे रहेका उनका पिताले उनलाई उतै आउन जोड गरेका थिए । अस्टे्रलियामा रहँदा यिनले रेस्टुरेन्ट र कन्स्ट्रक्सनमा सामान्य काम गरे ।

चलचित्र शुरुवात सम्पादन गर्नुहोस्

आजका विख्यात एक्सन सुपरस्टार ज्याकी च्यान कुनै बेला स्टन्टम्यान थिए । १७ वर्षको उमेरमै यिनले ब्रुस ली अभिनीत फिल्म 'फिस्ट अफ फ्युरी' र 'इन्टर दी ड्रागन' मा स्टन्ट गरेका हुन् । सन् १९७३ मा निर्देशक चु मुले फिल्म 'लिटिल टाइगर अफ क्यान्टोन' मा यिनलाई पहिलोपटक मुख्य पात्र बनाए । यद्यपि यो फिल्म व्यापारिक रूपमा असफल रह्यो । यसअघि समेत यिनलाई केही फिल्ममा छोटो भूमिका गर्ने अवसर मिलेको थियो । फिल्म क्षेत्रमै टिकीराख्न कुनै बेला ज्याकीले एडल्ट फिल्मको समेत सहारा लिएका छन् । सन् १९७५ मा निर्मित एडल्ट कमेडी 'अल इन द फेमिली' त्यसमध्येको एक थियो । हङकङेली निर्माता/निर्देशक विली चानसँगको भेटपछि भने ज्याकीको जीवनले नयाँ मोड लियो । ब्रुस लीको निधनपछि विलीले सन् १९७६ मा यिनलाई मुख्य नायक बनाई 'न्यू फिस्ट अफ फ्युरी' बनाए । फिल्म बक्स अफिसमा राम्रो चल्न नसके पनि लीका उत्तराधिकारीका रूपमा ज्याकीको नाम एकाएक आकाशियो । उक्त फिल्म ब्रुस ली अभिनीत 'फिस्ट अफ फ्युरी' को सिक्वेल थियो । ज्याकीलाई जीवनको पहिलो सफलता भने सन् १९७८ मा निर्मित 'स्नेक्स् इन दी इगल स्याडो' ले दियो । लगत्तै 'ड्रङ्कन मास्टर' ले दिलाएको अर्को सफलताले यिनलाई चिनियाँ बजारमा स्थापित बनायो । सन् १९८० मा निर्मित 'दी विग ब्रल' ज्याकीको पहिलो हलिउड फिल्म थियो । 'रम्बल इन द ब्रन', पोलिस स्टोरी लगायतले यिनलाई अमेरिकी बजारमा चिनाउन राम्रै सघायो । तर हलिउडमा स्थापित नै हुन् भने यिनले करिब १८ वर्ष संघर्ष गरे । १९९८ मा निर्मित एक्सन कमेडी 'रस आवर' उनको पहिलो ठूलो सफलता थियो जसले ज्याकीलाई विश्वबजारमा सुपरस्टारको उपाधि दिलायो । रस आवरका सिक्वेल दुई र तीनसमेत बनेका छन् । अपरेसन कन्डोर, सांघाई नाइट्स, लिटिल विग सोल्जर, दी कराँते किड, मिस्टर नाइस गाय, हु एम आई, सिटी हन्टर, फरविडन किङ्डमलगायत यिनका हिट फिल्म हुन् । सन् २०११ सेप्टेम्बरमा सार्वजनिक चिनियाँ क्रान्तिमा आधारित '१९११' उनको एक सयौं चलचित्र थियो ।

अभिनेताको रूपमा सम्पादन गर्नुहोस्

निर्माताको रूपमा सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

विवहा सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहरी कडिहरु सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्