जेट ल्याग (Jet Lag) समयान्तरमा यात्राका कारण पैदा हुने शारिरीक तथा मानसिक अवस्था हो।


यो खासगरी फरक समय भएका एक ठाउँबाट अर्को ठाउँमा जाँदा हुने गर्छ। यात्रामा अनिँदो र समयान्तरका कारण खानपान तथा सुत्ने समय नमिल्नाका कारण यो हुने गर्दछ।


जेटल्याग नयँ ठाउँमा पुगेको केही समयसम्म रहन सक्छ। त्यस ठाउँमा घुलमिल भएपछि २-३ दिनमा यो आफैं हराउँछ। पहिले जेट प्लेनमा यात्रा गर्दा यो अवस्था हुने भएकोले जेट ल्याग नाम दिइएको हो तर यो जुनसुकै हवाइजहाजमा यात्रा गर्दा पनि हुने कुरा हो।



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्